पूर्व माअाेवादी केन्द्र संबद्ध अखिल नेपाल ट्रेड यूनियन महासंघमा करोडौंको भ्रष्टाचारले यतिखेर पेरिसडाँडामा ठूलै तहल्का मच्चाएको छ ।

शालिकराम जमरकट्टेल अध्यक्ष रहेको उक्त महासंघभित्र जमरकट्टेललगायतका नेताहरुले मजदुर र राज्यकोषको समेत गरेर ८ करोड ५० लाख भ्रष्टाचार गरेको महासंघका अन्य नेताहरुले आरोप लगाएका छन् ।

एमालेसम्बद्ध मजदुर संगठन जिफन्टमा समाहित हुने अन्तिम तयारीमा रहेको महासंघको बैठकमा नेताहरुले भ्रष्टाचारको विषय टुंगो नलागेसम्म वर्तमान नेतृत्वको पछि लागेर जिफन्टमा समाहित हुन नजाने अडान राखेपछि एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी जय कार्कीको संयोजकत्वमा शालिकराम काफ्ले, प्रकाश श्रेष्ठ, एलवि थापा सदस्य रहेको छानविन समिति गठन गरिएको छ।

युवा स्वरोजगार कोषमार्फत आठ वर्षअघि लिएको ऋण तिर्न नसक्दा तत्कालीन माओवादी केन्द्रको भ्रातृ संगठन ट्रेड युनियन महासंघ आन्तरिक विवादमा फसेको हो । ०६८ सालमा महासंघले मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेडका नाममा ५ करोड रूपैयाँ ऋण लिएको थियो ।

पेट्रोल पम्प, सहकारी पसल, गाई फार्मलगायत स्वरोजगारमूलक काम गर्ने उद्देश्यले उक्त सहकारीको नाममा मजदुर संगठनले युवा स्वरोजगार कोषबाट राजनीतिक पहुँचका आधारमा ऋण लिएको थियो ।

राजनीतिक प्रभावका आधारमा ठूलो रकम ऋण लिएको भन्दै त्यतिबेलै आलोचना खेपेको मजदुर संगठनले सावा-ब्याज नै नतिर्दा अहिले समस्या आएको हो । उसले अहिले पनि ४ करोड ४७ लाख रूपैयाँ तिर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार