भ्रष्टचार गरेको आरोपमा म्याग्दीमा विप्लव नेकपाका कार्यकर्ताद्धारा वडा अध्यक्ष थापालाई कालोमोसो दलिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले म्याग्दीको बेनी नगरपालिका वडा नम्बर २ ज्यमरुकाेट भकुन्डेका वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलेको हो ।

नेकपाका कार्यकर्ताहरुले कार्यालयमै पुगेर थापालाई कालोमोसो दलेका हुन् । वडाअध्यक्ष थापाले विनियोजन गरिएको बजेटबाट कमिसन खाने गरेको, कार्यालय सहयोगीसँग अनैतिक सम्बन्ध राखेको, पार्टीविरुद्ध सुराकी गरेकोलगायतका आरोप नेकपाले लगाएको छ ।

त्यसैगरी सेवाग्राही जनताबाट घुस खाने गरेको तथा नाता-आफन्तलाई मात्रै प्राथमिकता दिने गरेको र बिकास बजेटमा भ्रष्टाचार गरेको भन्दै नेकपाले चेतावनीस्वरुप कालोमोसो दलेको जनाएको छ ।

अध्यक्ष थापालाई जिल्ला पार्टीको निर्णयअनुसार कालोमोसो दल्नुको साथै चप्पलको माला लगाएर चेतावनीस्वरुप जनकारवाही गरेको नेकपा म्याग्दीले जनाएको छ ।

स्थानीय तहका प्रतिनिधिहरुबाट जनताले दुःख पाइरहेको गुनासा आइरहेको नेकपाले जनाएको छ । जिल्लाका अन्य जनप्रतिनिधिहको बारेमा पनि गुनासाहरु आइरहेको नेकपाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार