माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विप्लव नेकपालाई दमन गर्नेहरु देशद्रोही र गणतन्त्रका ठूला शत्रु भएको बताएका छन् ।

रातोपाटी अनलाइनसँगको कुराकानीमा किरातीले गणतन्त्रको उपलव्धिलाई संस्थागत गरेर समाजवादी क्रान्तितिर जानुपर्ने किरातीको भनाई छ ।

किरातीको आफ्नै भनाई  :

विप्लव नेकपाविरुद्ध दमनकारीहरू, भ्रष्टाचारी र देशद्रोहीहरू, राज्यको सम्पत्ति हडप्ने तस्करहरू गणतन्त्रका शत्रु हुन् । गणतन्त्रका शत्रुहरू विरुद्ध जाइलाग्न महान जनविद्रोहको झण्डा उठाउनै पर्छ ।

लोकतान्त्रिक गणतन्त्रलाई लेनिन र माओले जसरी बुझ्ने कि केशरजङ्ग रायमाझी र मनमोहन अधिकारीले जसरी ? विशेषतः विप्लव नेकपाले आफ्नो नीति प्रष्ट गर्नुपर्छ । राजनीतिलाई अर्थतन्त्रको केन्द्रीय अभिव्यक्ति ठान्ने लेनिनका अनुयायीहरूले वैज्ञानिक समाजवादका लागि पुँजीवादी गणतन्त्रको रक्षा र क्रान्तिकारी रूपान्तरणमा जोड दिनेछन् ।

नेपालको संविधान ०७२ ले सार्वभौमसत्ता जनतामा निहित गरेको छ । यसर्थ देश बचाउने र बनाउने जिम्मेवारी नेपाली जनताको हो । भ्रष्ट सामन्ती राजा, महाराजालाई देश बचाउने ठान्ने हो भने विगत २५० वर्षमा टिष्टा–काँगडा किन फिर्ता गरिएन र नेपाली जनता किन कङ्गाल बन्नु पर्यो ? नारायणहिटी दरबारको दरिद्रता हेर्ने हो भने सामन्ती र दलाल पुँजीपति शाहवंशले देश बचाउने प्रचार हुटिट्याउँको कथा मात्र चरितार्थ हुनेछ । अतः देश बचाउन र बनाउन नेपाली जनता सक्षम छन् । यद्यपि उपलब्धिको रक्षा तथा कमजोरी सच्याउन वर्गसङ्घर्ष जारी राख्ने संविधानबारे माओवादी केन्द्रको नीति हो ।

भारतको लोकतान्त्रिक गणतन्त्र सर्वहारा गणतन्त्रमा हठात रूपान्तरित हुन नसक्नुमा भारतीय कम्युनिस्ट नेताहरू जिम्मेवार देखिन्छन् । राष्ट्रिय स्वाधीनता सङ्ग्राम चलिरहेको बेला ‘विश्व नेता स्टालिनको मित्र भाकपाको पनि मित्र’ हुने विश्लेषण गर्दै भारत खाने बेलायतका प्रधानमन्त्री चर्चिललाई मित्र घोषित गर्नुको परिणाम भारतीय कम्युनिस्ट आन्दोलनमा भयानक धक्का लाग्यो ।

स्वाधीनता सङ्ग्रामलाई गौण ठान्नु भाकपाको घोर यान्त्रिकता थियो । परन्तु भाकपा (माओवादी)ले इतिहासको शिक्षा लिएर अघि बढ्नुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार