कश्मीर : कश्मीरको सीमाक्षेत्रमा गोलीबारी हुँदा तीनजना पाकिस्तानी सेना र पाँच भारतीय सेना मारिएका छन् ।

कश्मीरको विवादास्पद क्षेत्रमा दोहोरो गोली हानाहानमा यस्तो घटना भएको पास्तिानी सेनाले जनाएको छ । पाकिस्तानी सेना प्रवक्ता असिफ गाफुरले आफ्नो ट्वीटरमार्फत पनि यस्तो जानकारी दिएका छन् ।

उनका अनुसार भारतीय सुरक्षाफौजले लिपा उपत्याकास्थित पाकिस्तानी सेनालाई लक्षित गर्दै आक्रमण गरेको थियो । न्युज च्यानल एएनआईका अनुसार भारतीय सेनाले पाकिस्तानी सेनाको अभिव्यक्तिलाई अस्वीकार गरेको छ ।

भारतले कश्मीरको विशेषाधिकार खारेज गरेपछि नै पाकिस्तानसँग दुश्मनी झन् चर्किँदै गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार