नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू भारत भ्रमणमा जान लागेकाे खुलासा गरेका छन्।

छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाको एकीकृत विकास गुरुयोजना सम्बन्धी एकदिने कार्यशाला गोष्ठीमा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रचण्डले यस्ताे खुलासा गरेका हुन्।

’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा उहाँले तपाईं विकासको एजेण्डामा मात्रै कुरा गर्न मिलाएर आउनुस् भन्नुभएको छ।. म जाने तयारी गर्दैछु’ प्रचण्डले भने, ‘हाम्रो प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँको भ्रमण सकिएपछि पार्टी अध्यक्षको हैसियतले तपाईंपनि तयारी गरिराख्नुस्, विकासको मुद्दामा मात्रै कुरा गर्न भनेर चिनिया कम्युनिष्ट पार्टीको पनि निम्ता आइ नै सकेको छ।’

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण नेपाल-भारत सम्बन्ध नयाँ उचाईमा पुगेको दावीपनि गरे।

‘हाम्रो प्रधानमन्त्री अस्ति भारत जानुभयो, भारतको प्रधानमन्त्रीजी नेपाल आउनुभयो’ प्रचण्डले भने, भारतीय प्रधानमन्त्रीले नेपालमा राजनीतिक स्थिरता कायम भएकोमा खुसी व्यक्त गर्दै नेपालको आर्थिक विकासमा हामी सहयोग गर्न तयार छौं भन्नुभएको छ।’

प्रचण्डले नेपाल-भारत सम्बन्ध नयाँ उचाईमा पुगेको समेत बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार