नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले हजारौँ विद्यार्थीको सहभागितामा ५४ औँ विद्यार्थी दिवसका साथै मार्चपास गरेकाे छ  ।

काठमाडौंको लैनचौर खेलमैदानबाट सुरु भएको ¥याली दरबार संग्रालयको उत्तरगेट, नागपोखरी दरबारमार्ग हुँदै  फेरि लैनचौरमै पुगेर सभामा परिणत भएको थियो ।

मार्चपासपछि आयोजित विद्यार्थी–सभालाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले संवाेधन गरेका थिए ।

हजाराैं विद्यार्थी सहभागी भएको ¥यालीमा विद्यार्थीहरूले स्वाधीनता र राष्ट्रियताको पक्षमा नारा लगाएका थिए । उनीहरूले हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीले अरुण ३ लगायत राष्ट्रघाती सम्झौता गरेको भन्दै चर्का नारा थिए ।

उनीहरूले संगठनको झन्डा र ब्यानर फहराउँदै केपी ओली सरकारले बेला अरुण ३ जलविद्युत आयोजनाको शिलान्यास गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै तत्काल खारेज गर्न माग गरे ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष नरेन्द्र विकले संचालन गरेका थिए । सचिव सन्तोषी भट्टराईले स्वागत भाषण गरेकी थिइन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कृष्ण अधिकारी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्द, समाजवादी विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष् विवेक राई, अखिल पाँचौका महासचिव कपिलदेव पोखरेल, नयाँ शक्ति पार्टी नेपालका विद्यार्थी संगठनका अध्यक्ष श्यामबाबु गौतमलगायतको उपस्थित रहेको थियो ।

अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनहरूले हरेक वर्ष जेठ १ गते विद्यार्थी दिवस मनाउने गर्दछन् । तत्कालीन सरकारले नेपालमा २०२१ साल जेठ १ गते विद्यार्थी संगठनमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार