सिकागोमा तेस्रो र चौथो मई सन् १८८६ का दिन पुलिसद्धारा मजदुरहरुको निर्मम हत्या गरेको आज १२८ औं वर्ष पुगिसकेको छ । विभिन्न देशहरुमा यसको स्मरणमा सभाहरु गर्दै मनाइदैछ ।

तर मई दिवस मनाउनुको सार्थकता भनेको मजदुर आन्दोलनलाई अगाडि बढाउनु र पुँजीवाद र यसका अवयवहरुको विरोधमा जानु हो । मजदुर आन्दोनको उदय नहुँदो हो त अन्तराष्ट्रिय सर्वहारा एक्यवद्धता देखा पर्दैनथ्यो । वर्ग संघर्षको पाठले सर्वहारा वर्गलाई ठूलो ज्ञान प्रदान ग¥यो । श्रम र पुँजी विचको संघर्षले अन्तर्राष्ट्रिय मई दिवसलाई अगाडि बढाउन मद्दत ग¥यो ।

पृष्ठभूमि

मजदुर आन्दोलनको प्रारम्भ सर्वप्रथम बेलायतमा भयो । सन् १८२४ मा ट्रेड युनियनको लागि केही कानुनी सुविधाहरु दिइएपनि मजदुरहरुलाई मताधिकार भने थिएन । १९३० को दशकमा मजदुहरुको गतिविधि बढ्दै जान थाले । र यसले विभिन्न देशहरुमा काल्पनिक समाजवादी विचारहरुको जन्म हुन थाल्यो । सन् १८३० को दशकमा स्थापना भएका मजदुर संघमा कल्पनावादीहरुको प्रभाव थियो ।

काल्पनिक समाजवादी विचारहरु समाजको ऐतिहासिक विकासका वैज्ञानिक नियमहरुका आधारमा होइन, मजदुहरुको दयनीय जीवनबाट प्रभावित भएर उनीहरुको उपकार गर्ने आदर्शवादी विचाहरुद्धारा प्रेरित भएर जन्मेका थिए । भातृत्वको निम्ति ‘एकता र एक्यवद्धता’ हुनुपर्दछ भन्ने उनीहरुको विचार थियो । फ्रान्सेसी क्रान्ति होस् वा बेलायती या अमेरीकी, ती क्रान्तिहरु साधारणतः पूँजीवादी प्रजातान्त्रिक क्रान्तिहरु थिए र तिनको नेतृत्व पँुजीपति वर्गले गरेको थियो । तैपनि ती क्रान्तिहरुमा मजदुरहरु निरंकुश राजतन्त्रका विरुद्धमा पूँजीवादी क्रान्तिलाई सफल पार्न इतिहासमा सर्वप्रथम अपूर्ण विरताका साथ लडेका थिए । तर अनपेक्षित ढंगमा शोषणको चक्र रोकिएको थिएन । दिनमा १८ घण्टा सम्म काम गर्नु पर्दथ्यो । व्यवस्था परिवर्तन भएर समाजमा प्रजातान्त्रिक परिपाटी स्थापना भयो । तर सामन्ती समाजमा भन्दा शोषण विकराल हुँदै आयो, आर्थिक असमानता झन् गहिरिदै गए, यही परिपे्रक्षमा काल्पनिक समाजवादीहरुले अवैज्ञानिक र आदर्शवादी विचारहरुबाट केही हद सम्मको रचनात्मक भूमिका निभाए ।

पुँजीवादमा शोषणले राष्ट्रिय सिमा नाँघ्छ । पुँजीवादको विरोधमा सर्वहारा वर्गको राष्ट्रिय र अन्तराष्ट्रिय एक्यवद्धता आवश्यक देखिन्छ । यस परिप्रेक्षमा सन् १८४५ मा एंगेल्सले आफ्नो लेख– The Festivals of Nations in London मा सर्वप्रथम सर्वहारा एक्यवद्धताको व्याख्या गर्नुभयो । उहाँले भन्नु भयो– “सबै देशका मजदुरहरुको एउटै र एउटै मात्र उद्देश्य छ, एउटा र एउटै मात्र शत्रु छ, र एउटा र एउटै मात्र संघर्ष छ । मजदुर वर्गले मात्र मजदुरहरु माथि लाडिएको पक्षपातपूर्ण कानुनलाई तोडी सर्वहारा भातृत्व कायम गर्न सक्छ । ”सन् १८४० को मध्यमा जर्मन, फ्रान्स, इटली र पेरिस प्रवसी तथा अंग्रेजी चार्टिष्टले ‘द लीग अफ जष्टत्जभ ीभबनगभ या व्गकत’ (१८३६–१८३७) स्थापना गरियो । ‘सबै मान्छे दाजुभाई हुन्’ भन्ने मुल नाराकासाथ यो लीगले राष्ट्रियता र सामाजिक अन्यायका विरुद्ध संघर्ष गर्ने लक्ष्य तय ग¥यो । लगतै यो लिगलेसन् १८४७ जनवरीमा माक्र्स र एंगेल्सलाई पनि समाहित ग¥यो ।

सन् १८४७ जूनमा लण्डनमा भएकोे प्रथम सम्मेलनबाट यसको नाम ‘द लीग अफ कम्यूनिष्ट The League of Communist मा फेरियो र नारा ‘संसारका मजदुरहरु एक होऔं’ भनी तय गरियो । यो नाराले सर्वहारा वर्गको स्वतन्त्रताको निम्ति क्रान्तिकारी संघर्ष चाल्नु पर्ने बाटो देखायो । लीगले सन् १८४८आफ्नो घोषणा पत्र ‘कम्युनिष्ट घोषणा पत्र’ लेख्ने काम माक्र्स र एंगेल्सलाई जिम्मा दिइयो ।

औद्योगिक विकाससंगै आएको आर्थिक विषमताका विरुद्ध लड्नका लागि मजदुरहरुले अन्तराष्ट्रिय तवरले संगठित हुनपर्ने आवश्यकता महसुस गर्न थालेका थिए । त्यसका लागि धेरै प्रयत्नहरु पनिभए । र सन् १८६४ सेप्टेम्बर २४ मा लण्डनमा फ्रान्स र बेलायतका मजदुरहरुको पहलले ‘द इन्टरनेशनल वर्किङ मेन्स एसोसियसन The International Working Men Association को स्थापना गरे । यो एसोसियसनले अन्तराष्ट्रिय सर्वहारा एक्यवद्धता स्थापना गर्न कोशेढुड्डाको रुपमा काम ग¥यो । यो एसोसियसनलाई‘प्रथम अन्तराष्ट्रियँ The First Internationale नामले पनि चिनिन्छ । यो एसोसियसनले सन् १८६० को अन्त र सन् १८७० को उत्तरार्धमा उठेका विभिन्न मजदुरसंघर्षहरुमा एक्यवद्धता जनाए र सहयोग गरे । यही समयमा फ्रान्समा पेरिस कम्युनगार्डहरुले पेरिस कम्युन स्थापना गरे ।

मजदुर वर्गको पहिलो राज्यसत्ताको रुपमा देखिएको कम्युन सन् १८७१ मार्च १७ देखि सन् १८७१ मई २८ सम्ममात्र रहन सफल भयो ।७२ दिनमै पेरिस कम्युन दुःखद् रुपमा टुड्डिएर पनि लाखौं सर्वहारा मजदुरहरुको मनलाई छोइने बनाइएको छ । निर्ममढंगबाट बदलाको आक्रोशमा प्रतिक्रान्तिकारी वर्गले कम्युनगार्डहरुलाई दवाए पनि सद्भाव र विरोधको लहर सर्वहारावर्गबाट विलाएन । प्रथम अन्तराष्ट्रियले यस्तो अवस्थामा प्रवासी कम्युनिष्ट र मृत्युदण्डित परिवारलाई ठूलो सहयोग गरे । पेरिस कम्युनको बहादुरी र प्रथम अन्तराष्ट्रियबाट तर्सेर यूरोपीयन सरकारले यसका शाखामाथि प्रतिवन्ध लगायो । तापनि धेरै समयसम्म यसले आफ्नो संघर्षका क्रार्यक्रम चालु राखे । पेरिस कम्युनपछिको घोर दमन र निराशाको कालमा साधारण मानिसहरुले अब विश्व मजदुर आन्दोलन फेरि कहिले पनि उठ्न सक्दैन भनेर सोच्न थालेका थिए तर त्यो धारणा छिटै नै गलत सावित भयो र मजदुर आन्दोलनले फेरि व्यापकता पाउन थाल्यो । पेरिस कम्युनपछि अमेरिकामा मजदुर आन्दोलनले सवैभन्दा बढी विकास ग¥यो । उठ्दै गरेको समाजवादी र समाजिक प्रजातान्त्रिक (लोकतान्त्रिक) पार्टीहरुले यो अवधिमा सर्वहारा अन्तराष्ट्रियवादी भावना स्थापना गरे । अन्तराष्ट्रिय रुपमा उठेका यी यस्ता आन्दोलनहरुको एउटै मात्र माग हुन्थ्यो– ‘आठ घण्टाको काम र उचित ज्याला’ । यी अनि यस्तै मागले नै दोस्रो अन्तराष्ट्रियलाई व्युँझायो । सन् १८८९ को जुलाईमा एंगेल्सको नेतृत्वमा ‘दोस्रो अन्तराष्ट्रिय The Second Internationale को स्थापना भयो ।

८ घण्टा कामको आन्दोलन
सन् १८८० को मध्य समयमा अमेरिकाले औद्योगिक क्षेत्रमा ठूलो फड्को मारेतापनि त्यहाँको सामाजिक र आर्थिक असमानता उच्च थियो । मजदुरहरुले घटीमा पनि प्रति दिन १८ घण्टा काम गर्नुपर्दथ्यो । अमेरिका विभिन्न देशहरुबाट आएका प्रवासीहरुको जमघटको थलो भएको कारणले गर्दा त्यहाँ मजदुर आन्दोलन अगाडि बढाउन भाषिक रुपमा र सामाजिक रुपमा बाधा थियो । यसको कारणले बुर्जुवा वर्गले मजदुरहरुमाथि आफना कानुनहरु लाड्न सफल भए।

हे मार्केटको घटना
सन् १८८१ मा मजदुर संगठनको स्थापना भएतापनि सन् १८८६ मा मात्र उसले आफ्नो मजदुर आन्दोलन अगाडि बढाउन सक्यो । अक्टोबर १८८४ मा ‘अमेरिकी फेडरेसन अफ लेबर’ ले चौथौं महाधिवेसनवाट १ मई १८८६ बाट कानुनी रुपले कामको दिन ८ घण्टा हुनेछ भनी निर्णय लिएको थियो । सन् १८८५ मा भएको फेडरेसनको अधिवेसनमा पुनः त्यही प्रस्ताव दोहो¥याइयो र मजदुर संगठनले संघर्ष तयारी ग¥यो । सन् १८८६ मई १ बाट आन्दोलन छेड्ने घोषणा ग¥यो । यही क्रममा सिकागो शहरमा भएको प्रदर्शन उल्लेखनीय रह्यो । पुँजीपति वर्गको वर्चश्व भएको सिकागो शहरमा उनीहरुले पनि यही दिन सुरक्षा गार्ड, पुलिस, घोडचढी सिपाहीहरुतैनाथ गरिएका थिए । तिनीहरुमाथिल्लो आदेशको पर्खाइमा बसिरहेका थिए । बुर्जुवा सञ्चार माध्यमले मजदुरहरुको त्यो आन्दोलनलाई घृणा गरे । ‘सिकागो मेल’ को सम्पादकीयमा दुई जना खतरनाक हत्यारा, दुई जना डरछेरुवाहरुले मजदुरहरुलाई उस्काएर शहरमा आतंक मचाउदै छ र ती दुई व्यक्ति ब्दिभचत च्।

एबचकयलकर ब्गनगकत क्उष्भकभनी लेखे । सिकागोका खवर पत्रिकाहरुले आन्दोलनमा सहभागी मजदुरहरुलाई निर्ममतापूर्वक दवाउने छ भनी चेतावनी दिए । सिकागोका बाटाहरुमा शसस्त्र पुलिस र सेना भएता पनि दसौं हजार मजदुरहरुले प्रदर्शन गरे । अमेरिकाको त्यस्तो कुनै शहर थिएन जहाँ आठ घण्टा कामको मागलाई लिएर हड्ताल र आन्दोलन नभएको होस् । यो आन्दोलनमा दशौं लाख मानिसहरुले भाग लिएका थिए ।

आन्दोलन भएको तेस्रो दिन अर्थात मई तेस्रोमा कारखाना मालिकहरुले मजदुर माथि दवाउने नियत गरे । हड््तालमा भाग लिने सबैे कारखानाका मजदुरहरुलाई गोलीले उडाउने धम्की दिए । MC Cormic कारखानामा हड्ताल गर्ने ३०० जना मजदुरहरु समातिए । मजदुरहरुले तिनीहरुलाई छुटाउने प्रयत्न गरे ।यसै क्रममा पुलिसले मजदुरहरु माथि गोली चलायो ।चार जना मजदुरहरु मारिए । यस घटनाले सिकागोको मजदुर वर्गमा शत्रुको विरोधमा बदला जाग्यो । स्थिति झन् चर्कियो । यो घटना नियोजित थियो–मजदुरहरुको आन्दोलन दबाउन । चौथोमईको दिन मजदुरहरुले गोलीकाण्डको विरोधमा हे मार्केट चोकमा विरोधसभा आयोजना राखे । सभामा पुलिसले ठूलो पहरा दिइरहेका थिए । एबचकयलक र उसका साथीहरु क्उष्भकर ँष्भबिभ ि ले मजदुरहरुलाई आफ्नो माग शान्तिपुर्ण तरिकाबाट पुरा गराउन निर्देशित गर्दै थियो । शिकागोका मेयर ज्बचचष्कयल त्यो सभामा उपस्थित थियो । त्यो दिन १० बजेबाट ठूलो वर्षा भयो । एबचकयलक, क्उष्भकर ज्बचचष्कयल सभाबाट गए । ँष्भमिभलले आफ्नो मन्तव्य राख्दै थिए ।त्यही बखत १८० जनाको शसस्त्र प्रहरी त्यस चोकमा छिरे । पुलिसका कप्टानले सभा विथोल्न खोजे ।अचानक बम पड्कियो । एक जना पुलिस र पाँच जना मजदुरहरु घाइते भए र मरे ।सात षड्यन्त्रकारीहरु– स्पाइस, फिल्डन, फिस्चर, ऐन्गेरर, लिन्च, स्क्वास र नेबे पक्राउ परे । आठौंषड्यन्त्रकारीका रुपमा एबचकयलककेही हप्ता पछाडी समातिए । न्यायधिसले बम काण्डमा को–को उपस्थित थिए त्यसको ख्यालै नगरी सातलाई फाँसी दिने निर्णय सुनाए । जबकी त्यो काण्ड भएको बेला मात्र पार्सन्स उपस्थित थिए । बुर्जुवा वर्गले आन्दोलनकारीहरुको बद्नाम गरे, सजाय दिए र षड्यन्त्रकारीलाई फाँसी दिई मजदुरहरुलाई चेतावनी दिए । यो घटना पछाडिको राजनैतिक उद्देश्य मजदुर आन्दोलन दबाउनु थियो । २० अगष्ट सन् १८८६ का दिन सातजनालई फाँसी र अर्को एकलाई १५ बर्षको जेल सजाय सुनाए ।

कयौं देशका मजदुर वर्ग, समाजसेवी र उदार वुर्जुवा समुदायले यो निर्णयलाई फिर्ता लिन माग गरे । तर Filden र Squash लाई मात्र आजीवन कारावासको सजायमा बदलियो ।Linge फाँसी दिने रातमा मरे ।सन् १८८७नोवेम्बर ११का दिन पार्सन, स्पाइस, फिस्चर र ऐंगेललाई शिकागोमा फाँसी दिए । लज्जास्पद हत्याकाण्डको पाँच वर्ष पछाडी ती शहीदहरुलाई चिने । शिकागोको गभर्नरले न्यायधिसको फैसला गलत भएको घोषणा गरे । उसले बाँकी कैदीहरुलाई छोडे । न्यायधिसको खुब आलोचना भयो ।

यसरी मजदुरहरुलाई ८ घण्टा कामको लागि यसले संघर्षमा सहभागी गराउन ठूलो सहयोग गरे । यो यस्तो संघर्ष थियो, जसले संसारभरिका मजदुरहरुलाई मई दिवस मनाउन घचघच्याइयो । सन् १८९० बाट दोस्रो अन्र्तराष्ट्रियले मईको प्रथम दिनलाई ‘अन्तराष्ट्रिय मई दिवस’ को रुपमा मनाउने निर्णय ग¥यो । आज मई दिवस विश्व मजदुर आन्दोलनको सबैभन्दा महान तथा प्रेरणाको स्रोत बनेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार