उत्तर कोरियाली नेतासँग हात मिलाएर हाई-हाई कमाइरहेका डोनाल्ड ट्रम्पको अहिलेको भूमिकालाई नकारात्मक रुपमा हेर्न आवश्यक छैन । तर, छ दशक अघिको कोरिया प्रायद्वीपलाई सम्झने हो भने निकै ठूलो वियोगान्त इतिहासको सम्झना आउँछ ।

माअाेसँग उनका छाेरा

बिसौं शताब्दीको मध्यसम्म एउटै देशका रुपमा रहेको कोरिया प्रायद्वीप एउटै देशका रुपमा रहेको थियो ।

दोस्रो विश्वयुद्धको समाप्तिपछि कोरिया विभाजित बन्यो र तीन वर्षसम्म उत्तर कोरिया र दक्षिण कोरियावीच शक्ति राष्ट्रहरुले गरेको ‘प्रोक्सी वार’ मा लाखौं कोरियनहरुले ज्यान गुमाउनुपर्‍यो ।

कोरिया प्रायद्वीपमाथि सन् १९१० देखि १९४५ सम्म जापानले कब्जा जमाएर औपनिवेशिक शासन चलाएको थियो । किम इल सुङको नेतृत्वमा सम्पन्न क्रान्तिसँगै कोरिया १९४५ मा जापानबाट स्वतन्त्र भयो । तर, स्वतन्त्रता पाएको ५ वर्ष नपुग्दै देश विभाजित भयो ।

विभाजनसँगै दक्षिण कोरियामाथि अमेरिकाले नियन्त्रण जमायो । उत्तर कोरियालाई तत्कालीन सोभियत संघ र चीनले आफ्नो प्रभावमा लिए । त्यसलगत्तै सन् १९५० देखि १८५३ सम्म उत्तर र दक्षिण कोरियावीच लडाइँ भयो ।

यही लडाइँमा उत्तर कोरियालाई साथ दिन जाँदा चिनियाँ नेता माओत्सेतुङका जेठा छोरा कोरियामा मारिए ।

समाजवाद र पुँजीवादको वैचारिक दरार एवं शक्तिराष्ट्रको चेपुवामा परेर विभाजित बनेका कोरियाली मनहरु करिब सात दशकपछि आपसमा जोडिन लागेका छन् । र, यो पक्ष कोरियाली जनताका लागि निकै नै भावुक विषय हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार