कति हेर्छाै धनिलाई गरीप्लाई नि हेर सर्खार ।
गरीपकाे नाङ्गो अाङ र चिसाे चुल्हाे देख सर्खार ।

वाढीले नि हामीलाई नै बगाएर लान्छ सर्खार ।
पैराे अाऊँछ हाम्रै बस्ती पुरिजान्छ बुझ सर्खार ।
हामीलाई नै भुकम्पले साेत्तर पारि गयाे सर्खार ।
कति हेर्छाै धनिलाई गरिप्लाई नि हेर सर्खार ।

अनिकालले हामीहरूकै घाँटी अँठ्याऊँछ सर्खार ।
झरि वादल जे भएनि हाम्लाई गाह्राे हुन्छ सर्खार ।
कि त बाँच्ने अाधार देऊ कि त गाेली दाग्देऊ सर्खार ।
कति हेर्छाै धनिमात्रै गरिप्लाई नि हेर सर्खार ।।

(२०७५ बैशाख १२, भुकम्प गएकाे दिनकाे संझनामा)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार