अाेली सरकारद्धारा भारतलार्इ सित्तैमा दिएकाे नेपालकाे ठूलाे जलविद्युत अायाेजना अरूण तेस्राेकाे कार्यालमा बम विस्फाेट भएकाे छ ।

संखुवासभाको खाँदबारी-९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको हो ।

कार्यालयभमा के कति क्षति भयाे भन्ने कुरा अझै एकिन नभएकाे बताइएकाे छ । संखुवासभा जिल्ला प्रहरी अधिकारीले बम विस्फाेट गराएकाे स्वीकार गरेका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणको पूर्वसन्ध्यामा गत वैशाख १६ गते कम्पाउन्ड वालमै बम प्रहार भएको थियो ।

नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले काठमाडौंबाटै अरुण तेस्रोको शिलान्यास गरेका थिए ।

अरुण तेस्रो जलविद्युत आयोजना ९ सय मेगावाट क्षमताको हो । देशकाे निकै मूल्यबान अायाेजना भारतलार्इ सित्तैमा दिएर अाेली सरकारले ठूलाे राष्ट्रघघात गरेकाे भन्दै देशभक्त नेपालीहरूले व्यापक अालाेचना गरेका छन् ।

विप्लव नेतृत्वकाे नेकपा, वैद्य माअाेवादीलगायत पार्टीहरूले अरूण तेस्राे सम्झाैता भारतसँग गर्दा ठूलाे राष्ट्रघात गरेकाे भन्दै अान्दाेलन समेत शुरू गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार