विप्लव नेकपाका नेता हेमन्त प्रकाश ओली सुदर्शनको बारेमा केही संचार माध्यमहरुले गरेको निराधार समाचारको सो पार्टीको केन्द्रीय कार्यालयले खण्डन गरेको छ ।

हाल नख्खु कारागारमा रहेका उक्त पार्टीका नेतासुदर्शनका बारेमा केही सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचार भ्रामक, नियोजित र षड्यन्त्रपूर्ण भएको भन्दै उक्त झूट्टा प्रचारको खण्डन गरेको छ ।

नेकपाको केन्द्रीय कार्यालयका तर्फबाट सुशीलले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सरुवा, बढुवा, स्थानान्तरण वा जिम्मेवारी परिवर्तन पार्टी सङ्गठनको सामान्य प्रक्रिया भएको उल्लेख गर्नुका साथै सञ्चारमाध्यममा आएका समाचार गलत र भ्रामक भएको भन्दै पार्टी केन्द्रीय कार्यालयको आधिकारिक धारणा स्पष्ट पारेका छन् ।

स्मरणीय छ, केही दिनपहिले नयाँ पत्रिका दैनिकलगायत केही सञ्चारमाध्यममा जेलमा रहेका कारण स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ जिम्मेवारी मुक्त भन्ने समाचार प्रकाशित भएको थियो ।

त्यस्तै गम्भीरलगायत केन्द्रीय नेताहरूलाई कारबाहीलगायत समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार