उत्तर कोरियाले दक्षिण कोरियासँगको शान्ति वार्ता अस्वीकार गरेको छ । दक्षिण कोरियासँग अब कुनै पनि वार्ता नहुने उत्तर कोरियाले बताएको हो । दक्षिण कोरियाको पछिल्ला गतिविधिले वार्ताको वातावरण पूर्णरुपमा नष्ट गरेको उत्तर कोरियाको आरोप छ ।

यसैबिच उत्तर कोरियाले शुक्रबार बिहानै दुईवटा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले बताएको छ । उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट समुद्र तर्फ दुईवटा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले सेनाले जनाएको छ ।

एक महिना भन्दा कम समयमा उत्तर कोरियाले गरेको यो छैटौँ मिसाइल प्रक्षेपण हो । उसले ६ दिनअघि छोटो दूरीमा मारहान्न सक्ने दुईवटा ब्यालेस्टिक मिसाइल सी अफ जापान तर्फ प्रहार गरेको थियो ।

गएको जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा दक्षिण कोरियाका राष्ट्रपति मूनसँग उत्तर कोरियाली नेता किम जोङ–उनको भेटवार्तामा परमाणु निशस्त्रिकरणको वार्ता पुनः सुचारु गर्ने सहमति बनेपछि उत्तर कोरियाले लगातार मिसाइल प्रक्षेपण गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार