नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनजागरण अभियान लिएर जनताकाे बीचमा पुगेको छ ।

देशैभरि संचालन गरिएकाे यो अभियानमा सो पार्टीका शीर्ष नेताहरु जनताको बीचमा पुगेका छन् ।

दश वर्षे जनयुद्धकालमा महत्वपूर्ण योगदान गरेका गाउँ र बस्तीहरुलाई अाफुहरूले नभुलेकाे सन्देश दिन आफ्नो पार्टीका नेताहरु गाउँ फर्किएको सो पार्टीका नेताहरुले बताएका छन् ।

नेकपाका नेताहरुले जनयुद्धका सहिद परिवार, घाइते योद्धा, जनयुद्धमा धोका पाएर अलपत्रमा परेका कार्यकर्ता र जनतालाई एकीकृत जनक्रान्ति किन आवश्यक छ भनेर प्रशिक्षित गरेको नेकपाका पाेलिटव्युराे सदस्य भरत बम रणवीरले जानकारी दिए ।

‘प्रचण्ड बाबुरामहरुले जुन व्यवस्थाका विरुद्ध हतियार उठाए आज उनीहरु त्यही व्यवस्थामा फर्किए’, नेकपाका पीबीए रणबीर भन्छन्, ‘प्रचण्डहरुले आत्मसमर्पण गरे पनि हामीले गरेका छैनौं, त्यही कुरा भन्न हामी गाउँमा पुगेका छाै’

नेकपाको सो अभियानमा सहिद परिवार, घाइते योद्धा र पूराना कार्यकर्ताहरुले विप्लवको नेतृत्वमा हुने क्रान्तिलाई साथ दिने तर प्रचण्डले जस्तै धोका नहोस भनेर सुझाव दिएका छन् ।

‘त्यत्रो जनयुद्ध लडेर हामीले केही पाएनौं र हाम्रो जीवनमा कुनै परिवर्तन आएन, प्रचण्डहरुले धोका दिए’, जनयुद्धका एक पूराना कार्यकर्ता धनबहादुर तामाङ भन्छन्, ‘हाम्रो साथ जनताका लागि क्रान्ति गर्नेहरुलाई हुनेछ, तर हामीलाई प्रचण्डले जस्तै धोका नदिनु होला’

संसदीय पार्टीहरु काठमाडौंका सुविधासम्पन्न ठाउँहरुमा बसेर राजनीति गरिरहँदा नेकपाका नेताहरु भने गाउँ गाउँमा आइपुगेका छन् ।

विप्लव नेतृत्वकाे नेकपाका नेता र कार्यकर्ताहरू गाउँमा फर्किएपछि क्रान्तिकारी कार्यकर्ता र जनतामा ठूलाे उत्साह भरिएकाे नेताहरूले बताएका छन् ।

नेकपाका नेताहरु एकीकृत जनजागरण अभियान लिएर गाउँमा

नेकपाका नेताहरु एकीकृत जनजागरण अभियान लिएर गाउँमा

नेकपाका नेताहरु एकीकृत जनजागरण अभियान लिएर गाउँमा

नेकपाका नेताहरु एकीकृत जनजागरण अभियान लिएर गाउँमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार