चीन संसारको सबैभन्दा ठूलो विकासोन्मुख देश हो भने संरा अमेरिका सबैभन्दा ठूलो विकसित देश हो । चीन र संरा अमेरिकाबीचको व्यापार र आर्थिक सम्बन्ध दुवै देशको लागि उत्तिकै अपरिहार्य र लाभदायकका साथै विश्व अर्थतन्त्रको स्थिरता र विकासका निमित्त ज्यादै महत्वपूर्ण छ ।

दुई देशबीच कूटनीतिक सम्बन्धको स्थापनालगत्तै दुईपक्षीय व्यापार र आर्थिक सम्बन्ध पनि तीव्ररूपले विकास भयो । दुई देशको चासो र चाहनामा आधारित साझेदारी र सहकार्य व्यापक बन्दै गयो । यो साझेदारीबाट दुवै देशले लाभ हासिल गरे । सारा संसारको निम्ति उक्त साझेदारी हितकर रह्यो । नयाँ शताब्दीको सुरुआतसँगै आर्थिक विश्वव्यापीकरणमा उल्लेखनीय प्रगति भयो । विश्व व्यापार सङ्गठनका नियमहरूजस्तै बहुपक्षीय थुप्रै नियम र दुईपक्षीय सम्झौताहरूमा संरा अमेरिका र चीन दुवैले जिम्मेवारी बहन गरे । त्यसले आर्थिक र व्यापार सम्बन्धलाई अझ गहिराइमा पु¥याउन मद्दत ग¥यो ।

तुलनात्मक शक्ति र बजारको छनौटका आधारमा दुई देशले उपलब्धिमूलक संरचनात्मक सहकार्य र चासोको विषयहरूको एकरूपताजस्ता विशेषतासहितको आपसी लाभदायक सम्बन्ध निर्माण गरे । चीन र संरा अमेरिकाबीच स्थापित नजिकको सहकार्य र परिपूरक आर्थिक सम्बन्धले दुवै देशको आर्थिक वृद्धि, औद्योगिक बढोत्तरी र संरचनात्मक उत्कृष्टतालाई थप बढावा दियो । त्यतिमात्र होइन विश्वव्यापी मूल्य चक्र (Global value chains) को प्रभावकारिता बढेको छ । उत्पादन लागत अत्यधिक घटेको छ । उत्पादन विविधताले ठूलो आकार लिएको छ । विश्वजगत विशेषगरी दुई देशका व्यापारिक क्षेत्र र उपभोक्तालाई फाइदा भएको छ । अवसरको विशाल ढोका खुलेको छ ।

चीन र संरा अमेरिका विकासका फरक चरणहरूमा छन् । दुवैसँग फरक आर्थिक प्रणालीहरू छन् । त्यसकारण समयसँगै केही व्यापार असमझदारी (friction), स्वाभाविक एवम् प्राकृतिक हो । यद्यपि असमझदारी सल्टाउने उपाय अथवा साँचो भनेकै आपसी विश्वास कायम राख्नु, सहकार्यलाई बढावा दिनु र भिन्नता व्यवस्थापन गर्नु हो ।

समान, तर्कसङ्गत र एकअर्काको मध्यमार्ग (halfway) पहिल्याउने उद्देश्यसहित दुई देशले धेरै सङ्ख्यामा सञ्चार र समन्वयका संयन्त्रहरू निर्माण गरेका छन् । वित्त र व्यापारमा संयुक्त आयोग, रणनीतिक र व्यापक आर्थिक संवाद आदि केही उदाहरण हुन् । यी संयन्त्रले सबैखाले बाधा अड्चन समाधानका लागि र आर्थिक तथा व्यापार सम्बन्ध अगाडि बढाउन आवश्यक बल प्रदान गरे । समग्र दुईपक्षीय सम्बन्ध विस्तारमा यसले भरपर्दो यन्त्रको रूपमा सघायो ।

सन् २०१७ मा संरा अमेरिकी नयाँ प्रशासनले आफ्नो कार्य सुरु गरेसँगै ‘अमेरिका पहिलो’ को नीतिलाई जोड दियो, ठूलो महत्वका साथ होहल्ला ग¥यो । संरा अमेरिकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई डो¥याउने अर्थात् दिशानिर्देश गर्ने, आपसी सम्मान र सम्मानजनक परामर्शको आधारभूत मान्यता एवम् नियमहरूलाई त्याग्दै गयो । बरु एकपक्षीयवाद, संरक्षणवाद र आर्थिक प्रभुत्ववादको निर्लज्जतापूर्वक पक्ष लियोे । थुप्रै देश र क्षेत्रहरूमाथि झूठा आरोपहरू लगाइयो । विशेषतः आर्थिक मामिलामा अन्य देशहरूलाई चीनले धम्क्याएको आरोप लगायो । चरम दबाब सृजना गरी चीनले आफ्नो स्वार्थ अन्य देशहरूमाथि थोपर्ने र भन्सार कर लाद्ने काम गरिरहेको आरोप संरा अमेरिकाले लगायोे ।
चीनले दुई पक्षबीचको साझा चासो र विश्व व्यापार व्यवस्थाको आधारमा चीनले संरा अमेरिकालाई प्रतिक्रिया दिएको छ । चीनले वार्ता र परामर्शको माध्यमबाट उपायको खोजी ग¥यो । धैर्य र असल विश्वासको उच्चत्तम तहबाट चीनले संरा अमेरिकालाई जवाफ दिइरहेको छ ।
विचलन र चर्को बदलाको भावना उठिरहेको यो बेला चिनियाँ पक्ष भने यस्ता भिन्नताहरूबीच साझा समझदारी र धरातलको खोजी गर्ने मनोवृत्तिमा केन्द्रित छ । चीनले थुप्रै कठिनाइहरूलाई जित्यो । समाधानका व्यावहारिक उपायहरूको प्रस्ताव राख्दै संरा अमेरिकी पक्षसँग वार्ता र छलफलका थुप्रै चरणहरूको आयोजना गरेर चीन – संरा अमेरिकाबीच आर्थिक र व्यापारिक सम्बन्धको स्थायित्वका लागि ठूलो बल पु¥यायो र अगुवाइ ग¥यो । तथापि संरा अमेरिका स्वयम् विरोधाभाषपूर्ण व्यवहार गर्दै छ साथै चीनलाई लगातार चुनौती दिँदै छ । परिणामस्वरूप दुईपक्षबीचको व्यापार तथा आर्थिक असमझदारी (घर्षण) छोटो समय अवधिमै छिटो चर्कियो । यसले दुई सरकार र दुई देशका जनताको सामूहिक कार्यबाट वर्षौं वर्षदेखि स्थापित आर्थिक तथा व्यापारिक सम्बन्धमा ठूलो क्षति पु¥यायो । त्यतिमात्र होइन बहुपक्षीय व्यापार प्रणाली र स्वतन्त्र व्यापारको सिद्धान्तमाथि विनाशकारी खतरा बढायो ।

चीन र संरा अमेरिकी आर्थिक तथा व्यापारिक सम्बन्धबारे, संरा अमेरिकासँगका व्यापार असमझदारीमा चीनको दृष्टिकोण र अडानबारे तथ्यहरू स्पष्ट पार्न र व्यावहारिक समाधानका उपायहरू पस्कन चिनियाँ सरकारले यो श्वेतपत्र जारी गरेको हो ।

खण्ड १

व्यापार र अर्थतन्त्रमा चीन र संरा अमेरिकाबीच परस्पर हितकारी र जीत–जीत सहकार्य
चीन र संरा अमेरिकाबीचको कूटनीतिक सम्बन्धको स्थापनासँगै आर्थिक र व्यापारिक सम्बन्धको विकास पनि तीव्र ढङ्ले विस्तार भयो । लगानी र व्यापारको क्षेत्रमा उल्लेख्य प्रतिफल प्राप्त ग¥यो । बलियो एकताबाट चीनले उल्लेखनीय लाभ हासिल ग¥यो । चीनको विकासबाट सिर्जेको अवसर र प्रतिफलबाट संरा अमेरिकाले व्यापक आर्थिक लाभ हासिल ग¥यो । यो स्वय्मसिद्ध प्रमाण हो कि चीन – अमेरिकी स्वस्थ व्यापार र आर्थिक सम्बन्ध दुवै देशका लागि अत्यन्त महत्वपूर्ण छ ।

१) वस्तुहरूको व्यापारमा चीन र संरा अमेरिका एकअर्काको महत्वपूर्ण साझेदार हुन् –
वस्तुहरूको दोहोरो किनबेच तीव्ररूपले बढेको छ । चिनियाँ तथ्याङ्कअनुसार सन् २०१७ मा चीन र संरा अमेरिकाबीच वस्तुहरूको व्यापार ५८३.७ अर्ब अमेरिकी डलर बराबरको भयो । यो भनेको दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको वर्ष अर्थात् सन् १९७९ को तुलनामा २३३ गुणा र चीनले विश्व व्यापार सङ्गठनमा प्रवेश गरेको वर्ष अर्थात् सन् २००१ को तुलनामा ७ गुणाले बढी हो ।

हाल, संरा अमेरिका चीनको सबैभन्दा ठूलो निर्यात बजार हो भने छैठौँ ठूलो आयातको स्रोत हो । सन् २०१७ मा संरा अमेरिकाले चिनियाँ निर्यातको १९ प्रतिशत प्राप्त ग¥यो र चिनियाँ आयातको ८ प्रतिशत अमेरिकाले उपलब्ध गरायो । चीन संरा अमेरिकी सामानका लागि छिटो विकास र विस्तार भएको निर्यात बजार हो भने संयुक्त राज्य अमेरिकाको आयातको ठूलो स्रोत हो । सन् २०१७ मा संरा अमेरिकी निर्यातको ८ प्रतिशत चीनतिर पठाइयो ।

चीनमा संरा अमेरिकी निर्यात विश्वव्यापी औसत दरभन्दा अत्यन्त छिटो वृद्धि भइरहेको देखिन्छ । विश्व व्यापार सङ्गठनमा प्रवेश भएसँगै संरा अमेरिकी निर्यातका लागि चीन महत्वपूर्ण बजार बन्यो र द्रुतगतिमा पैmलियो । संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कले भन्छ, सन् २०१६ मा संरा अमेरिकाले चीनमा गरेको सामानको निर्यात १२९.८९ अर्ब अमेरिकी डलर बराबरको छ । यो भनेको सन् २००१ मा १९.१८ अर्ब अमेरिकी डलरबाट ५७७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क हो । समग्र संरा अमेरिकी निर्यातको औसत वृद्धि दर ११२ प्रतिशतभन्दा यो वृद्धि दर अत्यधिक उच्च मान्न सकिन्छ ।

संरा अमेरिकी सामानहरू जस्तै– हवाईजहाज, कृषिजन्य उत्पादन, अटोमोबाइलहरू र एकीकृत गरिएको सर्किट (integrate circuit) मा चीन एक आयात बजार हो । चीन संरा अमेरिकी हवाईजहाज, भटमासको नं १ र संरा अमेरिकी अटोमोबाइल, आइसी (IC) उत्पादन र कपासको नं २ आयात बजार हो । सन् २०१७ मा मात्र संरा अमेरिकाको ५७ प्रतिशत भटमास चीनले आयात ग¥यो । त्यस्तै बोइङ विमान २५ प्रतिशत, अटोमोबाइल २० प्रतिशत, आइसी १४ प्रतिशत र कपास १७ प्रतिशत आयात ग¥यो ।

चीन र संरा अमेरिकाबीच दुई पक्षीय व्यापारमा बलियो परिपूरक सम्बन्ध छ । विश्वव्यापी मूल्य चक्र (value chains) मा संरा अमेरिकाले मध्यम र उच्च मूल्यका प्रतिनिधित्व गर्छ र चीनमा पुँजीगत वस्तु र मध्यवर्ती (intermidiary) वस्तुहरूको निर्यात गर्छ । विश्वव्यापी मूल्य चक्रमा चीनले मध्यम र न्यूनत्तम मूल्यको नेतृत्व गर्दै उपभोग्य वस्तुहरू र उत्पादित अन्तिम वस्तु, संरा अमेरिकामा निर्यात गर्छ । दुई देशले एक अर्काको तुलनात्मक शक्तिका लागि र दुईपक्षीय व्यापारको लागि परिपूरक भूमिका निर्वाह गर्छ ।

सन् २०१७ मा चीनले संरा अमेरिकामा निर्यात गरेको तीन शीर्ष वस्तुहरू निम्न छन् ः
१) विद्युतीय मेसिनहरू÷विद्युत्जन्य उत्पादन
२) मेकानिकल उपकरण र पार्टपुर्जाहरू
३) फर्निचर÷बत्तीहरू

अमेरिका निर्यात गरिने यी सामानहरू चीनको कुल निर्यातको ५३.५ प्रतिशत हो । चीनले अमेरिकाबाट सबैभन्दा बढी आयात गर्ने तीन वस्तुहरू निम्न छन् –
१) मेसिनरी÷विद्युतीय उपकरण÷पार्टपुर्जाहरू
२) मेकानिकल उपकरण र पार्टपुर्जाहरू
३) अटोमोवाइल र पार्टपुर्जाहरू

अमेरिकाबाट आयात गरिने यी सामानहरू चीनको कुल आयातको ३१.८ प्रतिशत छ । मेसिनरी र विद्युतीय उत्पादनले मात्र दुईपक्षीय व्यापारमा विशाल भाग ओगट्छ । दुई पक्षबीच अन्तर–उद्योग व्यापारका विशेषताहरूको प्रमाण यहाँ दिइएको छ । (तालिका १)
चीनले अमेरिकामा निर्यात गर्ने धेरैजसो उच्च–प्रविधियुक्त उत्पादन (hi-tech products) वस्तुहरू श्रमप्रधान (Labour- intensive) प्रक्रियाबाट उत्पादन गरिन्छ । जसका लागि मुख्य सहायक उपकरण र मध्यवर्ती (intermidiary) उत्पादनहरू ठूलो मात्रामा आयात गरिन्छ साथसाथै मूल्यको अन्तर्राष्ट्रिय हस्तान्तरण समेत हुन्छ ।

२) सेवा क्षेत्रमा दुईपक्षीय व्यापार तीव्ररूपले विकास हुँदै छ
संरा अमेरिकासँग उच्चस्तरीय उन्नत र पूर्णरूपले स्थापित सेवा उद्योगहरू छन् जुन अन्तर्राष्ट्रिय बजारमा अत्यन्त प्रतिस्पर्धी छ । चिनियाँ अर्थतन्त्रको विकाससँगै, चिनियाँ जनताको जीवनस्तरमा आएको परिवर्तनसँगै सेवा क्षेत्रको माग पनि स्वाभाविक रूपले बढ्यो र दुईपक्षीय सेवा व्यापार द्रुत ढङ्गले विस्तार भयो । संरा अमेरिकी तथ्याङ्कअनुसार सेवा क्षेत्रमा दुईपक्षीय (Two-way) व्यापार सन् २००७ मा २४.९४ अर्ब अमेरिकी डलरबाट बढेर सन् २०१७ सम्ममा ७५.०५ अर्ब अमेरिकी डलर पुग्यो । जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालय (The Ministry of Commerce of the People’s Republic of China, MOFCOM) का अनुसार सेवा क्षेत्रमा चीन संरा अमेरिकाको दोस्रो ठूलो साझेदार देश हो । संरा अमेरिकाको वाणिज्य विभाग (US Department of Commerce, USDOC) का अनुसार चीन संरा अमेरिकी सेवा निर्यातको लागि तेस्रो ठूलो बजार हो ।

चीनको सेवा क्षेत्रको व्यापारमा चीनको घाटाको प्रमुख स्रोत संरा अमेरिका नै हो र यो छिटो वृद्धि हुँदै छ । संरा अमेरिकाले चीनमा गर्ने सेवा निर्यात सन् २००७ यता ३४० प्रतिशतले वृद्धि भएको संरा अमेरिकी तथ्याङ्कले देखाउँछ । सन् २००७ मा १३.१४ अर्ब अमेरिकी डलरबाट सन् २०१७ सम्ममा ५७.६३ अर्ब अमेरिकी डलर वृद्धि भएको तथ्याङ्क छ । त्यही समयावधिमा संरा अमेरिकाले अन्य देशहरू तथा क्षेत्रहरूमा गर्ने सेवा निर्यात भने १८० प्रतिशतले मात्र बढेको देखिन्छ । सेवा क्षेत्रमा चीनबाट संरा अमेरिकाको अतिरिक्त नाफामात्र ३० देखि ४०.२ अर्ब अमेरिकी डलरले वृद्धि भएको देखिन्छ । रेखाचित्र २ ः हाल सेवा व्यापारमा चीनको कुल घाटाको २० प्रतिशत संरा अमेरिकाबाट मात्र हुन्छ र अनौपचारिक रूपमा अध्ययनले यही नै चीनको घाटाको प्रमुख स्रोत बताउँछ । संरा अमेरिकासँग चीनको ¥हास मुख्य तीन क्षेत्रमा केन्द्रित छ

– पर्यटन, यातायात र बौद्धिक सम्पतिको रोयल्टी ।

पर्यटन क्षेत्रमा संरा अमेरिकासँग चीनको व्यापार घाटा निरन्तर फराकिलो बन्दै छ । वाणिज्य विभाग DOC का अनुसार सन् २०१६ सम्म करिब १३ वर्षको दौरानमा चिनियाँ मुख्य भूमिका यात्रुहरूको ठूलो सङ्ख्या अमेरिकातिर गएको देखिन्छ । १३ वर्षको १२ औँ वर्षमा दोहोरो अङ्कको वृद्धि दर थियो ।

सन् २०१७ मा पर्यटन, शिक्षा र स्वास्थ्य उपचारका लागि कुल ५१ अर्ब अमेरिकी डलर खर्चेर चिनियाँहरू संरा अमेरिकामा गएको तथ्याङ्क MOFCOM  ले अघि सारेको छ । त्यसमध्ये ३० लाख चिनियाँ पर्यटकहरूले संरा अमेरिकामा ३३ अर्ब अमेरिकी डलर खर्चे । शिक्षा क्षेत्रको कुरा गर्दा संरा अमेरिका धेरैजसो चिनियाँ विद्यार्थीको वैदेशिक गन्तव्यस्थल नै हो भन्दा फरक नपर्ला । सन् २०१७ मा करिब ४२ लाख चिनियाँ विद्यार्थीहरू अध्ययनका निमित्त संरा अमेरिकामा थिए । त्यो सङ्ख्याले त्यहाँको स्थानीय आम्दानीमा करिब १८ अर्ब अमेरिकी डलर योगदान गर्छ । संरा अमेरिकाकै तथ्याङ्कअनुसार पर्यटन क्षेत्रमा संरा अमेरिकासँग चीनको व्यापार घाटा सन् २००६ मा ४३ करोड अमेरिकी डलरबाट सन् २०१६ सम्ममा २६.२ अर्ब अमेरिकी डलर पुग्यो । उक्त व्यापार घाटाको बढोत्तरीले सेवा क्षेत्रमा व्यापार घाटाको औसत वार्षिक वृद्धि ५०.८ प्रतिशतले भएको सङ्केत गर्छ ।

संरा अमेरिकाको बौद्धिक सम्पत्ति प्रयोग गरेबापत चीनले दिने भुक्तानी निरन्तर आकाशिंदै छ । संरा अमेरिका नै चीनले बौद्धिक सम्पत्ति आयात गर्ने सबैभन्दा ठूलो स्रोत हो भनी चिनियाँ तथ्याङ्कले सूचित गरेको छ । सन् २०१२ बाट २०१६ सम्ममा चीनले अमेरिकाबाट झण्डै २८ हजार थरीका बौद्धिक सम्पत्ति आयात गरेको देखिन्छ । चीनले दिने भुक्तानी ६ वर्षमा दोब्बर बढेको छ – सन् २०११ मा ३.४६ अर्ब अमेरिकी डलरबाट सन् २०१७ सम्ममा ७.२ अर्ब अमेरिकी डलर पुग्यो । (रेखाचित्र ३) चीनले बौद्धिक सम्पत्तिका लागि संरा अमेरिकालाई गर्ने भुक्तानी अन्य देशहरूलाई गर्ने कुल भुक्तानीको एकतिहाइ छ ।

३) चीन र संरा अमेरिका महत्वपूर्ण लगानी साझेदार हुन्
चीनका लागि संरा अमेरिका वैदेशिक लगानीको प्रमुख स्रोत हो । MOFCOM का अनुसार सन् २०१७ को अन्त्य सम्म चीनमा संरा अमेरिकी लगानीको उद्योग, कम्पनी, इन्टरप्राइजेज लगभग ६८ हजारको सङ्ख्यामा थियो । जसको वास्तविक लगानी ८३ अर्ब अमेरिकी डलरभन्दा माथि थियो । संरा अमेरिकामा चिनियाँ कम्पनी र उद्योगहरूले प्रत्यक्ष लगानी तीव्रत्तर बढाएसँगै पछिल्लो समय चिनियाँ लगानीका लागि पनि अमेरिका महत्वपूर्ण गन्तव्यस्थल बनेको छ ।

चीनको बाहिरी लगानी बढेसँगै अमेरिकामा चिनियाँ कम्पनीहरूको प्रत्यक्ष लगानी सन् २००३ मा ६ करोड ५० लाख अमेरिकी डलरबाट बढेर सन् २०१६ सम्ममा १६.९८ अर्ब अमेरिकी डलर पुगेको तथ्याङ्क छ । सन् २०१७ को अन्त्य सम्म संरा अमेरिकामा चिनियाँ प्रत्यक्ष लगानीको सञ्चिति (stock) लगभग ६७ अर्ब अमेरिकी डलर रहेको MOFCOM को अध्ययनले देखायो । यसबीच अमेरिकामा चीनले उल्लेख्य वित्तीय लगानी पनि बढाएको देखिन्छ । संरा अमेरिकी सरकारको ऋण (Treasury) विभागका अनुसार सन् २०१८ मे महिनाको अन्त्यसम्ममा संरा अमेरिकी ट्रेजरी बिलको (अल्पकालीन ऋणपत्र अर्थात विश्वासको आधारमा एक वर्ष वा सोभन्दा कम अवधिका लागि उठाइएको आन्तरिक ऋण) ११ खर्ब ८० अर्ब अमेरिकी डलर बराबरको भाग चीनले ओगट्छ ।

४) व्यापारिक र आर्थिक सहकार्यबाट चीन र अमेरिका दुवैलाई उल्लेख्य लाभ मिलेको छ –
व्यापारिक र आर्थिक सहकार्यबाट दुवै देशले वृहत्तर लाभ र ‘जीत–जीत’ प्रतिफल प्राप्त गरेको जगजाहेर छ । चीन–अमेरिका सहकार्यले चीनको आर्थिक उन्नयन र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्यायो । आर्थिक विश्वव्यापीकरणको पृष्ठभूमिविरुद्ध अमेरिकासहित अन्य देशहरूसँग चीनको व्यापार र लगानी सहकार्य बलियो बनेको छ । दुई देशको खुला बजारले चिनियाँ कम्पनीलाई विश्वव्यापी औद्योगिक सृङ्खला र मूल्य चक्रमा अग्रपङ्क्तिमा पुग्न सघाएको छ । यसले चिनियाँ आर्थिक वृद्धिका लागि विशाल बाह्य बजार खुला गरिदिएको छ ।
सन् २०१७ सम्ममा करिब ४१ खर्ब अमेरिकी डलर बराबरको कुल वस्तु आयात–निर्यातको तथ्याङ्कबाट चीन विश्वको सबैभन्दा ठूलो वस्तु निर्यात या व्यापार गर्ने देशको रूपमा देखियो । सुधार र खुलापनको ४० वर्षभित्रमा भएको आर्थिक विकासप्रति कृतज्ञ छौँ । कुल सेवा आयात–निर्यातको ६९५.६८ अर्ब अमेरिकी डलरसहित चीन विश्वकै दोस्रो ठूलो सेवा व्यापारी या निर्यातकर्ता बन्यो । कुल भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी १३६ अर्ब अमेरिकी डलरसहित चीन दोस्रो ठूलो प्रत्यक्ष वैदेशिक लगानी (Foreign Direct Investment, FDI ) प्राप्तकर्ता देशमा गनियो ।
चीनको प्राविधिक आविष्कारिकता, बजार व्यवस्थापन र प्रशासनिक सृजनशीलताको लागि अमेरिकी फर्महरूको अनुभवबाट पनि चीनले जरुर सिकेको छ । बजार प्रतिस्पर्धा विकास गर्न, औद्योगिक दक्षता हासिल गर्न, प्रविधि र व्यवस्थापनमा अगाडि बढ्न चीनलाई हौसला प्राप्त भएको यथार्थ हो ।
अमेरिकाबाट निर्यात हुने मेकानिकल, विद्युत्तीय उत्पादन र कृषिजन्य उत्पादनको चिनियाँ बजारमा माग ठूलो छ तर मागअनुसारको पूर्ति अमेरिकाले गर्नसकेन । यद्यपि त्यसको सन्तोषजनक व्यवस्थापन स्वयम् चीन गर्दै छ । विशेषतः उच्च मूल्यका वस्तुको माग र पूर्तिबीच सन्तुलन कायम राख्न उपभोक्तालाई छनौटको विविधता प्रदान ग¥यो अर्थात उपभोक्ताको क्रयशक्ति केन्द्रित वस्तुहरू चीनले विश्वबजारमा उपलब्ध गरायो । त्यही अवधिमा संरा अमेरिकाले बृहत् स्तरमा व्यापारको अवसर प्राप्त ग¥यो । सीमापारिको लगानी र चिनियाँ बजारमा प्रवेशजस्ता अवसरले संरा अमेरिकाको आर्थिक वृद्धि, उपभोक्ता हितमा सुधार र आर्थिक संरचनामा स्तरोन्नतिका लागि ठूलो भूमिका खेल्यो ।
व्यापार र आर्थिक सहकार्यले संरा अमेरिकाको आर्थिक वृद्धिसँगै मुद्रास्फीति न्यूनीकरणमा सघायो । चिनियाँ व्यवसाय समिति (China Business Council) र अक्स्फोर्ड अर्थशास्त्रको संयुक्त अध्ययनले बताउँछ– सन् २०१५ मा चीनबाट गरिएको आयातबाट संरा अमेरिकाको कुल गार्हस्थ उत्पादनमा ०.८ प्रतिशतले वृद्धि ग¥यो । चीनमा गरिएको निर्यात र दोहोरो लगानीले अमेरिकी कुल गार्हस्थ उत्पादनमा २१६ अर्ब अमेरिकी डलर बराबरको योगदान ग¥यो । अमेरिकाको आर्थिक वृद्धि दर १.२ प्रतिशतले वृद्धि गर्न सघायो ।
चीनबाट Value for money अर्थात् न्यूनत्तम मूल्यमा अधिकत्तम सन्तुष्टि प्राप्त गर्न सकिने वस्तुहरूको उत्पादनले अमेरिकी उपभोक्ताको उपभोग्य क्षमतालाई बढाएको छ । उदाहरणका लागि सन् २०१५ मा उपभोक्ता मूल्य सूचाङ्क १ देखि १.५ प्रतिशतले घट्यो । न्यून मुद्रास्फीतिको वातावरणले संरा अमेरिकामा बृहत् आर्थिक नीतिहरूको विस्तारका लागि फराकिलो ठाउँ प्रदान ग¥यो ।
दुईपक्षीय सहकार्यले अमेरिकामा ठूलो सङ्ख्यामा रोजगारी सृजना ग¥यो । संरा अमेरिका – चीन व्यवसाय समितिको विश्लेषणअनुसार चीनमा संरा अमेरिकाले गर्ने निर्यात र अमेरिका–चीन दोहोरो लगानीको सहयोगमा अमेरिकामा मात्र सन् २०१५ मा २६ लाख रोजगारी सृजना भयो । विशेषतः अमेरिकाको ४६ वटा राज्यहरूमा चिनियाँ लगानीले छोपेको छ । अमेरिकाका लागि चीनले निर्माण (manufacturing) क्षेत्रमा मात्र १४ लाखभन्दा बढी रोजगारीको अवसर प्रदान गरेको छ ।
सहकार्यले सबैभन्दा बढी र वास्तविक लाभ अमेरिकी उपभोक्ताहरूलाई भएको छ । दुईपक्षीय व्यापारले विशेषतः न्यून र मध्यम आम्दानी समूहका उपभोक्ताको छनोट गर्ने घेरालाई फराकिलो र व्यापक बनायो । यसरी जीवनयापनको लागत घट्यो र अमेरिकी जनताको वास्तविक उपभोग्य क्षमता बढ्यो ।
संरा अमेरिका–चीन व्यवसाय समितिको सन् २०१५ को तथ्याङ्कअनुसार चीनसँगको व्यापार सम्बन्धले प्रत्येक वर्ष अमेरिकी परिवारले आफ्नो खर्चको ८५० अमेरिकी डलर बचत गर्न थालेका छन् । यो संरा अमेरिकामा औसत घरधुरी आम्दानीको १.५ प्रतिशत हुन आउँछ ।
दुईपक्षीय सहकार्यले ठूलो सङ्ख्यामा व्यवसायका अवसर र अमेरिकी व्यवसायहरूमा उल्लेख्य नाफा सृजना ग¥यो । चीन विश्वकै विशाल र तीव्ररूपले विकास भइरहेको अर्थात् उदीयमान बजार भएकैले अमेरिकी व्यवसायीले सहकार्यबाट अधिकत्तम अवसर प्राप्त गरे ।
संरा अमेरिका–चीन व्यवसाय काउन्सिल २०१७ को प्रान्तीय निर्यात प्रतिवेदनअनुसार व्यापार परिप्रेक्ष्यबाट विश्लेषण गर्दा सन् २०१७ मा अमेरिकाका ४३ वटा प्रान्तहरूका प्रमुख ५ निर्यात बजारमध्ये चीन पनि एउटा थियो । सन् २०१६ मा ५० वटा प्रान्तहरूको लागि सेवा क्षेत्रको प्रमुख ५ निर्यात बजारमा चीन पनि एउटा थियो । सन् २०१७ मा मात्र प्रत्येक अमेरिकी कृषकले औसतमा १० हजार अमेरिकी डलरभन्दा माथिको कृषिजन्य उत्पादन चीनमा निर्यात गरे ।
लगानीको दृष्टिकोणबाट हेर्दा सन् २०१५ मा संरा अमेरिकाले लगभग ५१७ अर्ब अमेरिकी डलर बराबरको बिक्री आम्दानी र ३६ अर्ब अमेरिकी डलरभन्दा माथिको नाफा चीनबाट मात्र प्राप्त गरेको MOFCOM ले जनायो । सन् २०१६ मा संरा अमेरिकाको बिक्री–आम्दानी करिब ६०६.८ अर्ब अमेरिकी डलर पुग्यो । नाफा बढेर ३९ अर्ब अमेरिकी डलर नाघ्यो । सन् २०१७ मा प्रमुख तीन अमेरिकी अटोनिर्माणकर्ताहरूले चीनमा संयुक्त लगानी (Joint Venture) को माध्यमबाट कुल ७.४४ अर्ब अमेरिकी डलर नाफा कमाए । सोही वर्ष ३० लाख ४० हजार अमेरिकी यात्रुवाहक सवारीसाधन चीनमा बिक्री गरियो । यो चीनमा बिक्री गरिने कुल यात्रुवाहक सवारीसाधनको १२.३ प्रतिशत हो । साधारण मोटर, गाडीहरूकै मात्र चीनमा दश वटा संयुक्त उद्यम छन् । चीनमा यसको उत्पादनले विश्वव्यापी उत्पादनको ४० प्रतिशत ओगट्छ । चीनमा चिप्स बिक्री र प्याटेन्ट रोयल्टीबाट अमेरिकी कम्पनी क्वाल्कमको आम्दानी (Qualcomm) ले यसको कुल आम्दानीको ५७ प्रतिशत भाग ओगट्छ । चीनमा इन्टेल्सको आम्दानी (Intel’s) ले (हङकङसहित) यसको कुल आम्दानीको २३.७ प्रतिशत ओगट्छ । आर्थिक वर्ष २०१७ मा एपल इन्क (Apple Inc) को चीनबाट १९.५ प्रतिशत आम्दानी रह्यो ।
सन् २०१७ जनवरीको अन्त्यसम्ममा १३ वटा अमेरिकी बैङ्कहरूले चीनमा शाखाहरू खोले र अमेरिकी बिमा कम्पनीहरूले चीनमा बिमा फर्महरूको सञ्चालन गरे । गोल्डम्यान साक्चस् (Goldman Sachs), अमेरिकी एक्सप्रेस, बैङ्क अफ अमेरिका, मेटलाइफ (Metlife) लगायत अन्य अमेरिकी वित्तीय सङ्घसंस्थाहरूले आफ्नो रणनीतिक लगानीमार्फत चिनियाँ वित्तीय सङ्घसंस्थाबाट यथेस्ट नाफा ग्रहण गरे ।
चीनको सुरक्षण नियमन आयोगका अनुसार चिनियाँ कम्पनीले विदेशमा गर्ने लगानी र पुनः वित्तीयकरणको ७० प्रतिशत लगानी कोषबारे वित्तीय जोखिम आङ्कलन गर्ने प्रमुख र सहायक प्रमुख निकाय नै अमेरिकी लगानी बैङ्कहरू हुन् । संरा अमेरिकी कानुन फर्मले चीनमा मात्र करिब १२० कार्यालय सञ्चालन गरेको छ ।
दुईपक्षीय सहकार्यले औद्योगिक उन्नयनलाई थप बढावा दिएको छ । चीनसँगको आर्थिक र व्यापारिक सहकार्यका कारण दुई देशका प्रतिस्पर्धी उत्पादनका साधनहरूको संयोजनबाट संरा अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा क्षमतालाई तिखारेका छन् । उदाहरणका लागि आइफोन (Iphone) को डिजाइन अमेरिकामा भयो भने त्यसको स्वरूप निर्माण र पार्टपुर्जा जडान चीनमा भयो र विश्व बजारमा बिक्री ग¥यो । गोल्डमेन साक्चको प्रतिवेदनअनुसार सन् २०१७ मा आपल इन्क (Apple Inc) ले यसको सम्पूर्ण उत्पादन र जडान संयन्त्रलाई चीनबाट संरा अमेरिकामा स्थानान्तरण ग¥यो । परिणामतः आइफोनको उत्पादन लागत ३७ प्रतिशतले वृद्धि भयो ।
प्राविधिक सहकार्यमार्पmत संरा अमेरिकी कम्पनीहरू जसले चीनमा बिक्री र लगानी गरेको छ ती कम्पनीहरूले चीनमा क्लाउड कम्प्युटिङ (Cloud Computing) र आर्टिफिसियल इन्टेपिलजेन्सको प्रयोग गरी अत्यधिक नाफा प्राप्त गरेको देखिन्छ । यही कारणले बदलिँदो विश्वव्यापी बजारमा अमेरिकी उत्पादनले अनुकूल स्थान प्राप्त गरेको हो । संरा अमेरिकी कम्पनीहरूका लागि सामग्री उत्पादन गरी चीनले अमेरिकालाई नवीन खोज र व्यवस्थापनमा बढी लगानी गर्न सक्षम बन्न सघायो ।
उच्च मूल्यको अत्याधुनिक उत्पादन र आधुनिक सेवामा केन्द्रित हुन र धेरै मूल्य अभिवृद्धि र प्रविधियुक्त उद्योगको उन्नयनका लागि चीनसँगको सहकार्यले टेवा पु¥यायो । यसले संरा अमेरिकाको ऊर्जा र स्रोतहरूको जगेर्ना गर्न, पर्यावरणीय संरक्षणमा बढेको दबाब न्यूनीकरण गर्न र विश्वमा संरा अमेरिकालाई अझ बढी प्रतिस्पर्धी बनाउन सहयोग गरेको प्रस्ट हुन्छ । सामान्यतः चीन–अमेरिका व्यापार तथा आर्थिक सहकार्य ‘जीत–जीत’ सम्बन्ध नै हो । यसले संरा अमेरिकी कम्पनीहरूलाई ठोस लाभ भए पनि यो कुनै पनि आधारमा एकले फाइदा लिने र अर्कोले गुमाउने अर्थात् ‘जेरो सम गेम’ (zero-sum game) खेल होइन ।
केही अमेरिकीहरू दाबी गर्छन्– संरा अमेरिका यस सम्बन्धमा ‘हार्दै छ’ । मिहिन ढङ्गले अध्ययन गर्ने हो भने उक्त दाबी सही साबित हुने छैन ।
अनुवादः हौसला
The Facts and China’s Position on China- US Trade Friction
September 2018

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार