झन्डै ६ दशकअघि हली, गोठाला, मजदुर र किसानलाई राज्यको मालिक बनाउने अठोट लिएर कम्युनिष्ट आन्दोलनमा होमिएका थिए, मोहनचन्द्र अधिकारी । उनीलगायतको अगुवाइमा भएको थियो बहुचर्चित ‘झापा बिद्रोह’ । शोषकसामन्तको टाउको काट्ने अभियानमा सहभागी अधिकारी २०२८ सालमा रौतहटको गौरबाट पक्राउ परे । त्यसपछि निरन्तर १७ वर्ष ९ महिना अमानवीय, कष्टकर जेलजीवन बिताएपछि २०४७ सालमा रिहा भए । यी र यस्ता अनेकौँ क्रान्तिकारी योद्धाको सौर्यबाट मुलुकमा ठूलठूला राजनीतिक परिवर्तन सम्भव भए । मुलुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा अहिले दुईतिहाइ बहुमतको सरकार बन्यो । तर, संघर्ष र बलिदानको इतिहास बोकेका यी क्रान्तिकारी योद्धा गुमनाम बन्दै गए । शारीरिक रूपमा केही सिथिल देखिए पनि कुराकानीमा सिथिलता पटक्कै देखिएन । यो उमेरमा पनि युवा जोश, क्रान्तिकारीपन भरिभराउ देखिन्छ । कतिपय समकक्षी र अनुज सरकारको माथिल्लो तहमा पुगिसकेका छन् । तर, उनलाई कसैले वास्ता गरेको छैन । त्यसमा पनि उनलाई कुनै गुनासो छैन । चिन्ता एउटै कुराको छ, कम्युनिष्ट पार्टी ‘पेटी बुर्जुवा’हरूको हातमा पुग्यो । हली गोठाला, मजदुर र किसानको राज्य अझै आएन । तर, अठोट छ, संशोधनवादीहरूले झुक्याएर एक हजार वर्ष शासन गरे पनि एक दिन समाजवाद अवश्य आउँछ, साम्यवाद अवश्य आउँछ । यही आशामा स्वाभिमानपूर्वक बाँचेका छन् अधिकारी । प्रस्तुत छ, नेपालका नेल्सन मण्डेला अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

केपी शर्मा ओलीसँग राजनीतिक मैदानमा मात्र होइन, गोलघरमा पनि सँगै हुनुभयो । उनी अहिले प्रधानमन्त्री छन् । प्रचण्ड, तपाईंहरूले हिँडेको सशस्त्र संघर्षको बाटो हिँडे । शान्तिप्रक्रियामा आए । दुईपटक प्रधामन्त्री बने । माधवकुमार नेपाल, झलनाथ खनाल पनि प्रधानमन्त्री भए । तपाईंलाई भेट्न, हालखबर सोध्न कत्तिको आउँछन् यी नेताहरु ?

कोही पनि आउँदैनन् । उहाँहरूलाई म बाँचेको छु कि छैन भन्ने पनि थाहा छैन । कसैले सोधपुछ गरेका छैनन । तपाईंले नाम लिएका खड्ग ओली, माधव नेपाल र झलनाथ मेरा पुराना कमरेड हुन् । केपी ओली दुईपटक प्रधानमन्त्री भइसके । तर, म बाँचेको छु कि छैन भनेर सोधपुछ गरेका छैनन् । माधव कामरेडसँग भरतमोहनजी (भरतमोहन अधिकारी)को देहावसानको क्रममा श्रद्धाञ्जली दिन गएका थियौँ । त्यतिबेला भेट भएको थियो । श्रीमतीजीसँग नम्बर लिनुभयो । तर, माधव कमरेडले अहिलेसम्म सम्पर्क गर्नुभएको छैन ।

कम्युनिष्ट आन्दोलनमा यत्रो योगदान गरेको व्यक्तिबारे कमरेडहरुले नै सोधपुछसम्म नगर्दा चित्त दुख्दैन ?

दुख्दैन । मलाई थाहा छ, उहाँहरू जुन दृष्टिकोण लिएर हिँड्नुभएको थियो, त्यो दृष्टिकोण अहिले छैन । उहाँहरू कम्युनिष्ट पार्टीको ढाँचामै हुनुहुन्न । पेटी बर्जुवाहरूले कम्युनिष्ट पार्टी कब्जा गरेका छन् । पार्टी कब्जा गरेर खड्गप्रसाद ओली सरकार चलाइराख्नुभएको छ । प्रचण्ड आधा कहिले पुग्छ भनेर कुरेर बस्नुभएको छ । माधवकुमार नेपाल, झलनाथ पनि आआफ्ना काममा व्यस्त हुनुहोला । उहाँहरू कम्युनिष्ट रहनुभएन भन्नेमा म टुंगोमा म पुगिसकेको छु । त्यसैले उहाँहरूले वास्ता गर्नुभएन भन्ने कुराले दुःख पनि लाग्दैन, आश्चर्य पनि लाग्दैन ।

तपाईंले यी नेताहरु कम्युनिष्ट रहेनन् भन्नुभयो । तर, जनताले यिनीहरूकै नेतृत्वको पार्टीलाई दुईतिहाइ मत दिए । जनता झुक्किए त ?

भोटको आधारमा सरकार बनाउने भन्ने नै बुर्जुवा कुरा हो । हामी भोटमा विश्वास गर्दैनौँ । तर, भोटलाई कहिले काहीँ प्रयोग गरेका हुन्छौँ । कहिले कहिले शान्तिपूर्ण तरिकाले पनि जान सकिन्छ कि भनेर भोटलाई प्रयोग गर्ने गरिएको हो । तर, यहाँ त यही भोटको आधारमा बन्ने सरकार, यो प्रणाली नै श्रेष्ठ भनिसकेका छन् । ओली नेतृत्वको यो सरकारलाई कम्युनिष्ट सरकार मान्ने हो भने त समाजवाद आइसक्यो । किनभने उनीहरूले नै नौलो जनवादी क्रान्ति पूरा भयो भनिसकेका छन् । तर, मलाई लाग्छ, समाजवाद भनेको के हो भन्ने नै हाम्रा साथीले बिर्सनुभयो । समाजवाद त नेपाली कांग्रेसले पनि भन्छ । २००७ सालपछि नेपाली कांग्रेसले जुन लाइन लिएर पेटी बुर्जुवाहरूको ‘सेन्टिमेन्ट’ बोकेर हिँड्यो, त्यसलाई अहिलेको नेकपा नेतृत्वले निरन्तर फलो ग¥यो । त्यही बाटो हिँडेर छिटो सत्तामा जाने हिसावले साथीहरू कम्युनिष्ट आन्दोलनमा आएका रहेछन् । त्यसैले अहिले उनीहरू सत्तामा पनि छन् । यतिबेला जनता झुक्किएकै हुन् ।

भनेपछि नेकपा र कांग्रेस एउटै पार्टीजस्ता हुन् भन्न खोज्नुभएको हो ?

जुन कांग्रेसी दृष्टिकोण हो नि त्यो दृष्टिकोण अहिले नेकपाले लिएको छ । यी दुईवटै पार्टी एउटै खालका हुन् । जनताले कांग्रेस देखेको २००७ सालदेखि हो । पचास वर्षभन्दा बढी भयो । नेकपा देखेको २०४७ सालपछि हो । २०५२ पछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा माओवादी भन्ने कम्युनिष्ट पार्टी थियो । त्यही दुईवटा पार्टी मिलेर नेकपा बनेकाले जनताले यो नयाँ कांग्रेसलाई भोट हालेर बहुमत दिएका हुन् ।

त्यसबेला प्रतिनिधिसभामा म, हिरण्यलाल श्रेष्ठ, नारायणमान बिजुक्षे, परि थापा, नवराज सुवेदीलगायत ८ सांसदले मात्रै विपक्षमा भोट हालेका थियौँ । महाकाली बेचिँदा राति दुई बजेट भोटिङ भएको थियो । जसले महाकाली बेच्यो त्यही खड्गप्रसाद ओली अहिले ठूला राष्ट्रवादी भएका छन् ।

उहाँहरू कम्युनिष्ट रहनुभएन भन्ने आधार के हो ?

यो वर्गको रुझानको कुरा हो । को क्रान्तिकारी, को अवसरवादी भनेर छुट्याउने भनेको उसले कुन वर्गको प्रतिनिधित्व गरेको छ भन्ने कुराले निर्धारण गर्ने हो । अहिले साम्राज्यवादी र विस्तारवादीका दलालले राज्यसत्ता चलाएका छन् । हिजो ओली भारतको नाकाबन्दीको विरोध गरेर हिरो हुनुभएको थियो । तर, उहाँ अहिले के गर्दै हुनुहुन्छ ? भारतले सीमामा बनाएका बाँधले अहिले नेपालको तराई डुबेको छ । तर, उहाँले किन केही गर्न सक्नुभएन ? कोशी बाँधको खै फाइदा खोजेको ? गण्डकको खै कुरा उठाएको ? महाकाली बुझाउनेहरूमध्ये केपी पनि एक हुन् । त्यसबेला उनी अहिलेजस्तो ठूलो नेता बनिसकेका थिएनन् । तर, माधव नेपालको आड पाएर उनी पनि शेरबहादुर देउवासँग मिल्न गए र महाकाली भारतलाई बेचे । त्यसबेला प्रतिनिधिसभामा म, हिरण्यलाल श्रेष्ठ, नारायणमान बिजुक्षे, परि थापा, नवराज सुवेदीलगायत ८ सांसदले मात्रै विपक्षमा भोट हालेका थियौँ । महाकाली बेचिँदा राति दुई बजेट भोटिङ भएको थियो । जसले महाकाली बेच्यो त्यही खड्गप्रसाद ओली अहिले ठूला राष्ट्रवादी भएका छन् ।

उहाँहरूकै नेतृत्वमा बनेको संविधानमा समाजवाद उन्मुख भनेर लेखिएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा दुईतिहाइ नेतृत्वको सरकार छ । यस्तो अवस्थामा पनि समाजवादमा पुग्न सकिँदैन ?

सकिँदैन । तपाईंले समाजवादमा पुग्ने उद्देश्य नै लिनुभएको छैन भने कसरी त्यहाँ पुग्नुहुन्छ ? वर्ग संघर्ष छाडेर वर्गसमन्वयमा गएकाहरू समाजवादसम्म पुग्न सक्दैनन् । नाममा मात्रै माक्र्सवादी लेनिनवादी भनेर लेखिएको पार्टीले काम गर्दैन । सदनमा दुईतिहाइ ल्याए पनि नल्याए पनि । मूल कुरा त, त्यो पार्टी कुन वर्गको हितमा छ भन्ने कुराले नै कम्युनिष्ट हो कि होइन भन्ने निर्धारण गर्दछ । अहिलेको सरकार भनेको सामान्तीहरूको अवशेष बोकेको बुर्जुवाहरूको सरकार हो । एउटा बुर्जुवा नेता खड्गप्रसाद ओली कम्युनिष्ट पार्टीको नाममा जनतालाई छक्याएर अहिले प्रधानमन्त्री हुनुभएको छ । यो सरकारले मजदुरका पक्षमा, किसानका पक्षमा, सर्वहाराका पक्षमा के काम गरेको छ ? अहिले सर्वहाराको मुहारमा खुसी आएको छ ? छैन । त्यसैले यो सरकारको नेतृत्वमा समाजवादमा पुग्न सकिँदैन ।

सरकारले मजदुर किसानको सामाजिक सुरक्षाका लागि भनेर धमाधम कार्यक्रमहरू ल्याएको छ । मजदुर किसानको हित गर्दैछौँ भन्दैछ नि ?

कम्युनिष्ट भनिने पार्टीले दलालपुँजीपतिहरूसँग मिलेर मजदुर आन्दोलन उठ्न नदिन चैँ कयौँ कार्य गरेको छ । कम्युनिष्ट पार्टीको आधार मजदुर हुन् । तर, मजदुरका क्षेत्रमा हेर्नुस् त, के भएको छ ? औद्योगिक वातावरण बनाउने भन्ने नाममा सरकारले मजदुरहरूले आन्दोलन गर्न पाउने सम्पूर्ण अधिकार अन्त्य गरिदिएको छ । आफ्ना हकहितको कुरा उठाएर अब मजदुरहरूले कुनै उद्योग बन्द गर्न पाउने छैनन्, संघर्ष गर्न पाउने छैनन् । जसरी, पञ्चायतले कागजमा अधिकार दिएजस्तो गरेको थियो । त्यसैगरी अहिले मजदुरलाई झुक्याइएको छ । हुनतः आश्चर्य मान्नु किन पनि हुँदैन भने यिनीहरू रायमाझी (डा. केशरजंग रायमाझी)कै चेला हुन् । यिनीहरूले वर्गीय कुरा गर्न छाडिसकेका छन् । यिनीहरू आफैँ वर्गसमन्वयवादी बनिसके । यिनले भन्ने गरेको बहुदलीय जनवाद वर्गसंघर्ष छाडेर वर्गसमन्वयमा जाने भन्ने कुरा हो । पेटी बुर्जुवाको लाइन नै बहुदलीय जनवाद हो ।

बहुदलीय जनवादलाई पनि छाडेर अहिले त जनताको जनवाद भन्न थाले त नेताहरूले ?

प्रचण्ड कमरेड २१औँ सताब्दीको जनवाद भनेर आउनुभयो । त्यसैले उहाँलाई खुसी पार्न जनताको जनवाद भनेका हुन् । तर, बुझ्नुपर्ने कुरा, खड्गप्रसाद ओलीहरूले भन्ने बहुदलीय जनवाद र प्रचण्डले भन्ने २१औँ सताब्दीको जनवादमा कुनै भिन्नता छैन । कुनै मोटो होला । कुनै छोटो होला । कुनै ‘स’ पातलो होला । त्यस्तै खालको रूप मात्र हो । २१औँ शताब्दीको जनवाद बहुदलीय जनवादकै अर्को रूप हो । त्यसमा कुनै भेद छैन । कुनै भेद छ भनेर त अब प्रचण्ड नै पनि भन्न चाहनुहुन्न । उहाँहरू बहुदलीय जनवादमै गइसक्नुभएको छ । अहिले प्रचण्ड कमरेडले उठाएको सवाल त्यही हो । त्यसैका आधारमा आधाआधा गरेर सरकारको नेतृत्व मैले पाउनुप¥यो भन्नुभएको हो । उहाँलाई अब पार्टी अध्यक्ष पनि चाहियो, प्रधानमन्त्री पनि चाहियो । तर, प्रचण्डजीलाई दिने बित्तिकै सुध्रेर जाने पनि म देख्दिनँ । दुईतिहाइ बहुमतको सरकार ढालेर अर्को सरकार ल्याउनु भनेको त हामी पश्चिमा, विरोधीहरूका सामु झुक्नुजस्तै हो । बरु, खड्ग ओलीले अब बेइमानी नगरे बेश हुन्छ । बेइमानी गरे दुर्घटना हुन्छ । यसरी सत्ता माग्ने, पार्टी नेतृत्व माग्ने, नदिए हडप्ने सबै पेटी बुर्जुवाहरूको चरित्र हो । कम्युनिष्ट पार्टीमा यस्तो हुन सक्दैन ।

तपाईंले समाजवादमा पुग्ने उद्देश्य नै लिनुभएको छैन भने कसरी त्यहाँ पुग्नुहुन्छ ? वर्ग संघर्ष छाडेर वर्गसमन्वयमा गएकाहरू समाजवादसम्म पुग्न सक्दैनन् । नाममा मात्रै माक्र्सवादी लेनिनवादी भनेर लेखिएको पार्टीले काम गर्दैन ।

यिनले भन्ने गरेको बहुदलीय जनवाद वर्गसंघर्ष छाडेर वर्गसमन्वयमा जाने भन्ने कुरा हो । पेटी बुर्जुवाको लाइन नै बहुदलीय जनवाद हो ।

उहाँलाई अब पार्टी अध्यक्ष पनि चाहियो, प्रधानमन्त्री पनि चाहियो । तर, प्रचण्डजीलाई दिने बित्तिकै सुध्रेर जाने पनि म देख्दिनँ ।

भनेपछि यो मुलुकले अहिले पनि कम्युनिष्ट सरकार पाएको छैन ?

छैन । अहिलेसम्मका प्रधानमन्त्री अभिजातवर्गकै सन्तान हुन् । सर्वहारा वर्गीय चिन्तनलाई व्यवहारमा उतार्ने खालका चिन्तन भएका प्रधानमन्त्री यो मुलुकले पाएको छैन । सर्वहाराको नेतृत्वमा यो देशबाट राजतन्त्र ढल्यो भनेर प्रचण्डजी भन्न चाहनुहुन्छ । तर, वास्तवमा राजतन्त्रको बदलामा उहाँ पनि राजा बन्न खोज्नुभयो । पैसामा ज्ञानेन्द्र र प्रचण्डमा कोसँग बढी छ म भन्न सक्दिनँ । तर, तानाशाही बन्न त उहाँले पनि उछिन्न खोज्नुभएकै हो । चट्टुकारीहरूको सहयोगले केपी ओली पनि नेतृत्वमा पुगे र शासन गर्न थाले । यी दुवै बराबरीका मान्छे हुन् । दुवैजना पेटी बुर्जुवा हुन् । खड्ग ओलीको पुस्ता सामन्तको पुस्ता हो । प्रचण्डको पुस्ता पढेलेखेका पेटी बुर्जुवाको पुस्ता हो ।

नीतिले पार्टी चलाउनुपर्नेमा नेताले चलाउन थालेकाले यस्तो भएको हो कि ?

नीतिमा आधारित भएर चलाउन त उनीहरूमा वर्गीय चिन्तन चाहियो नि । न उनीहरू त्यो वर्गका हुन्, जसले सेवा कम्युनिष्ट पार्टीले गर्नुपर्छ । न उनीहरूमा त्यो वर्गाीय चरित्र छ । प्रधानमन्त्रीको स्वास्थ्यउपचार राज्यले गर्नुपर्छ भन्ने म यो मान्दछु । तर, उनी प्रधानमन्त्री हुन लायक व्यक्ति नै होइनन् । अनेक धुत्र्याइँ गरेर पार्टीका अध्यक्ष र प्रधानमन्त्री बन्न सफल सफल नभएको भए यति पैसा खर्च गरेर उनी उपचार गराउन सक्थे ? उनको ल्याकत कति हो भन्ने त मलाई राम्रोसँग थाहा छ नि । अहिले बढ्यो होला । दुराचार गरेर, भ्रष्टाचार गरेर आर्थिक लाभ लिन लागेका मान्छेले समाजवाद ल्याउँछ ? यो भ्रममा नपरौँ साथीहरू हो । पेटी बुर्जुवाहरू हावी हुँदा अहिले त्यस्तो सम्भावना छैन । यी ख्रुश्चेभ (निकिटा सर्जियभिक ख्रुश्चेभ)का चेला हुन् । उसले त्यसै गरेको थियो । ब्रिजनेभ (लियोनिद ब्रिजनेभ)ले त्यसै ग¥यो । पुटिनले पनि यस्तै दाउपेच गरेर शासन गरिरहेको छ । गोर्भाचोभले देशै छिन्नभिन्न गराइदियो । त्यस्ताका सन्तानबाट पार्टी नीतिले चल्ने आशा कसरी गर्नु ? चल्दैन ।

भ्रष्टाचारीलाई ठाउँको ठाउँमै कारबाही गर्छु भन्ने प्रधानमन्त्रीको भनाइ छ नि ?

भ्रष्टाचारीलाई कारबाही त्यसले गर्न सक्छ, जो आफूँ चोखो छ । आफ्नै भ्रष्टाचारमा डुबेकाहरूले कुन भ्रष्टाचारीलाई कारबाही गर्ने ? म सोध्न चाहन्छु, अहिले यो देशमा को भ्रष्टाचारी छैन ? कुन नेता भ्रष्टाचारी छैन ? कुन कर्मचारी भ्रष्टाचारी छैन ? नेपाली जनताले अब सोध्ने दिन आएको छ । हरेक छोराछोरीले आफ्ना बाबु–आमालाई सोध्नुप¥यो, तिमीले भ्रष्टाचार गरेका छौँ कि छैनौ भनेर ? कि मैलेजस्तो भन्नुप¥यो आफ्नो बाबुलाई । २००८ सालमा म १३, १४ वर्षको थिएँ । २००७ सालको आन्दोलनपछि नेपाली कांग्रेसको सरकारले मेरा बुवालाई कष्टम अफिसर बनाएको थियो । मैले बुवालाई भनेँ, ‘म कांग्रेस बन्दिनँ, म लाइट कार चढ्दिन्, त्यसैले तपाईंले घुस नखानुहोला ।’ त्यसपछि उहाँले के गर्नुभयो मलाई थाहा भएन । किनभने म सबै कुरा छाडेर कम्युनिष्ट आन्दोलनमा लागेँ ।

कम्युनिष्ट पार्टीमा दुई लाइनको संघर्ष हुन्छ । फरक फरक वैचारिक बहस चलिरहन्छ र एउटा विचार संश्लेषण हुन्छ । २०४७ पछि नेकपामा त्यसैगरी फरक फरक बैचारिक बहस भएका थिए । पछि जबज पास भयो । अहिले त त्यसरी वैचारिक संघर्ष नै हुन छाडेको हो ?

उहाँहरूको बीचमा अहिले दुई लाइन त छ । त्यो भनेको प्रचण्डलाई प्रधानमन्त्री बनाउने पनि एउटा लाइन भो, केपी ओलीलाई राखिराख्न पनि अर्को लाइन भो । लाइन त दुईवटै देखियो । के यसलाई दुईलाइन संघर्ष भन्ने ? खास कुरा त उहाँहरूले वर्गीय दृष्टिकोण नै छोड्नुभएको छ । वर्गीय दृष्टिकोणका आधारमा मतमतान्तर हुन्छ । जब कि उहाँहरूको वर्गीय दृष्टिकोण नै छैन । उहाँहरू बुर्जुवा सरकार चलाएर बस्नुभएको छ । प्रचण्ड कमरेडका पालामा पनि कुनै कम्युनिष्ट सरकार थिएन, अहिले खड्ग ओलीको सरकार पनि होइन । खास गरेर वर्गीय दृष्टिकोणको चेतना भएको सचेत कम्युनिष्ट पार्टी नै अहिले छैन । कम्युनिष्ट नाम राखेर मात्र हुँदैन । भोट भनेको त पैसा र बुलफाइटको कुरा त हो । मैले नै २०४८ सालको निर्वाचनमा गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला)भनेको थिएँ, गिरिजाबाबु निर्वाचनमा कमसेकम बिहारका लठैत नभित्र्याउनुहोला । म पनि भित्र्याउँदिन भनेर । निर्वाचनमा पराजित भए पनि बर्जुवा निर्वाचनमा कसरी लडिन्छ भन्ने काइदा त मैले पनि बुझेको छु । तर, अहिले मनी, मसल्सकै बलमा निर्वाचन जितिन्छ । त्यसैले नेताहरूका चिन्तन र व्यवहार हेर्दा यो देशै रहन्छ कि रहँदैन भन्ने चिन्ता लाग्ने गरेको छ । किनभने भारतको सक्रियता पनि त्यस्तै छ, हाम्रा नेता पनि त्यस्तै छन् ।

यो सब फेर्न भनेर दश वर्षको जनयुद्ध भयो । त्यसका नेता अहिले सरकारमा छन् । सरकारको पार्टीको नेतृत्व गर्दैछन् । तिनले पनि जनयुद्धलाई सत्तामा पु¥याउने भ¥याङ मात्र बनाएका हुन् त ?

जनयुद्ध सुरु हुनुअघि नै मैले प्रचण्ड कमरेडलाई धेरैपटक हतारो नगर्नुस् भनेको थिएँ । अहिले शान्तिपूर्ण रूपमै संघर्ष गर्न सम्भव छ । शान्तिपूर्ण रूपमा संघर्ष गर्न दिइएन भने पछि लड्नुपर्ने अवस्था आउन सक्छ । त्यसबेला म आफैँ पनि तयार भएर लागौँला । तर, उहाँहरूले मान्नुभएन ।

र, युद्ध घोषणा गर्नुभयो । भन्न त उहाँहरूले जनयुद्ध भन्नुभयो । तर, प्रचण्ड र बाबुराम भारतको दिल्लीमा बसेर ‘रअ’को इसारामा राजनीतिक गर्नुभयो । त्यसकारण त्यत्रो ठूलो आन्दोलन तुहियो । प्रचण्डजीलाई जनयुद्ध लडेर आफ्नो राज्यव्यवस्था बनाउन सकिन्छ भनेर लागेकै थिएन । किनभने उहाँहरू नामको पछि मात्र हुनुहुन्छ, पैसाको पछाडि मात्रै हुनुहुन्छ भनेर अझै स्पष्ट भएको छैन र नेपाली जनतालाई ? त्यसकारणले यो पेटी बुर्जुवाहरू एक ठाउँमा मिलेका हुन् । उहाँहरूमा कुनै वर्गीय दृष्टिकोण छैन भन्ने बुझिन्छ ।

सर्वहाराको नेतृत्वमा यो देशबाट राजतन्त्र ढल्यो भनेर प्रचण्डजी भन्न चाहनुहुन्छ । तर, वास्तवमा राजतन्त्रको बदलामा उहाँ पनि राजा बन्न खोज्नुभयो । पैसामा ज्ञानेन्द्र र प्रचण्डमा कोसँग बढी छ म भन्न सक्दिनँ । तर, तानाशाही बन्न त उहाँले पनि उछिन्न खोज्नुभएकै हो ।

प्रधानमन्त्रीको स्वास्थ्यउपचार राज्यले गर्नुपर्छ भन्ने म यो मान्दछु । तर, उनी प्रधानमन्त्री हुन लायक व्यक्ति नै होइनन् । अनेक धुत्र्याइँ गरेर पार्टीका अध्यक्ष र प्रधानमन्त्री बन्न सफल सफल नभएको भए यति पैसा खर्च गरेर उनी उपचार गराउन सक्थे ? उनको ल्याकत कति हो भन्ने त मलाई राम्रोसँग थाहा छ नि । अहिले बढ्यो होला ।

आफ्नै भ्रष्टाचारमा डुबेकाहरूले कुन भ्रष्टाचारीलाई कारबाही गर्ने ? म सोध्न चाहन्छु, अहिले यो देशमा को भ्रष्टाचारी छैन ? कुन नेता भ्रष्टाचारी छैन ? कुन कर्मचारी भ्रष्टाचारी छैन ? नेपाली जनताले अब सोध्ने दिन आएको छ ।

भन्न त उहाँहरूले जनयुद्ध भन्नुभयो । तर, प्रचण्ड र बाबुराम भारतको दिल्लीमा बसेर ‘रअ’को इसारामा राजनीतिक गर्नुभयो । त्यसकारण त्यत्रो ठूलो आन्दोलन तुहियो । प्रचण्डजीलाई जनयुद्ध लडेर आफ्नो राज्यव्यवस्था बनाउन सकिन्छ भनेर लागेकै थिएन ।

सधैँ लडिरहन पनि सम्भव थिएन होला नि त ?

सर्वहारावर्गले आफ्नो राज्यसत्ता नआएसम्म लडिरहने, युद्ध गर्ने भन्ने कुरा नै उहाँहरूले उठाउनुभयो । सेना बनाउनुभयो । लड्नुभयो । तर, जनताको त्यो सेना सामन्तहरूलाई बुझाउनुभयो । हतियार बुझाउनुभयो । कयौँ लडाकु युद्धकै क्रममा सहादत भए । बाँकी रहेकालाई उहाँहरूले बुझाइदिनुभयो । यहीँबाट उहाँहरूको चिन्तन स्पष्ट हुन्छ । अहिले उहाँलाई हेगमा पु¥याउलान् कि भन्ने डर छ । त्यसकारण सञ्चारमाध्यममा के–के भनिराख्नु हुन्छ । यो सबले वर्गीय दृष्टिकोण उहाँहरूको चिन्तत र व्यवहारमा थिएन भन्ने नै देखाउँछ ।

सशस्त्र संघर्ष गर्नुभयो । गोलघरमा कठोर यातना सहेर १७ वर्ष ९ महिना जेलजीवन भोग्नुभयो । केही काल शान्तिपूर्ण राजनीतिमा पनि रहनुभयो । कुन समय गर्विलो लाग्छ ?

म सेवक बन्न हिँडेको मान्छे । कहिल्यै नेतागिरी छाट्ने कुरा गरिनँ । झापा आन्दोलनका दौरान पनि गरिनँ । पछि पनि गरिनँ । सेवा गर्ने भावनाले उत्प्रेरित भएर म कम्युनिष्ट आन्दोलनमा लागेको हुँ । कसैबाट शिक्षादिक्षा लिएर म कम्युनिष्ट भएको पनि होइन । आफैँले पढेर, बुझेर कम्युनिष्ट पार्टीमा लागेको हुँ । त्यसैले कम्युनिष्ट बन्दा, कम्युनिष्टजस्तो जीवन बिताउन मै गर्व लाग्छ ।

मेरो विचारमा अब चुप लागेर बसेर हुँदैन । सर्वहारावर्गको हितमा लाग्ने साथीहरूले कम्मर कस्नुपर्छ र लाग्नुपर्छ । अहिले कम्युनिष्ट पार्टीले दुईतिहाइ मत प्राप्त गरेको हो भन्ने भ्रम फैलाइएको हो । यो भ्रम चिर्नलाई खास गरेर मजदुर, किसान र सर्वहारा वर्गले नै आफ्नो पार्टी खोलेर यो भ्रम चिर्नुपर्छ । नभए यो भ्रम चिरिँदैन । एउटा पेटी बुर्जुवाले अर्को पेटी बुर्जुवाले विरोध गरेको जस्तो मात्रै हुन्छ । अब मेरो उमेरले दिएन । स्वास्थ्यले दिएन । म आफू विरामी छु । मुटुको अप्रेसन गरेको मान्छे । अब हिजोको जस्तो सकृय हुन सक्दिनँ । खाली यहाँ आएर सोध्नेहरूलाई भने आइडिया दिने गरेको छु । सर्वहारा वर्गले आफैँ सचेत भएर आफ्नो पार्टी खोल्नुपर्छ । भूमिहीन किसानसम्मलाई नेतृत्व दिएर हिँड्नुपर्छ । त्यसरी मात्रै आफ्नो राज्यव्यवस्था आउँछ ।

सर्वहाराका राज्यसत्ता सम्भव छ र ?

अवश्य सम्भव छ । सामन्तहरूको अवशेष भएका हुनाले संशोधनवादीले केही काल रजाइँ गर्न सक्छन् । तर, सधैँ त्यो स्थिति रहँदैन । मनुष्यहरूले वैज्ञानिक साम्यवादसम्मको यात्रामा भने विश्वास राखिराख्नुपर्छ । हिँडिरहनुपर्छ । हजार वर्षसम्म संशोधनवादले शासन गरे पनि अन्तिममा हाम्रै जित हुन्छ । सर्वहाराकै जित हुन्छ । कम्युनिष्ट पार्टीको खोल ओढेर, सर्वहारावर्गलाई धोका दिएर संशोधनवादमा भासिन पुगेकाहरूको शासन अन्त्य हुन्छ, साम्यवाद अवश्य आउँछ । अहिले हेर्दा विश्वमा शान्तिपूर्ण तरिकाले नै कम्युनिज्मको संक्रमण जोड्ने भन्ने सवाल उठिरहेको छ । चीन त्यसको अगुवाई लिइरहेको छ । कुन देशमा कसरी जान्छ भन्ने कुरा त्यस देशको परिस्थिति र विश्वका अन्य हाम्रा शत्रुहरूको अवस्थाले पनि निर्धारण गर्ने कुरा हो । एकैपटक नआउन पनि सक्छ । तर, साम्यवाद आउँछ भन्नेमा म ढुक्क छु ।

आफ्नो जीवनको धेरै ऊर्जाशील समय अनेक हण्डर ठक्कर खाएर बिताएको संघर्षशील व्यक्ति आजको समयले चैँ कत्तिको विरक्ती जगाउँछ ?

म बुझेरै कम्युनिष्ट राजनीतिमा लागेको हुँ । मैले कुनै लोभलालच पालिनँ । रुसमा ख्रुश्चेभले रुसमा ह्यामर चलाएर जब स्टालिनको हत्या गरे र संशोधनवाद ल्याए, त्यसबेला नै मैले लेखेको थिएँ, संशोधनवादीले यस्तो काम गर्छन्’ । लियोसाउ चिले चीनमा पनि त संशोधनवाद ल्याएको थियो । अहिले चीनको रफ्तार अर्कै किसिमले गए पनि त्यो दिन पनि चीनले भोगेको थियो । हाम्रो एउटा छिमेकी राष्ट्रमा कम्युनिष्ट पार्टीकै शासन व्यवस्था छ । हामी कहाँ डा. केशरजंग रायमाझीले पहिलोपटक संशोधनवादी रसियन लाइन लिएका थिए । उनले २०१७ सालको ‘कू’लाई समर्थन गरे । त्यसपछि पुष्पलाल, तुल्सीलाल, हामीजस्ता युवा मिलेर थर्ड पार्टी कांग्रेस आयोजना ग¥यौँ ।

त्यो संशोधनवादी धारको करेक्शन किन भएन जस्तो लाग्छ यहाँलाई ?

यही विषयलाई लिएर झापाको संघर्षमा दुई लाइनको संघर्ष देखापरेको थियो । पार्टी कुन वर्गको साथीहरूलाई लिएर खडा गर्ने भन्ने कुरा । मैले राजधानी आएर मलाई भेट्दा रामनाथ (रामनाथ दाहाल)लाई भनेको थिएँ, मजदुर किसानहरूको अगुवाइमा गरिब किसान समूहलाई राखेर जाने, ऊ लडाकु छ भने उसैलाई राखेर लिएर जाने भन्ने मेरो प्रस्ताव थियो । पेटी बुर्जुवाहरूले त सेवा गर्न हिँड्नुप¥यो नि मजदुर किसानको । खेतीहर मजदुर र किसानको सेवा गर्नुप¥यो । सर्वहारा वर्गको सेवा गर्नुप¥यो । आखिर सर्वहारावर्गको चिन्तन बोकेर हिँड्ने भनेको त उनीहरूलाई अघि लगाउने, उनीहरूलाई मुक्त गर्ने भन्ने पो हो । तर, व्यवहारमा त्यसैबेलादेखि स्खलन देखिएको थियो । झापामा सिपी मैनालीले आफू नेता हुन पाइन्छ कि पाइँदैन भनेर लागेको देखिन्थ्यो । चारु मजुमदारकी जय भनेर उहाँले झगडा लगाइदिनुभयो । त्यसैले पार्टी निर्माणको प्रक्रियामै सही ढंगले काम भएन । मेरो विचारमा सर्वहारा वर्ग, हली गोठाला र लडाकु गरिब किसान समूहलाई राखेर पार्टी गठन गर्नुपर्छ भन्ने थियो । पुरानो पार्टीमा पनि त तीन वर्षसम्म जाँचबुझ गरेर मात्र पार्टीको सदस्यता दिइन्थ्यो । तर, पेटी बुर्जुवाका लागि त्यो स्वीकार्य भएन ।

जुन उद्देश्यले यहाँ कम्युनिष्ट आन्दोलनमा लाग्नुभयो, त्यो रूपको कम्युनिष्ट पार्टी देखिएन ?

अहिले कम्युनिष्ट पार्टीको नाममा एउटा पार्टीले सरकार सञ्चालन गरिरहेको छ । तर, त्यो पार्टी कम्युनिष्ट पार्टी होइन । मुख्यकुरा, हली गोठाला, मजदुर किसानका कुरा नगर्ने, तिनको हित नचिताउने व्यक्ति कम्युनिष्ट हुँदैन । चीनको सांस्कृतिक क्रान्तिपछि हेर्नुहुन्छ भने पेटी बुर्जुवाले सर्वहारा वर्गको सेवा गर्ने हिसावले पार्टीमा जोडिने हो । उसलाई जाँच गरेपछि मात्र सदस्यता दिइन्थ्यो । सर्वहारा वर्गको सेवा गर्न भन्ने तर, आफू नेता भएर हिँड्ने हो भने कम्युनिष्ट हुन सकिँदैन ।

दृष्टि साप्ताहिकले लिएको अन्तर्वार्ता ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार