-चेर्ली लाबास

लगभग एक महिनाअघि संरा अमेरिका र क्युवाले मानव अधिकारसम्बन्धी आ–आफ्ना समीक्षा प्रतिवेदन सार्वजनिक गरे ।

अप्रिल २० मा संरा अमेरिकी विदेश विभागले ‘मानवअधिकार अभ्यासबारे देशको प्रतिवेदन’ सार्वजनिक गरेको थियो । सो प्रतिवेदनमा संरा अमेरिकाले अन्य देशहरुमा मानवअधिकारको अवस्थाबारे आफ्नो धारणा उल्लेख गरेको छ । तर संरा अमेरिकाले मानवअधिकारबारे आफ्नो धारणा सार्वजनिक गरेका हरेक देशमा संरा अमेरिका स्वंयले सत्ता परिवर्तनको नाममा हिंसा भड्काएको छ, वमबारी गरेको छ वा आर्थिक नाकाबन्दी थोपरेको छ ।

प्रतिवेदनमा संरा अमेरिकाले आफ्नै घरभित्र र बाहिर आफैले गरेका सर्वविदित मानवअधिकार उल्लंघनका घटनाबारे कहीं कतै चर्चा गर्न आवश्यक ठानेको छैन । बरु उसले आफूसँग जोरी खोज्ने देशहरुमाथि औंला तेर्साएका छन् । संरा अमेरिकाले आफ्नो प्रतिवेदनमा रुस, चीन, प्रजग कोरिया र इरानमा मानवअधिकारका घटना भएको कुरा औंल्याउनु खासमा कुनै आश्चर्यको कुरा होइन ।

समाजवादी देश क्युवाले मे १६ को दिन संयुक्त राष्ट्र सङ्घलाई मानवअधिकार रक्षाको क्षेत्रमा आफूले हासिल गरेका उपलब्धिबारे प्रतिवेदन बुझाएको छ । क्युवाले मानवअधिकारबारे प्रतिवेदन बुझाएको यो तेस्रो प्रतिवेदन हो । सन् २००६ मा हरेक देशको मानवअधिकार अवस्थाबारे आवधिक समीक्षा गर्न संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद् गठन भएको थियो । त्यही बेलादेखि क्युवाले मानवअधिकारबारे आफ्नो प्रतिवेदन सार्वजनिक गर्न थालेको हो ।

बितेका झण्डै ६० वर्ष संरा अमेरिकाले क्युवाली जनताको मानवअधिकार उल्लंघन गरेको छ । क्युवामाथि अहिले पनि चालु नरसंहारकारी संरा अमेरिकी आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दीमार्फत् क्युवाली जनताको मानवअधिकार हनन भइरहेको छ ।
सन् १९९२ देखि संसारभरका बहुमत देशहरुले संयुक्त राष्ट्र सङ्घीय महासभाहरुमा मतदानमार्फत् क्युवाली अधिकारको हननको विरोध गरिरहेका छन् । सन् २०१७ मा भएको मतदानमा १९१ देशहरुमा क्युवामाथिको नाकाबन्दीको विरोधमा उभिए भने संरा अमेरिका र इजरायल दुई देशमात्र नाकाबन्दीको समर्थनमा उभिए ।

पूँजीवाद वाचा गर्छ, समाजवाद काम गर्छ

संयुक्त राष्ट्र सङ्घमा क्युवाले हालै बुझाएको प्रतिवेदनले अल्पविकसित र नाकाबन्दी भोगिरहेका देशहरुमा पनि समाजवादी बन्दोबस्तले पूँजीवादी बन्दोबस्तले वाचा गरेका कुरा पुरा गर्ने गरेको देखाएको छ ।

क्युवाली प्रतिवेदनको भूमिकामा क्युवाली विदेशमन्त्री ब्रुनो रोड्रिग्युज पारिल्लाले बितेका ६० वर्षमा क्युवा समाजवादी क्रान्ति कसरी अघि बढ्यो भन्ने कुरामा जोड दिएका छन् । उनले सन् १८९८ देखि १९५९ सम्मको क्युवाली जनताको जीवनलाई आजको जीवनसँग तुलना गरे । सन् १९५९ मा क्युवाली क्रान्तिले संरा अमेरिकी कठपुतली बाटिस्टाको निरङ्कुश शासन अन्त्य भएको थियो ।

प्रतिवेदनमा लेखिएको छः ‘संरा अमेरिकी सैनिक कब्जाको समयदेखि हामीले हाम्रो स्वाधीनता गुमायौं । संरा अमेरिकी सरकारले थोपरेको नाकाबन्दीका कारण ४५ प्रतिशत केटाकेटी विद्यालय जानबाट बञ्चित थिए, ८५ प्रतिशत जनता खानेपानीको अभावमा बाँच्नुपरेको थियो । किसानहरु गरिबीमा बाँच्न बाध्य थिए । आफूले जोत्दै आएको जमिन समेत उनीहरुको स्वामित्वमा थिएन । आप्रवासीहरुमाथि निर्मम दमन हुन्थ्यो ।’

‘क्युवामा मजदुर र किसानहरुको कुनै अधिकार थिएन । गैरन्यायिक हत्या, जबरजस्ती बेपत्ता र यातना व्यापक थिए । छालाको रङ्गको आधारमा भेदभाव निर्मम थियो । गरिबी व्यापक थियो । महिला र केटीहरु असमावेशी थिए । क्युवालीहरुको स्वाभिमान क्षेतविक्षेत थियो । क्युवाली राष्ट्रिय संस्कृति ध्वस्तप्राय थियो ।’

‘क्रान्तिवीर फिडेल क्यास्ट्रोको नेतृत्वमा भएको क्युवाली क्रान्तिले यस्तो दुरावस्थामा परिवर्तन ग¥यो र क्युवाली जनताको जीवनस्तर वृद्धि सुधार, सुखी र सामाजिक न्यायमा लगातार प्रयास भइरहे । अर्थात् सबै प्रकारका मानवअधिकारको कार्यान्वयनमा ध्यान दिइयो ।’‘मानवीय आत्मसम्मान रक्षा गर्ने, समान अवसर प्रदान गर्ने र ‘सबै न्याय कब्जा गर्ने’ बलियो चाहना आजसम्म पनि अपरिवर्तनीय र दिगो छ ।’

क्युवामा मानवअधिकार रक्षा र कार्यान्वयनको पर्यवेक्षणले कसरी ‘मानवअधिकार’बारे संरा अमेरिकी पूँजीपति प्रचारबाजी राजनीतिक दुराशययुक्त शब्दावलीले भरिएको छ भन्ने कुरा देखाएको छ । संरा अमेरिकाले यस्तै बहानालाई दमन, हस्तक्षेप र हमला दुरुपयोग गर्ने गर्दछ ।

संरा अमेरिकी विदेश विभागको प्रतिवेदनले हरेक व्यक्तिमा अन्तर्निहित अनुल्लंघनीय अधिकारको ‘प्रबद्र्धन र रक्षा’ गरेको दाबी गरेको छ । तर त्यस्ता अधिकार पूँजीवादी कानुनी प्रणालीअन्तर्गत परिभाषित छन् ।

महान् उपन्यासकार तथा व्यङ्ग्यका शिल्पी एनाटोले फ्रान्सले एक ठाउँमा लेखेका छन्,‘राजशाही समानतामा आधारित कानुनले धनीका साथै गरीबलाई पुलमूनि सुत्न रोक लगाउँछ, बजारमा चोरी गर्न र रोटी चोर्न पनि बन्देज लगाएको हुन्छ ।’

संरा अमेरिकी सर्वोच्च अदालतको २०१० नागरिक एकीकृत नियमअनुसार पूँजीपति वर्गलाई ती सबै ‘अनुल्लंघनीय’ अधिकार हुने गर्दछ ।

‘मानवअधिकार’ पुनःपरिभाषा

हालै क्युवामा नयाँराष्ट्रपति मिगुएल डायज कानल बेर्मुदेज निर्वाचित भए । उनको निर्वाचनले पूँजीपति वर्गको प्रभाव बिना पनि चुनाव सम्भव मात्र होइन बरु त्यस्तो प्रभाव बिनाको चुनाव ज्यादै प्रजातान्त्रिक हुने प्रमाणित भएको छ ।

त्यो निर्वाचनमा क्युवाली समाजका सबै तप्का–मजदुर संगठन, साना किसान, महिला र विद्यार्थीहरुको संस्थागत प्रतिनिधित्व र अभिमत पनि थियो । त्यो चुनावमा कुनै विज्ञापन वा प्रचार अभियान पनि भएनन् । निर्वाचितलाई कुनै विशेष मान्यता दिइँदैन । उनीहरुले हिजो जति तलब पाउँदै आएका थिए, त्यत्ति नै तलबमा नियमित रुपमा धेरै काम गर्नुपर्ने जिम्मेवारी थपिएको छ । उनीहरु आफ्नो जिम्मेवारीको क्षेत्रमा अझ जिम्मेवार बन्नुपर्ने हुन्छ ।

क्युवामा आफू बस्दै आएको घर घरधनीले खोस्ला वा बैङ्कले लिलाम गर्ला कि भन्ने पीर नगरी निःशुल्क र अनिवार्य शिक्षा पाउने, निःशुल्क गुणस्तीय स्वास्थ्यको बन्दोबस्त छ । पूँजीवादी बन्दोबस्तमा जीवनका धेरै आवश्यकता आफ्नो किन्न सक्ने क्षमतामा भर पर्दछ, पैसा नहुँदा या त ती आवश्यकतामा सम्झौता गर्नुपर्दछ अथवा त्यसको लागि सङ्घर्ष गर्नुपर्दछ । निःशुल्क र अनिवार्य शिक्षा र गुणस्तीय स्वास्थ्य पूँजीवादी समाजका कहिल्यै अधिकार हुने गर्दैन ।

क्युवामा मताधिकार जस्तै निःशुल्क र अनिवार्य शिक्षा र स्वास्थ्य नागरिकको अधिकार हो र राज्यले त्यसको ग्यारेन्टी गर्दछ । क्युवामा नागरिकलाई मताधिकारबाट बञ्चित गर्न मतदाता नामावली बनाउनमा कुनै रोकतोक वा भेदभाव, अन्योल हुने गर्दैन । कोही पनि व्यक्ति १६ वर्ष भएपश्चात स्वतः मतदाता हुने गर्दछ ।

सयौं वर्षको उपनिवेशवादी शोषण र दासता अनि दशकौंको संरा अमेरिकी दमनबीच बितेका ६ दशकमा क्युवाले हासिल गरेका उपलब्धि उल्लेखनीय छ । यति भएर पनि क्युवालीहरु आज पनि आफू अझै पूर्ण नभएको र अझ पनि गर्न बाँकी धेरै काम भएको बताउने गरेका छन् ।
प्रतिवेदनमा क्युवाली विदेशमन्त्री रोड्रिग्युज पारिल्लाले लेखेका छन्,‘क्युवाविरुद्ध संरा अमेरिकाले थोपरेको आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी बलियो हुँदै जानु र जमिनभन्दा बाहिर पनि नाकाबन्दी थोपर्नु क्युवाको आर्थिक र सामाजिक विकासका प्रमुख अवरोधहरु हुन् ।’

मे १८ मा हवानामा भएको बोइङ ७३७ विमानको दुःखद् दुर्घटनाले रोड्रिग्युजको भनाईलाई अझ पुष्टि गरेको छ । दुर्घटनामा परी एक सय एघार जनाको ज्यान जानुमा चालु संरा अमेरिकी नाकाबन्दी निसन्देह जिम्मेवार छ ।

नाकाबन्दीका कारण क्युवालाई अमेरिकी कम्पनी वा अमेरिकी पैसा लगानी भएका कुनै पनि कम्पनीसँग केही पनि सामान किन्न रोक लगाएको छ । क्युवाको राष्ट्रिय यातायातका लागि आवश्यक कुनै पनि सामान किन्न क्युवा तेस्रो पक्षमा भर पर्नु पर्दछ । यसो गर्दा क्युवाले निकै महङ्गोमा सामान खरीद गर्नुपर्ने मात्र होइन बरु त्यो सामानको प्रविधि वा सुरक्षा पक्षमा क्युवाको कुनै नियन्त्रण हुने गर्दैन ।

पछिल्लो दुर्घटना वास्तवमा क्युवामाथि संरा अमेरिकी नाकाबन्दी कति अन्यायपूर्ण छ भन्ने सत्यको अर्को उदाहरण हो । वास्तवमा त्यो दुर्घटना प्राणघातक छ । त्यही भएर पनि संरा अमेरिकी जनताले पनि संरा अमेरिकी नाकाबन्दी अन्त्यको माग गर्दै आवाज उठाउन जरुरी छ ।

वर्कर्स वल्र्ड, मे २५ २०१८, अनुवादः नीरज ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार