नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगले बुटवलमा युवा मार्चपास गरेकाे छ भने कपिलवस्तुमा युवाहरूलार्इ लाठी तालिम शुरू गरेकाे छ ।

बुधबार दिउसो बुटवलमा वैद्य माअाेवादी युवाहरूकाे  मार्चपास तथा ¥याली क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’, पार्टी स्थायी समिति सदस्य परि थापा, पार्टी पिविएम केवी गुरुङ, क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जन लगायतले सम्बोधन गरेका थिए।

मार्चपास तथा सभामा सैयौं युवाहरुको सहभागिता रहेको थियो ।

यसैबीच, बुधबारै कपिलवस्तुको बाँडगंगामा महासचिव किरणले क्रान्तिकारी युवा लिगको शारिरीक तथा वैचारिक प्रशिक्षणको उद्घाटन गरेका छन् ।

युवाहरुको वैचारिक, राजनीतिक तथा शारीरिक प्रशिक्षण ६ दिनसम्म चल्नेछ । युवाहरुलाई पार्टी स्थायी समिति सदस्य परि थापा, पिविएमद्वय सिताराम तामाङ र केवी गुरुङले वैचारिक तथा राजनीतिक प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

क्रान्तिकारी युवा लिगको ‘युवा मार्चपास’

क्रान्तिकारी युवा लिगको ‘युवा मार्चपास’

क्रान्तिकारी युवा लिगको ‘युवा मार्चपास’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार