(पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मङ्गलबार बसेको पाकिस्तानको दुवै सदनको संयुक्त बैठकमा सोमबार भारतीय संसद्ले जम्मु काश्मीरको सन्दर्भमा गरेको निर्णयको बारेमा व्यक्त मन्तव्यको सार सङ्क्षेप–सम्पादक)

सभामुख महोदय,

यो बैठकलाई आज पाकिस्तानले मात्र हेरिरहेको छैन । काश्मीरी र संसारले यो बैठकलाई नियालिरहेको छ । यो बैठकको महत्व काश्मीरी र पाकिस्तानीको लागि मात्र होइन । भारतले गरेको निर्णयको प्रभाव सारा विश्वमा जानसक्छ । त्यसकारण यो ज्यादै महत्वपूर्ण छ । आज यो बैठकबाट निकै महत्वपूर्ण सन्देश जाँदै छ, त्यसकारण धैर्य र आरामसँग सुन्न आग्रह गर्न चाहन्छु ।

मेरो सरकार बनेपछि हामीले पहिलो प्राथमिकता पाकिस्तानको अस्थिरता अन्त्य गर्नु थियो । त्यसको लागि हामीले हाम्रा सबै छिमेकी देशसँगको सम्बन्ध ठीक बनाउनमा जोड दियौँ । किनभने तनाव र अस्थिर परिस्थिति तथा बितेका पन्ध्र वर्षदेखि हामीले सामना गरेको युद्ध र आतङ्कको अवस्थाले लगानी र वृद्धिदरमा प्रभाव पर्दछ । त्यसकारण मैले सबै छिमेकी देशसँग कुराकानी गरेँ । मैले हिन्दुस्तानलाई भनेँ, “तपाईं एक कदम हाम्रोतिर आए हामी दुई कदम तपाईंतिर कदम चाल्नेछौँ ।”

मैले अफगानिस्तानसँग सम्पर्क गरेँ र आपसमा रहेका सबै समस्या समाधान गरी सम्बन्धको नयाँ चक्र सुरुआत गर्न चाहेको बताएँ । इरानमा गएँ, त्यहाँ कुराकानी भयो । चीनसँग त हाम्रो सम्बन्ध सधैं राम्रै रहँदै आएको छ । अरू देशमा गएँ । हालसालै अमेरिका गएँ । त्यहाँ जानुको मूल लक्ष्य पनि हामीबीच रहेका समस्या समाधान गर्ने कोसिस गर्नु थियो । ता कि पाकिस्तानलाई स्थायित्व हासिल होस्, पाकिस्तानको प्रगति र वृद्धिदर बढोस् । लगानी भित्रियोस् । पाकिस्तानको जनतालाई गरिबीबाट उकास्न सकौँ ।

मैले सुरुमा नरेन्द्र मोदीसँग कुरा गर्दा उहाँले हामीसँग (आतङ्कवादी) तालिम केन्द्रहरू भएको बताए । मैले उहाँलाई सम्झाएँ, ‘सन् २०१४ मा जब पाकिस्तानमा तामी पब्लिक स्कूलमा ठूलो तनावको अवस्था सिर्जना भयो सबै पाकिस्तानी राजनीतिक दल एकै ठाउँमा उभिएर राष्ट्रिय कार्ययोजनामा हस्ताक्षर ग¥यौँ । त्यसमा हामीले पाकिस्तानमा कुनै पनि विद्रोही समूह रहनेछैन भन्ने कुरामा सहमत भयौँ ।’ त्यसपछि हामीले उहाँसँग संवादको थालनी गर्न खोज्यौँ । तर, उहाँ त्यसमा खास उत्साहित नभएको महसुस ग¥यौँ ।

त्यसपछि पुलवामा हमला भयो । पुलवामा हमलामा पाकिस्तानको कुनै संलग्नता नभएको कुरा सम्झाउन हामीले पूरै कोसिस ग¥यौँ । त्यत्तिबेला भारतमा चुनावको सरगर्मी सुरु भइसकेको थियो । चुनावको लागि उनीहरू पाकिस्तानलाई बलीको बोका बनाउन चाहिरहेका थिए । काश्मीरका जनतामाथि भइरहेको अत्याचारबाट संसारको दृष्टि अन्यत्र मोड्न खोजिएको थियो । भारत सरकारले जति पनि कदम त्यत्तिबेला चाल्यो, त्यसको एउटै लक्ष्य भनेको युद्धको त्रास फैलाउने र पाकिस्तानलाई बलीको बोका बनाउने, चुनावमा पाकिस्तानविरोधी भावना फैलाएर चुनाव जित्न चाहिरहेका थिए ।

पुलवामा हमलापछि पाकिस्तानमा भारतले आफ्ना सैनिक विमान पठायो । पाकिस्तानी हवाई सेनाले त्यसको प्रतिरोध गरे । पाकिस्तानले गिरफ्तार गरेको पाइलट हामीले तत्कालै फिर्ता पठायौँ । भारतसँग द्वन्द्व बढाउने पाकिस्तानको कुनै मनसाय नभएको कुरा बताउन हामीले त्यो निर्णय ग¥यौँ । त्यसपछि हामी चुप लाग्यौँ ।

भारतमा चुनाव सकोस् र चुनावपछि वार्ता फेरि चालू राख्ने विचार ग¥यौँ । चुनाव भयो । फेरि हामीले कोसिस ग¥यौँ । बिस्केकमा भएको एउटा सम्मेलनमा जब हामीले उनीहरूको रवैया देख्यौँ, हामीलाई लाग्यो शान्तिको लागि हाम्रो प्रयासलाई गलत तरिकाबाट बुझिंदै गरेको महसुस ग¥यौँ । हाम्रो कमजोरीको रूपमा बुझिंदैछ । तब हामीले निर्णय ग¥यौँ कि अब हामी वार्ता अघि बढाउने छैनौँ ।

यस्तो परिस्थितिमा मैले राष्ट्रपति ट्रम्पलाई यो (काश्मीर) विवादमा असल मनसायसहित मिलाइदिन अनुरोध गरें । काश्मीर ‘हट स्पट’ हो । काश्मीर विवादमा एक अर्ब जनता पीडित हुनसक्ने कुरा बताएँ ।

सोमबार भारत सरकारले जे निर्णय ग¥यो, म अब त्यसबारे केही बोल्न चाहन्छु । बिस्केकको सम्मेलनमै उनीहरूलाई हामीसँग कुराकानी गर्नमा कुनै चासो नभएको महसुस गरिसकेको थिएँ । मैले जे कुराको आशङ्का गरेको थिएँ, त्यो कुरा हिजो सतहमा आयो । उनीहरूले हिजो जे गरे, यो काम उनीहरूले योजनाबद्ध तरिकाबाट गरेका होइनन् । यो उनीहरूको चुनावी घोषणापत्रमा उल्लेख विषय हो । यो उनीहरूको विचारधारा हो । यो उनीहरूको दृष्टिकोण हो र यो दृष्टिकोण आरएसएसको दृष्टिकोणमा आधारित छ । आरएसएसका संस्थापक गोलवाकर र अन्य नेताहरूको विचारधारा के थियो ? उनीहरूको विचारधारा भनेको हिन्दुस्तानबाट मुसलमानहरूलाई जातीय सफाया गर्नु थियो । (बेलायती उपनिवेशवादबाट प्राप्त हुने) स्वतन्त्रता हिन्दूहरूको लागि मात्र हुनेछ ।

आरएसएसका संस्थापकहरूको किताब पढ्नुहोस् । उनीहरूको विचार प्रस्ट थियो– हिन्दुस्तान हिन्दूहरूको लागि मात्र हो । मुसलमानहरूप्रति उनीहरूमा एकप्रकारको घृणा थियो । उनीहरू मुसलमानहरूले ५–६ सय वर्ष हिन्दुस्तानमा शासन गरेको सोच्थे । जब बेलायतले हिन्दुस्तान छोडेर जाँदै थियो, तब मुसलमानहरूलाई दबाउने समय आएको उनीहरूले सोचे, दोस्रो दर्जाको नागरिक बनाउने सोचे ।

आज हामी काइदे आजम अली जिन्हाको स्मरण गर्छौं किनभने उहाँ नै यो सबै कुरा देख्ने पहिलो व्यक्ति हुनुहुन्छ । जिन्हालाई हिन्दू–मुसलमान एकताका दूत मानिन्थ्यो । जिन्हाको जीवन हामीसमक्ष छ । जिन्हा अङ्ग्रेजबाट स्वतन्त्रता चाहनुहुन्थ्यो । के कारणले उहाँले अलग्ग पाकिस्तानको आवश्यकता महसुस गर्नुभयो ? सन् १९२० मा काङ्ग्रेसभित्र मतान्तर भइरहेको थियो, जिन्हाले मुसलमानहरूलाई भन्दै हुनुहुन्थ्यो–तिमीहरूलाई के हुँदैछ ? थाहा छैन । बहुमतको हुलमा मुसलमानहरूलाई दबाउने खेल हुँदैछ । तिमीहरू अङ्ग्रेजको गुमालीपछि हिन्दुशासनको गुमाली गर्नेछौ । यो कुरा आज पनि जिन्हाका पुस्तकमा पढ्न सकिन्छ । मानिसलाई हामीले भन्नुपर्छ, उहाँ कति दुरदर्शी हुनुहुन्थ्यो । उहाँले खेल कतातिर गइरहेको छ, थाहा पाउनुभएको थियो ।

जिन्हा बेलायत जानुभयो । फर्केर सन् १९३७ को चुनावमा जिन्हाले आफ्नो कुरा जनताको बीचमा नभन्नुभएको भए पाकिस्तान बन्दैनथ्यो । त्यो चुनावमा मुसलमान जनताले थाहा पाए, जिन्हाले भन्नुभएको कुरा ठीक हो । त्यही परिस्थितिमा मुस्लिम लिग स्थापना भएको थियो । हिन्दूराजको जुन डर उहाँमा थियो, त्यो कुरा जनतालाई प्रस्ट पार्नुभयो र पाकिस्तान आन्दोलनको सुरु भयो ।

दुई राष्ट्र राज्यको सिद्धान्त नमान्ने मानिस आज हिन्दुस्तानमा छन् । म भारतमा सम्मेलनहरूमा जाँदा पाकिस्तान निर्माणलाई गलत भन्थे । आज तिनै मानिस भन्दैछन्, जिन्हाको दुई राष्ट्र राज्यको सिद्धान्त ठीक रहेछ ।
…. …… ……
भाजपा सरकार जब गाईको मासु खाने मानिसलाई झुण्ड्याउँछ र हुल उठेर उसलाई मारिदिन्छ । काश्मीरमा उनीहरूले जे गरिरहेका छन्, यो नै उनीहरूको विचारधारा हो । उनीहरूका अग्रज नेताहरूले हामी अब्बल (सुपेरियर) छौँ भनेर भनेका थिए । यो जातिवादी विचार हो । आज हाम्रो सामना त्यही जातिवादी विचारधारासँग भइरहेको छ । यो पृष्ठभूमि नबुझी हामी हिजो काश्मीरको सन्दर्भमा गरेको निर्णयबारे बुझ्न सक्दैनौँ । काश्मीरमा उनीहरूले आफ्नो विचारधाराको आधारमा यो निर्णय गरेका हुन् । हिन्दुस्तान सरकारको निर्णय त्यहाँको संविधानको विपरीत छ, सर्वोच्च अदालत र जम्मु काश्मीरको उच्च अदालतको आदेशविपरीत गरिएको छ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को प्रस्तावको विपरीत यो निर्णय गरिएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाको प्रस्तावविपरीत गएको छ । सिम्ला सम्झौताको विपरीत गरिएको छ । उनीहरू काश्मीरको जनसाङ्ख्यीक अवस्थामा परिवर्तन गर्न खोजिरहेका छन् । उनीहरू स्वयम्ले यो भनेका छन्, काश्मीरको विशेषाधिकारसँगै हामी जनसाङ्ख्यिक अवस्थामा परिवर्तन गर्न चाहन्छौँ । जनसाङ्ख्यिक अवस्थामा परिवर्तन गर्नु चौथो जेनेभा सन्धिको धारा ४९ को विपरीत हो । युद्ध अपराधबाट यस्तो काम गरिन्छ । आफ्नै देशका कानुन र अन्तर्राष्ट्रिय कानुनको उनीहरूले उल्लङ्घन गरेका छन्–आफ्नो विचारधाराको लागि ।

काश्मीरको समस्या अगाडि पनि थियो । तर, विशेषगरी बितेका पाँच वर्षदेखि यो अझ पेचिलो बन्यो । के काश्मीरी जनताले यो निर्णयसमक्ष आत्मसमर्पण गर्छन् ? के उनीहरू गुलाम बन्न तयार हुन्छन् ? समस्या त अझ बल्झिने छ । यसले अझ उचाइ हासिल गर्नेछ । अब यो गम्भीर विषय बनेको छ । यसका गम्भीर असर पर्नेछन् ।

पहिलो कुरा, बितेका पाँच वर्षदेखि भारत सरकारले काश्मीरमा गर्दै आएको दमनलाई अझ बढी दबाउनुपर्ने अवस्था आएको छ । आजादको आवाजलाई अझ दबाउनुपर्ने भएको छ । उनीहरू काश्मीरी जनतालाई आफ्नो बराबरीका मानिस मान्दैनन् । यदि उनीहरूले बराबरीका मानिस मानेका भए कुनै प्रजातान्त्रिक पद्धतिबाट पनि यो काम गर्नसक्थे । उनीहरू जसको लठी उसको भैंसीको नीति लागू गरिरहेका छन् । शक्ति प्रयोग गरिरहेका छन् । उनीहरू काश्मीरी जनतालाई दबाउन खोजिरहेका छन् । जब उनीहरू दमनमा उत्रन्छन्, तब पुलवामाजस्ता घटना हुन्छन् ।

उनीहरूलाई काश्मीरमा जातीय सफाया गर्नु छ । उनीहरू काश्मीरमा अर्को बहुमत बनाएर बाँकी मानिसलाई गुलाम बनाउन चाहन्छन् ।
….. …… ……
आज म उनीहरूको दिमागमा हरेक जातिवादीको दिमागमा हुने गरेजस्तो कुरा देख्दै छु । अमेरिका र अरू ठाउँमा गोरा अहङ्कारीवादीहरूले गोली हानेर मानिस मारिरहेका हुन्छन् । यो ज्यादै अजीव खालको चिन्तन हो । यो जातीय अहङ्कारवादमा विश्वास गर्छ । आजाद काश्मीरको नाममा केही घटना भए उनीहरूले कुनै प्रकारको हमला गर्नसक्छन् । उनीहरूले पाकिस्तानमा कुनै खालको हमला गरे हामीले त्यसको जवाफ नदिने कुरै छैन । हामी जवाफ दिनेछौँ । अनि के होला ? द्वन्द्व अझ अघि बढ्ने छ । उनीहरूले पनि जवाफ दिनेछन्, हामी पनि जवाफ दिनेछांैँ । अनि के होला ? ठूलै लडाइँ हुनसक्छ । ठूलो लडाइँ भए दुईवटा नतिजा आउन सक्छ । युद्ध हाम्रो पक्ष वा विपक्षमा पनि जानसक्छ । यदि युद्ध हाम्रो विपक्षमा गए हामी के गर्छौं ? त्यत्तिबेला हामीसँग दुईवटा विकल्प हुनेछन्–एउटा, बहादुर शाह जफर र दोस्रो टिपु सुल्तानको बाटो । पहिलो बाटो, हात उठाएर आत्मसमर्पण गर्ने बाटो । दोस्रो बाटोको टिपु सुल्तानको बाटो हो जसले रगतको अन्तिम थोपा बाँकी रहेसम्म लडेका थिए ।… यदि हामी रगत बाँकी भएसम्म लडे त्यो लडाइँमा कसको जीत होला ? त्यो लडाइँ कसैले नजित्ने लडाइँ हुनेछ । सबै हार्नेछन् त्यो लडाइँमा । त्यसको प्रभाव संसारभर पर्नेछ ।

के म आणविक सौदाबाजी (न्युक्लियर ब्ल्याकमेल) गरिरहेको छु ? होइन । म न्युक्लियर ब्ल्याकमेल गरिरहेको छैन । म कमन सेन्सलाई झकझकाइरहेको छु । राम्रोका आशा गरौँ, तर खराबको लागि पनि तयार गरौँ । के संसार खराब विकासक्रमको लागि तयार छ ? यो द्वन्द्वले अर्को बाटो लिए के त्यसको लागि संसार तयार छ ? त्यसकारण जे गर्ने हो, गर्ने समय यही हो । त्यसकारण म संसारसमक्ष अपिल गर्छौं–एउटा देश जसले खुलमखुला अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाइरहेको छ । किनभने उसलाई पहिले के भएको थियो, थाहा छ । काश्मीरी जनतामाथिको अन्याय गर्दा पनि कसैले केही गर्न नसकेको कुरा उसलाई थाहा छ । कसैले केही भन्दैनथ्यो । त्यसकारण उनीहरूले यो कदम चालेका हुन् । अब उनीहरू पनि नरोके सबैलाई बेफाइदा हुन्छ । कसैले त्यसलाई सहन सक्दैनन् ।

म आजको समयलाई इतिहासको त्यो कालखण्डसँग तुलना गर्न चाहन्छु, जतिबेला जातिवादले ठूलो आकार ग्रहण गरेको थियो । जब हिटलरको जर्मनी थियो । नाजी पार्टी थियो । आज उनीहरू जे जस्ता गतिविधि गरिरहेका छन्, त्यो नाजी पार्टीले गथ्र्यो ।
म हालसालै चुनावको प्रतिवेदन पढ्दै थिएँ । उनीहरूले चुनावमा त्यस्ता गतिविधि गरे जो नाजी पार्टी गथ्र्यो । हिन्दुस्तानका संस्थापकहरू महात्मा गान्धी, जवाहरलाल नेहरूका आदर्शमाथि उनीहरू हमला गरिरहेका छन् । यो त्यही चिन्तन हो जसले महात्मा गान्धीको हत्या गरेको थियो । यो त्यही चिन्तन हो जसलाई अहिले रोक्न नसके, संसारले आज कदम नचाले यसले सारा संसारलाई नोक्सान गर्नेछ । हाम्रो सरकार हरेक दबुमा यसको विरोधमा लड्ने छ । संरा सङ्घको सुरक्षा परिषद्को मञ्चमा । राष्ट्र सङ्घको सुरक्षा परिषद् हुँदै कसरी अन्तर्राष्ट्रिय फौजदारी अपराध अदालतसम्म कसरी जान सक्छौँ, विचार गरिरहेका छौँ । महासभामा कुरा उठाउने छौँ, राष्ट्रप्रमुखहरूसँग कुरा गर्नेछौँ ।

हरेक मञ्चको मिडियामा यो विषय उठाउनेछौँ । संसारलाई भन्नेछौँ – आज जुन आधुनिक पश्चिमी मूल्यमा उभिएको छ त्यो मूल्यले जुन कुराको भत्र्सना गथ्र्यो, नाजीवादको विरोध गथ्र्यो हामी त्यही बाटोमा जाँदै छौँ । आज भारतका मुसलमानहरूमाथि अन्याय भइरहेको छ, त्यसैकारण कुनै प्रतिक्रिया देखिएको छैन । तर, यसले पूरै संसारलाई नोक्सान गर्छ । काश्मीरको आवाजलाई संसद्को एउटा निर्णयले दबाउन सक्दैन । कश्मीरसँग पाकिस्तानमात्र होइन, पूरै मुसलमानहरूको आवाज छ ।

आज काश्मीर र भारतका अल्पसङ्ख्यकमाथि भइरहेको अत्याचारबारे संसारलाई थाहा छैन । त्यहाँ पश्चिमी मूल्यमान्यतामा भत्र्सनायोग्य अत्याचार भइरहेको छ । हाम्रो दायित्व हो, यो विषयको उत्थान गर्नु ।
शब्दान्तर ः सुशिला

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार