छिमेकी देश भारत महिलाविरुद्ध यौन हिंसाको लागि संसारकै सबभन्दा खतरनाक देश भएको हालै एक अध्ययनले देखाएको छ । थोम्पसन रोयटर्स फाउन्डेसन नामको अध्ययन संस्थाले गरेको अध्ययनले भारत पछि यो विषयमा अफगानिस्तान, सिरिया, सोमालिया, साउदी अरब र पाकिस्तान अगाडि रहेको देखाएको छ ।

आश्चर्य त युद्धग्रस्त सिरिया र परम्परागत सामन्ती बन्दोबस्त भएको साउदी अरबभन्दा संसारकै सबभन्दा ठूलो प्रजातन्त्र भनिएको भारत यो विषयमा अगाडि देखिएको छ । महिलाविरुद्ध यौन हिंसा सबभन्दा बढी हुने प्रमुख दश देशहरूमध्ये नौ वटा एसिया, मध्यपूर्व र अफ्रिकाका देशहरू परेका छन् ।

धेरैका लागि अपत्यारिलो तथ्य त के हो भने संसारकै सबभन्दा ‘सभ्य’ भनी दाबी गर्ने देश अमेरिका महिलामाथि सबभन्दा बढी यौनहिंसा हुने देशमध्ये टप टेनमा परेको छ । अमेरिका दश नम्बरमा परेको छ । महिलाका विषयमा अध्ययन गरेका ५ सय ५० जना विज्ञहरूले गरेको अध्ययनअनुसार भारतमा प्रत्येक घण्टामा कम्तीमा चार वटा बलात्कारका घटना भइरहेका छन् ।

भारत संसारकै सबभन्दा यौन हिंसा हुने, घरेलु कामका लागि मानव बेचविखन हुने, जबरजस्ती काम गराउने, बलजफ्ती विवाह गराउने, यौन दासी बनाउने, महिलामाथि ढु·ामुडा गर्ने, बालिकाको भ्रुण हत्या हुने देश भएको अध्ययनले देखाएको छ । सो अध्ययन प्रतिवेदनबारे भारतको महिला तथा बालबालिका विकास मन्त्रालयले कुनै टिप्पणी गर्न अस्वीकार ग¥यो । अध्ययन प्रतिवेदनमा लेखिएको छ,‘महिलाप्रति भारतले बेवास्ता र गहिरो अपमान गरिरहेको छ । …बलात्कार, वैवाहिक बलात्कार, यौन हिंसा र अपमान तथा बालिकाको भ्रुण हत्या जथाभावी रुपमा भइरहेका छन् ।’

संसारमै सबभन्दा तीब्र रुपमा विकास भइरहेको अर्थतन्त्र र विज्ञान–प्रविधिको नेता देशमा महिला हिंसाको यो अवस्था सम्पूर्ण भारतको लागि लज्जाको विषय बनेको छ ।

प्रतिवेदनमा भारतमा महिलाको यौना· काट्ने, बालविवाह र शारीरिक हिंसा पनि धेरै हुने गरेको उल्लेख छ । महिलालाई नकारात्मक असर पार्ने परम्परा अवलम्बन गर्ने देशमा भारत सबभन्दा अघि रहेको सो प्रतिवेदनमा बताइएको छ । सात वर्षअघि भएको यस्तै एक अध्ययनमा भारत चौथौ नम्बरमा थियो र आज भारत एक नम्बरमा पुगेर महिलाहिंसामा ‘प्रगति’ गरेको छ ।

संसारका नेताहरूले सन् २०३० भित्र महिला र बालिकामाथि हुने सबै प्रकारका विभेद र हिंसा अन्त्य गर्ने प्रतिबद्धता आजभन्दा तीन वर्षअघि व्यक्त गरेका थिए । उनीहरूले महिलालाई राजनीतिक, आर्थिक र सार्वजनिक जीवनका सबै पक्षमा सुरक्षित र स्वतन्त्र रुपमा सहभागी बन्ने वातावरण बनाउनेमा पनि प्रतिबद्धता व्यक्त गरेका थिए ।

महिला हिंसामा भारतको पछिल्लो अवस्थालाई भारतको दक्षिणपन्थी मोदी सरकारसँग पनि जोडेर हेर्न आवश्यक छ । मोदी सरकार बनेयता यो पक्षमा भारतले देखिने गरी ‘प्रगति’ गरिरहेको देखापर्दछ । आगामी वर्ष प्रधानमन्त्री चुनावको सामना गर्ने तयारीमा लागेका मोदीले गएको अप्रिलमा महिला हिंसासम्बन्धी बोलेका थिए । आफ्नो भाषणमा उनले बलात्कार भारतको ठूलो चासोको विषय भएको बताएका थिए । तर उनको भाषण बोलीमा मात्र सीमित रह्यो । कुनै ठोस काम भने हुन सकेनन् । अवस्थामा कुनै उल्लेख्य परिवर्तन देखिएको छैन ।

भारतीय शासक वर्गले लगातार छोप्न खोजेर पनि भारतमा महिला हिंसा सतहमा आइरहेको छ । भारत सरकार महिला हिंसा रोक्न सफल भएको प्रष्ट देखिएको छ । मोदीसम्बद्ध पार्टी भारतीय जनता पार्टी अनुदारवादी अतिहिन्दूवादी पार्टी हो । यसले लोकलाजका लागि सुस्मा स्वराज, स्मृति इरानी जस्ता केही महिलालाई अघि देखाए तापनि खासमा त्यो पार्टी नीतिगत रुपमै महिलाविरोधी छ । संकीर्ण हिन्दुवादीहरूले महिलाहरूप्रति राख्दै आएको मनुवादी सोच नै भाजपाको मूल सैद्धान्तिक आधार हो । त्यसकारण मोदी नेतृत्वको सरकारमा महिलामाथि हिंसाका गतिविधि बढ्नु कुनै घटनामा मात्र सीमित होइन । बरु राज्यले अघोषित रुपमा संस्थागत गरिरहेको प्रवृत्ति हो ।

मोदी सरकारले आदिबासी, अल्पसङ्ख्यक, प्रगतिशील जनतामाथि गरिरहेको संस्थागत हिंसाको कोपभाजनमा सबैभन्दा बढी महिलाहरू परेका हुन् । राज्यले उत्पीडित जनतामाथि गर्ने अत्याचारको शिकार उत्पीडित पुरुषस“गै महिला उत्पीडित भएकै छन् । साथै पुरुषवादी चिन्तनकै शिकार पनि महिला बनेका छन् । अर्थात भारतीय महिला दोहोरो उत्पीडनमा परिरहेका छन् ।

रोयटर्सको अध्ययन नतिजाले आश्चर्यमा पार्ने अर्को चित्र भनेको संरा अमेरिका महिला हिंसाको सूचीमा दसौं नम्बरमा पर्नु हो । संयुक्त राष्ट्रसङ्घमा सदस्य रहेका १३९ देशमा गरिएको यो अध्ययनमा संसारकै महाशक्ति र प्रजातन्त्रको ‘व्याख्याता’ देश अमेरिका दसौं नम्बरमा पर्नु निकै लज्जास्पद कुरा हो । यो तथ्याड्ढले अमेरिकालाई संसारकै ‘स्वर्ग’ मान्ने केही मानिसलाई पनि लाजले शिर निहुराउनुपर्ने अवस्थामा पु¥याएको हुनुपर्दछ । अमेरिका संसारमा सबैभन्दा बढी बालविवाह हुने देशमा पनि पर्छ भन्ने तथ्यले त केही मानिसलाई बेहोस बनाउँदो हो । तर सत्य यही हो । महिला हिंसा पुँजीवादको सबभन्दा पुरानो रोग हो । महिलालाई सामन्तवादी समाजले सम्पत्ति मान्छ भने पु“जीवादले नाफा कमाउन प्रयोग हुने श्रृङ्गारको साधन वा सस्तो ज्यामी मान्दछ । यही सोचका कारण महिला यो दुवै बन्दोबस्तमा उत्पीडित हुने गर्दछन् ।

पुँजीवादी र सामन्ती समाजमा महिला यौनप्यास मेटाउने औजारमा सीमित हुने गर्दछन् । वंशवृद्धिको मेसिनका रुपमा रहन्छन् । केही महिलालाई राजनीति, कर्पोरेट, सामाजिक गतिविधिमा अघि सारे पनि एक त उनीहरू सबै धनीमानी शोषककै सन्तानहरू हुने गर्दछन् भने अर्कोतिर उनीहरूलाई देखाएर अरु महिलामाथि भने शोषणको जाँतो घुमाएकै हुन्छ । नेपालमा पनि राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारी, सामाजिक क्षेत्रमा अनुराधा कोइरालालाई अघि सारिएका छन् र महिला निकै अघि बढिसकेको बखान गरिएको छ । तर यथार्थमा केही मुठ्ठीभर महिला नेतृत्वमा पुगे पनि महिलाको अवस्थामा कुनै ठोस प्रगति नभएको सत्य हप्ता बिराएर आइरहने महिला हिंसा र छापडी प्रथाले उजागर गरिरहेको छ ।

भारत दक्षिण एसियामा आफूलाई सबभन्दा अब्बल देश भएको घमण्ड पालेर बसेको देश हो । संसारकै सबभन्दा ठूलो प्रजातन्त्र भन्नु त उसको धेरै अघिदेखिको कथन हो । तर कुनै पनि देश भौगोलिक रुपमा ठूलो हुँदैमा त्यो देशका जनता सुखी र सभ्य हुने कुरा यो तथ्याड्ढले गलत सावित गरेको छ । साथै आर्थिक रुपमा देश समृद्ध बन्दैमा त्यहाँका जनता सुखी हुने होइन । अमेरिकामा महिला हिंसाको अवस्थाले पनि यो अवस्था उजागर गरेको छ ।

अमेरिका नेतृत्वको पुँजीवादी देशहरूको मोर्चाले प्रजग कोरिया, क्युवा र चीनमा मानवअधिकार नभएको भनी चर्को चर्को आलोचना गर्ने गरेको सुन्छौं । तर वास्तवमा मानवअधिकारमा हेलचक्र्याइँगर्ने देशहरू तिनै देश भएको आज स्पष्ट हुँदैछ । उनीहरूले जनतालाई झुठ बोलेर भ्रममा राख्न खोजे पनि सत्य आज सतहमा आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार