यति लामो संघर्षपूर्ण जीवनलाई फर्केर हेर्दा के गुमाएँ, के पाएँ जस्तो लाग्छ ?

गुमाएँ भन्नु भन्दा उमेर थपें र केही अनुभव प्राप्त गरें भन्ने लाग्छ ।

यहाँ नेपाली कम्युनिष्ट आन्दोलनको एउटा अभिभावककै रूपमा हुनुहुन्छ । र, आजका दिनसम्म पनि संघर्षरत हुनुहुन्छ । नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थाको विश्लेषण कसरी गर्नुहुन्छ ?

पुराना कथा र पुराणहरूमा जसरी भेष बदली लडाईंहरू जित्छन्, त्यस्तै नेपालको कम्युनिष्ट आन्दोलनमा चलिरहेको छ । पु“जीवादीहरू कम्युनिष्टको भेषमा कामदार जनता र संसारलाई धोका दिँदै सत्तामा पुगेका छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनको शृंखलालाई हेर्दा आजको दिन उपलब्धिपूर्ण भन्न सकिन्छ ?

नेपालको कम्युनिष्ट आन्दोलनको शृंखलालाई हेर्दा त्यसअघि विश्वको कम्युनिष्ट आान्दोलनलाई पनि हेर्नुपर्छ । रुसी कम्युनिष्ट पार्टीकै इतिहास हेर्दा सन् १९१७ को समाजवादी क्रान्तिभन्दा पहिले पनि अनेक सैद्धान्तिक विचलन देखिए भने, सोभियत संघको सफलता चुलीमा पुग्दासमेत खु्रश्चेभ संशोधनवादीहरू देखा परे । गोर्भाचोभ सत्तामा पुगे पछि समाजवाद र सोभियत कम्युनिष्ट पार्टी नै विघटन गरेर सोभियत संघलाई १५–१६ टुक्रामा विभाजित गरे ।

कार्ल माक्र्स र एंगेल्सपछि जर्मनीको कम्युनिष्ट पार्टीमा बर्नस्टिन जस्ता विश्वासघातीहरू देखा परे । तिनीहरूले निर्वाचन जितेर सरकारमा पुग्ने अर्थात् शान्तिपूर्ण ढंगले नै क्रान्ति हुन्छ भन्ने खोटो सिद्धान्त अघि सारे । यही कुरा भारतीय कम्युनिष्ट आन्दोलनमा डांगे गुटले र इन्डोनेशियामा डी.एन. अडितले सुकार्नोकै पालाको सरकारलाई ‘अर्ध–समाजवाद’ भन्दै सशस्त्र संघर्षको बाटो त्यागेका थिए । त्यसको परिणाम देखिहालियो ∕ १५ लाख कम्युनिष्टहरू मारिए र प्रतिक्रियावादी र तानाशाही सुहार्तोहरूले ५०–६० वर्ष शासन गरे ।

नेपालको कम्युनिष्ट आन्दोलनमा सरकारमा जाने नेताहरू र ‘जनताको बहुदलीय जनवाद’ लाई अघि सार्ने मदन भण्डारीसमेत नेपालका बर्नस्टिन हुन् । त्यसैले यो अवस्थालाई उपलब्धिमूलक बन्न त मिल्दैन नै । साथै, यस्तो स्थितिलाई निराशाको भन्दा पनि सैद्धान्तिक विचलन र अस्पष्टताको स्थिति भन्नु बढी उपयुक्त हुन्छ ।

समग्र प्रोग्रेसमा हेर्दा हामी समाजवादतिर जाँदै छौँ, अथवा उल्टो बाटोतिर ?

‘कम्युनिष्ट’ नामका नेपाली शासकहरूले नेपाली कामदार जनतामाझ समाजवाद शब्दलाई बिटुल्याउ“दै छन् र पु“जीवादी दलका नेताहरूले त ‘एमाले, माओवादी’ र अन्य नेकपा समर्थक दलहरूलाई “यिनीहरू त हामी जस्तै” अर्थात नेपाली कांग्रेसजस्तै हुन् भनी चिनिसकेका छन् ।

यहाँहरूको विश्लेषणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कस्तो पार्टी हो ?

आजको ‘नेकपा’ भाइ कांग्रेस हो ∕ २५ वर्ष अगाडि नै मैले एमालेलाई ‘भाइ कांग्रेस’ भनेको थिए“, सदनमा । यो मेरो गाली र विरोध होइन, विश्लेषण हो ।

तर, नेकपाले त आफूलाई कम्युनिष्ट दावी गर्छ । नेकपाका नेताहरू मुलुकलाई समाजवादी यात्रामा हिँडाएको र त्यसको नेतृत्व गरिरहेको भनेर दावी गर्छन् नि ?

‘समाजवाद’ र ‘समाजवादी यात्रा’ परिभाषालाई नउल्टाएसम्म नेकपालाई ‘कम्युनिष्ट’ ‘समाजवादी’ र पु“जीवादलाई मलजल गरेको स्वीकार नगरेसम्म नेकपाको काम कार्यवाहीलाई ‘समाजवादको यात्रा’ भन्न सकिन्न । भन्नलाई त इन्दिरा गान्धीले पनि ‘समाजवाद’ ल्याउने र ‘गरिवी हटाऊ’ भन्थे । हिटलरले पनि ‘राष्ट्रिय समाजवाद’ को नारा दिएकै हो ।

बी.पी.(विश्वेश्वरप्रसाद कोइराला)ले २०१५ सालको निर्वाचन घोषणा पत्रमा हाम्रो टाढाको उद्देश्य ‘समाजवाद’ भनेका थिए । त्यसवेला गोर्खा परिषद्को घोषणापत्रमा ‘शोषणरहित समाज’ खडा गर्ने लेखिएको थियो । त्यसको अर्थ पनि समाजवाद नै हो ।

दृष्टि साप्ताहिकसँगको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार