अबको ३० वर्षमा सँसारका सबैजसो मानिसहरुसँग इन्टरनेटमा सहज पहुँच हुनेछ । स्वचालित कारलगायतका सवारी साधन हुनेछ ।

प्रतिघन्टा तीन हजार किलोमिटरको गतिमा गुड्न सक्ने हवाइजहाज हुनेछ । यात्रा यति छिटो हुनेछ कि अहिलेभन्दा यात्राको समय तीन गुणाले घट्नेछ ।

सँसारको जनसंख्या १० अर्ब पुग्नेछ । सात अर्बबाट १० अर्ब पुग्दा पानी र खाद्यान्नको संकट आउनेछ । सबैभन्दा पानीको संकट मध्यपूर्व, उत्तर अफ्रिका र दक्षिण एशियामा पर्नेछ । इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युटका अनुसार दुई अर्ब मानिसहरुले अत्याधिक पानीको अभावमा जिउनुपर्नेछ । एमआइटी अध्ययनकर्ताका अनुसार पाँच अर्ब मानिसहरु बसेको स्थानमा पानी अभाव हुनेछ ।

खाद्यान्न अभावले एक करोडभन्दा बढी मानिसहरु भोकै पर्नेछन् । समुन्द्रमा धेरै प्रजातिका माछा लोप हुनेछन् । यसले तीन अर्ब मानिसहरुको खानामा असर पर्नेछ । जनसंख्या तीन अर्ब बढ्दा गहुँ, मकैं, जौं र धान जस्ता बालीको उत्पादन १० प्रतिशतले घट्नेछ । जबकि अहिले ती उत्पादनको मागभन्दा सन् २०५० मा १४ प्रतिशतले माग बढ्नेछ । खाद्यान्नको मूल्य दोब्बर भइसक्नेछ ।

जङ्गल फडानी, जथाभावी वस्ती जस्ता समस्याले कृषियोग्य जमिन नाश हुँदै जानेछ । इन्टरनेशनल जर्नल अफ क्लाइमेटोलोजिका अनुसार सँसारका आधा वर्षात् जङ्गलहरु फडानी हुनेछन् । ऊर्जाको संकट पर्नेछ । अहिलेभन्दा दोब्बर ऊर्जाको माग हुनेछ । जसका कारण तेलको मूल्य दोब्बर हुनेछ ।

एन्डिबाइओटिकको प्रयोग अत्याधिक हुनेछ । मानिस र विरुवा दुवैमा एन्डिबाइओटिकको अत्याधिक प्रयोगले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ । डंगु, मलेरिया, इन्सेफेलाइटिस, काला ज्वर, हैजा जस्ता रोग डरलाग्दो भइ फैलनेछ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन् २०५० मा पागलपलन अहिलेभन्दा तीन गुणा बढ्नेछ ।

अहिले विश्वको आधा जनसंख्या शहरमा बस्न थालेका छन् । सन् २०५० मा दुई तिहाई जनसंख्या शहरमा बस्न थाल्नेछन् । शहरले चार भागको तीन भाग ऊर्जा खपत गर्नेछ भने त्यतिनै कार्बनजन्य पद्धार्थ उत्पादन गर्नेछ । नयाँ नयाँ रोग समस्या बन्नेछ । प्रदूषणका कारण स्वास प्रस्वासको रोग बढ्नेछ । सबैभन्दा चुनौती मानसिक रोगको हुनेछ । मानसिक रोगीहरु दोब्बर बढ्नेछन् ।

प्राविधिक रुपमा सँसारले ठूलो फड्को मारेपनि मानवता कमजोर हुँदै जानेछ । सँसारमा नैतिक मूल्य मान्यताको खडेरी पर्नेछ । अपराधका घटना बढ्नेछ । मानिसका लागि मानिस नै खतरनाक हुनेछ । युद्धको सम्भावना उत्तिकै बढी हुनेछ ।

जलवायु परिवर्तनले सँसारको तापक्रम बढ्नेछ । समुन्द्री सतह तीन फिटसम्म बढेर कतिपय टापुहरु डुब्नेछन् । मालदिभ्सको अस्तित्व संकटमा पर्नेछ । मुम्बई र न्युयोर्क जस्ता शहरका समुन्द्री किनारका भाग डुब्नेछन् । तापक्रम ढ्न गर्र्ई आँधीहुरीको प्रकोप बढ्नेछ । बाढीपहिरोको प्रकोप बढ्नेछ ।

अपराधका घटना बढ्नेछ । इन्टरनेटको बढ्दो प्रयोगले साइबर अपराध र साइबर हमलामा व्यापक वृद्धि हुनेछ । व्यक्तिगत स्वतन्त्रताको चाहना बढेपछि स्वतन्त्रता कमजोर हुनेछ । मानिसहरु रोजगारीको अभााव, बढ्दो प्रतिष्पर्धा र खाद्यान्न अभावका कारण स्वार्थी हुनेछन् ।
अन्तमाः समय अविरल छ । मानिस होस् या भगवान समय सबैभन्दा बलवान । समयले मानिसको उत्पत्ति मात्र गराएन विकासको उचाईमा पुर्यायो ।

मानिसले बुद्धि र विवेकले आफूलाई यो भौतिक विकासको उचाईमा पुर्याएपनि मानिस विनाशको मार्ग आफै कोर्दैछ । त्यसैले समयमै सतर्कता नपआउने हो भने सँसारमा मानिसले निकै भयावह चुनौतीको सामना गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार