पुष्पकमल दाहाल प्रचण्ड एमालेमा विलय भएपछि पुनगर्ठित माअाेवादी केन्द्रले गाेपाल किरातीकाे अध्यक्षतामा ७ सय केन्द्रीय समिति बनाएकाे छ ।

मंगलबार काठमाडाैंमा बसेकाे केन्द्रीय समिति बैठकले यस्ताे निर्णय गरेकाे हाे । साथै बैठकले ८ जनाकाे केन्द्रीय पदाधिकारी समेत बनाएकाे छ ।

बैठकले पुनगर्ठित माअाेवादी केन्द्रकाे महासचिवमा कर्णजित बुढाथाेकीलार्इ चयन गरेकाे छ भने उपाध्यक्षमा भविश्वर पराजुली र तिलक थापामगरलार्इ चयन गरेकाे छ । साथै बैठकले सचिवमा राजन तिमिल्सिनालार्इ चयन गरेकाे ।

बुधबार काठमाडाैंमा पत्रकार सम्मेलन अायाेजना गरेर साे पार्टीले यस्ताे संरचना घाेषणा गरेकाे हाे ।

‘प्रचण्डले ठूलाे समुहलार्इ एमालेमा लगेर विलय गरेपनि अरू कयाैं क्रान्तिकारी नेता कार्यकर्ता बाँकी रहेकाले हामीले अलिकति ठूलाे संरचना बनाएका छाैं’, अध्यक्ष किरातीले जनपाटीसँग भने, ‘महाधिवेशनपछि हामीले पार्टीलार्इ नयाँ स्वरूमा लैजान्छाैं, याे संक्रमणकालीन संरचना मात्र हाे ।’

पत्रकार सम्मेलनमा अध्यक्ष किरातीले प्रचण्डले जनयुद्धको धावनमार्ग भत्काए पनि अाफुहरूले पुनःनिर्माण गर्ने बताए । प्रचण्डले माओवादी केन्द्र परित्याग गरेकोले अाफुहरूले त्यही पार्टीलार्इ निरन्तरता दिएकाे पनि दावी गरे ।

अध्यक्ष किरातीले भारतको तर्फबाट सिमानामा ज्यादती भएको भन्दै सिमानामा पर्खाल लगाउन माग समेत गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार