पछिल्लो समय अमेरिकी डलर बलियो भएको छ । यसको कारणले भारत, पाकिस्तान, श्रीलङ्का, इन्डोनेसिया र नेपालका मुद्राहरूको स्थिति राम्रो छैन ।

तथापि अमेरिकी डलरको बलियो अवस्थाको चपेटामा यी देशका मुद्रा मात्र परेका होइनन् । इरानको मुद्रा रियाल त यो क्रममा पूरै अवमूल्यन भएको छ ।यसले हाल इरान निक्कै मुस्किल अवस्थामा पुगेको छ ।

राजधानी तेहरानमा मानिसहरू आफ्नो पसल बन्द गरेर सरकार विरुद्ध प्रदर्शन गर्न थालेका छन् । हालको अवस्था हेर्दा इरानी रियाल अमेरिकी डलरको अघि अन्तिम सास लिइरहेको जस्तो देखिन्छ ।

इरानको अर्थशास्त्रीहरूको भनाइमा राष्ट्रपति हसन रुहानीले कुनै निर्णायक कदम उठाएनन् भने अवस्था हातबाट निक्लन सक्छ ।

एक डलर बराबर ९० हजार इरानी रियाल

इरानको कालो बजारमा मानिसहरू ९० हजार रियाल दिएर एक अमेरिकी डलर किनिरहेका छन् । पछिल्लो वर्षको यही समयको तुलनामा यो ११० प्रतिशत बढी हो ।

आधिकारिक रूपमा भने एक डलर बराबर ४३ हजार इरानी रियालको भाउ चलिरहेको छ । ८ मेमा जब अमेरिकाले इरानसँग परमाणु सम्झौता अन्त्य गर्ने घोषणा ग¥यो त्यो बेलादेखि इरानी रियालको मूल्य ४० प्रतिशतसम्म गिरावट आइसकेको छ ।

इरान फेरि अमेरिकी प्रतिबन्धको खतरामा रहेको छ । यो खतराको डरबाट इरानीको पूरा अर्थव्यवस्था र बजारमा भागदौडको स्थिति छ ।

इरानको निर्यात र आयात नकारात्मक हिसाबले प्रभावित हुने अवस्था आएको छ । अल–जजिराको रिपोर्टअनुसार यो हप्ता तेहरानको सेन्ट्रल मार्केटमा पसलेहरूले प्रदर्शन गरे ।

यो बीच इरानको राष्ट्रपति हसन रुहानीले सङ्कटको समयमा इरानीहरूलाई शान्ति र एकता बनाइराख्न आह्वान गरेका छन् । इरानको सर्वोच्च नेता आयतोल्लाह अली खमेनीले पनि देशको अर्थव्यवस्था गम्भीर सङ्कटको सामना गरिरहेको बताएका छन् । उनले अर्थव्यवस्थामा अस्थिरता ल्याउने जो कसैमाथि पनि कडा व्यवहार गर्न सरकारलाई आह्वान गरेका छन् ।

इरानका राष्ट्रपति हसन रुहानीले बजार आफैले मुद्रा विनयम गर्ने प्रचलन विपरीत गएर एक डलर बराबर ४२ हजार रियालको विनियम दर तोके । यसको साथसाथै १०० प्रमुख मुद्रा विनियम गर्ने मनी एक्सचेन्जरलाई गिरफ्तार गरे ।

तिनलाई अलग अलग दरमा रियाल र डलरको भाउ तोकेको आरोप लगाइएको छ । तथापि सरकारको यो कोसिस पनि काम आएन । एटलान्टिक काउन्सिलको रिपोर्टअनुसार यस कदमपछि मनी एक्सचेन्जरहरूले डलर बेच्नै बन्द गरिदिए । जब मनी एक्सचेन्जरलाई एक डलरको ४२ हजार रियल लिन बाध्य गरियो, उनीहरूले आफूहरूसँग डलर सकिइसकेको बताए ।

अर्कोतर्फ सरकार आधिकारिक रूपबाट बजारको मागको तुलनामा निक्कै कम डलर आपूर्ति गरिरहेको छ ।

कम ब्याज दर तथा विदेशी मुद्रा सञ्चितिमा कमी

सेन्ट्रल बैङ्क अफ इरानले देशमा १५ % भन्दा कम ब्याजदर राखेको कारण पनि नीतिगत स्तरमा यो असफलता हासिल भएको मानिन्छ ।  आफ्नो मुद्रा डलरमा राख्न चाहनेहरूको सामना गर्नको लागि पछिल्लो वर्ष इरानको बैङ्कले २५ प्रतिशत ब्याजदरको प्रस्तुत गरेको थियो ।

तथापि विशेषज्ञहरूको विश्वासमा हालको सङ्कटको सबैभन्दा ठूलो कारणमा सेन्ट्रल बैङ्कसँग विदेशी मुद्राको सञ्चिति कम हुनु बताएको छ । एकातिर अवस्था यो भए पनि अर्कोतिर इरानी पर्यटकहरूमा डलरको मागमा कुनै कमी आएको छैन ।

अमेरिकाले सम्झौता रद्द गरेको मनोवैज्ञानिक असर

यो सबैको बीच अन्तर्राष्ट्रिय विश्लेषकहरूको विश्वासमा अमेरिकाले ८ मेमा इरानसँगको परमाणु सम्झौता रद्द गरेपछि यसको मनोवैज्ञानिक असर विदेशी लगानीकर्ताहरूमा प¥यो ।

मानिसहरूले आफ्नो पुँजी इरानबाट फिर्ता लगेर दुबई र इस्तानबुलमा लगाउन थाले ।  अमेरिकाको पछिल्लो कदमले केही लगानीकर्तामा अमेरिकाले इराकमा गरेको प्रतिबन्ध, तेल जस्ता इन्धनको आयातमा पूर्ण बन्देजपछि अर्को चरणमा सैन्य आक्रमण गर्ने हो कि भन्ने डर पनि बढाएको छ ।

विकल्प के छ ?
इरानभित्रै पनि हसन रुहानीले कुनै ठोस कदम उठाउन् भन्ने आवाज उठिरहेको छ ।

इरानका चर्चित अर्थशास्त्री सइद लायलाजले अल–जजिरासँगको कुराकानीमा भने– “सरकार विदेश जाने इरानीहरूलाई डलर किन्नका लागि अनुदान दिन्छ । यो अनुदान तत्काल अन्त्य गरिनुपर्छ । सरकारको नीतिअनुसार विदेश जाने हरेक इरानी बजारको दरभन्दा आधि मूल्यमा १००० डलर किन्न सक्छन् ।”

सइदले भने, “हरेक वर्ष एक करोडदेखि १ करोड २० लाखको बीचमा इरानीहरू विदेश जान्छन् । उनीहरू १५ अर्बदेखि २० अर्ब डलरसम्म खर्च गर्छन् । यो अनुदानका कारण डलरको माग कहिल्यै कम हुँदैन । म इरानी सरकारले विदेश जाने इरानीहरूलाई रोक्नुपर्छ भन्दिनँ तर सरकारले अनुदान दिन बन्द गर्नुपर्छ । सरकारले यो विषयमा किन कुनै कदम उठाइरहेको छैन, मलाई थाहा छैन ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार