चितवनमा केही दिनअघि आत्महत्या गरेको भनिएका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पत्रकार रवि लामिछाने बिहीबार पक्राउ परेका छन्।

पुडा‍सैनीले आत्महत्याअघिको भिडियोमा आफ्नो मृत्युका लागि दोषी देखाएका रवि लामिछाने प्रहरी नियन्त्रणमा परेका हुन्।

पुडासैनीले पोलेका नर्स अस्मिता कार्की र पत्रकार युवराज कँडेल पनि पक्राउ परेका छन्।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार