न्यूज २४ टेलिभिजनका पत्रकार रबि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् ।

आफ्ना पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाको नाम मुछिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । लामिछानेसहित तीन जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले हिजो शुक्रबार आदेश दिएको छ ।

चर्चित अभिनेत्री करिश्मा मानन्धरले भने रवि लामिछाने पक्राउ प्रकरणमा आफ्नो सामाजिक सञ्जालमा गज्जबको पोष्ट गरेकी छिन् । उनले आफ्नो पोष्टमा लेखेकी छिन्, “राज्यको तवरबाट हुनुपर्ने कामकाज निजीतरबाट हुनु खतरानाक हुन्छ । नत्र किन चाहियो पार्लियामेन्ट, कन्स्टिच्यूसन, राज्य संयन्त्र ? यत्रो तिरो तिरिरहेका छौं । तपाईहरुले नैतिकता नगुमाएको भए यो समस्या आउने नै थिएन । अब गंगाले हात धुनेले आँट गरे । पहिल्यै भनेको थिएँ यस्तो स्वतन्त्रताले अराजकता निम्त्याउँछ । सानो देशको व्यवस्था र सम्बन्धित निकायलाई नियन्त्रणमा राख्न नसक्ने कस्तो सरकार ? अब भोग्नुस भेडाहरुको कोलाहल । सत्य तितो हुन्छ ।”

शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । लामिछानेको पक्ष र विपक्षमा अहिले जुलुश तथा प्रदर्शनी भैरहेका छन् । उनी समर्थकहरुले तत्काल रिहाईको माग गरेका छन् । रविलाई यो केशमा फसाईएको उनी समर्थकहरुको दाबी छ । चितवनमा लामिछाने समर्थक र प्रहरीबीच झडप पनि भैरहेको छ ।

तर, आज शनिबार चितवनमा अर्को रमाईलो दृश्यपनि देखियो । पुडासैनीको आत्महत्या प्रकरणमा निश्पक्ष छानबिन हुन दिनुपर्ने भन्दै स्वतन्त्र युवा समूहको जुलुश निस्किएको थियो । तीनै जनालाई आत्महत्या दुरुत्साहनको अनुसन्धान सिलसिलामा प्रहरीले पक्राउ हो ।

मुलुकी फौजदारी संहिताले आत्महत्या दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानेको छ। आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए प्रहरीले कर्तव्य ज्यान मुद्दा नै अघि बढाउँछ। आत्महत्या दुरुत्साहनमा पाँच वर्ष जेल सजाय हुने व्यवस्था छ ।

पुडासैनीले चितवनको कंगारु होटलमा साउन २० गते आत्महत्या गरेका थिए। पुडासैनीले भिडियोमा लामिछानेले आत्महत्याका लागि बाध्य पारेको बताएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार