सत्ताधारी नेकपा प्रदेशसभाका प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ ।

उनलाई प्रदेश सरकारको लागि खरिद गरेको सरकारी गाडीमा करोडौं भ्रष्टाचार गरेको आरोप थियो । रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम ३ प्रहार भएको हो ।

उनले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको छ । बम कसले प्रहार गर्यो‍ भन्ने खुल्न सकेको छैन । सचेतक ढकाल विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा विरामी भएर उपचारत छन् ।

“म काठमाडौं गम्भीर विरामी भएर उपचार गर्दै छुु । राति दुुईबजेततिर बम प्रहार भएको जानकारी पाएँ”उनले भने ।

इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्पेक्टर रवि मैनालीले बम प्रहारबाट गाडीमा क्षति पुगेको बताए । घटनाको विस्तृत विवरण आउन बाकी छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार