झापाको बिर्तामोड नगरपालिका–९ स्थित संयुक्त वडा कार्यालयमा बम विस्फोट भएको छ ।

सोमबार बिहान साढे ४ बजे बिर्तामोड ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बम विस्फोट भएको हो ।

वडा नम्बर ९ का वडा सचिव बस्ने कोठामा विस्फोट गराइएको छ। विस्फोटबाट कार्यालयका ६ वटा झ्याल, एउटा कम्प्युटर, कार्यालय भवनको पर्खाल, कोठा भित्र रहेका ४ वटा कुर्सी, २ वटा टेबुललगायत फर्निचरमा क्षति पुगेको छ।

अपरिचित व्यक्तिहरुले कुकर बम विस्फोट गराएको वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीले जानकारी दिए।

घटनाबारे कसैले जिम्मेवारी नलिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार