विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट निकट अखिल क्रान्तिकारीमा विभिन्न पार्टी निकट विद्यार्थीहरू प्रवेश गरेका छन् ।

नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीमा विभिन्न पार्टी निकट विद्यार्थीहरू धुर्वीकृत हुन अाएका हुन् । साेमबार आज एक क्रायक्रम गरि भैरहवामा विभिन्न संगठन परित्याग गरी प्रचण्ड अाेली नेतृत्वकाे सत्ताधारी नेकपा निकट विद्यार्थी संगठनका  केन्द्रीय सदस्य लगायत १३ जना नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल क्रान्तिकारीमा प्रवेश गरेका हुन् ।

नेकपा रुपन्देही इन्चार्ज शरद ओलीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा  नवप्रवेशीहरूलार्इ स्वागत कार्यक्रम गरिएकाे थियाे । साेही कार्यक्रममा नेकपा २ न क्षेत्रीय इन्चार्ज बिनोद खनाल, अनेमसंघ अध्यक्ष रेखा खनाल, इन्द्र्जित कुमार राय, राजु खानको उपस्थिति रहेकाे थियाे ।

साे एकीकरणा कार्यक्रमको संचालन तथा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्षता रमेश गैरे, स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष गोपाल रोकाले गरेका थिए भने ध्रुवीकरणबाट जङ्ग बहादुर हरिजनले मन्तव्य राखेका थिए ।

नवप्रबेशी विद्यार्थी नेताहरूमा सत्ताधारी नेकपा तथा पूर्व माअाेवादी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य हबिब खान, फाेरम विद्यार्थी संगठनका केन्द्रीय सदस्य देवराज लाेधलगायत विद्यार्थी नेताहरू विप्लव नेकपाकाे विद्यार्थी संगठनमा प्रवेश गरेका हुन् । 

त्यसैगरी अरू नवप्रवेशीहरूमा फाेरम विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष मनाेहर चाैधरी, फाेरम विद्यार्थीका जिल्ला सचिव अंकित चाैधरीलगायत दर्जन बढी जिल्लास्तरीय नेता कार्यकर्ताहरू प्रवेश गरेका हुन् ।

नेकपा निकट विद्यार्थी संगठनमा ध्रुवीकृत हुनेहरूकाे विवरण यस्ताे छ –

१) हबिब खान ( माके विद्यार्थी के.स )
२) देबराज लोध ( फोरम विद्यार्थी के.स )
३) मनोहर चौधरी ( फोरम विद्यार्थी उपाध्यक्ष )
४) अंकित चौधरी ( फोरम विद्यार्थी सचीब )
५) खुर्सिद आलम ( माके DCM )
६) महेन्द्र माझी ( माके )
७) जङ्ग बाहादुर हरिजन
८) निरमाया रागा
९) उदय गौतम
१०) अनिल हरिजन
११) रमेश हरिजन
१२) प्रेन्का यादब
१३) राजेन्द्र यादव

विप्लव नेकपा निकट विद्यार्थी संगठनमा प्रवेशकाे लहर

विप्लव नेकपा निकट विद्यार्थी संगठनमा प्रवेशकाे लहर

विप्लव नेकपा निकट विद्यार्थी संगठनमा प्रवेशकाे लहर

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार