एमालेका पूराना एवं परिपक्व नेता राधाकृष्ण मैनालीले सत्ताधारी नेकपा अब विघटनकाे बाटाेमा जाने टिप्पणी गरेका छन् ।

सत्ताधारी नेकपाभित्र पश्चिमा र भारतकाे शिविरमा रहेर काम गर्ने दुर्इवटा शिविर रहने भन्दै मैनालीले केपी अाेली र प्रचण्ड ती दुर्इ शिविरभित्र रहेर विदेशी शक्तिकाे दलाल बन्ने गंभीर अाराेप लगाएका छन् ।

एक अनलाइन पत्रिकासँगकाे कुराकानीमा मैनालीले अाेली भारतकाे शिविरमा रहेर काम गर्नेछन् भने प्रचण्डले पश्चिमाहरूकाे शिविरमा रहेर दलालकाे भूमिका निर्वाह गर्ने सनसनीपूर्ण विश्लेषण गरेका छन् ।

उनै मैनालीसँग गरिएकाे कुराकानीकाे सानाे अंश –

अब नेकपाभित्र झगडा सुरु हुन्छ । अब त्यहाँ दुईवटा रेखाहरु कोरिन्छन् । एउटा ओलीपक्षीय र अर्को ओली विपक्षको रेखा कोरिन्छ । त्यहाँ अब पश्चिमीहरुले प्रभावित पारेको एउटा ब्लक बन्छ । युरोपियनहरु र क्रिश्चियनहरुको प्रभावमा परेको एउटा टीम बन्छ । त्यसको खिलाफमा अर्को टीम बन्छ ।

अनेकौं कारणले केपी ओली इण्डियाको नजिकमा गएर पश्चिमाको पर जान खोज्छन् । इण्डियाले पनि उनलाई कति पत्याउला थाहा छैन । तर, पश्चिमा र नन पश्चिमाको वीचमा नेकपाभित्र अब एउटा रेखा कोरिँदैछ ।

पश्चिमाहरुको नेतृत्व भनेको त्यहाँ प्रचण्डले नै गर्ने हो । माधव नेपालजी त प्रचण्डको पछि नै हिँड्ने हुन् । माधवजी कता गएर आफूलाई फाइदा हुन्छ भनेर कहिले यता, कहिले उता गरेर अवसर खोज्दै हिँडेका छन् । अन्ततः उनको ठाउँ भनेको प्रचण्डकै कित्तामा हो । वामदेव गौतमजीको मलाई लाग्छ, त्यतिमाथिको पोजिसन हुँदैन । तर, जहाँ माधव त्यहीँ वामदेव हो ।

केपी ओलीको अहिले पार्टीमा तलदेखि माथिसम्म जुन पकड बनेको छ, माथिका नेताहरु केपीसँग अहिले तीन/चारजना मात्रै छन् । अब सुवास नेम्वाङ नै कहाँ आँप फल्ने हो, त्यो टिप्न कुदेका कुद्यै छन् ।

मलाई लाग्छ बाहिर हेर्दा जति सजिलो छ, स्थिति त्यति सजिलो छैन ।

(पूर्वएमाले नेता मैनालीसँग अनलाइनखबरले गरेकाे कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार