सरकारले चितवनमा  राज्य आतङ्क मच्चाएपछि सर्वसाधारण त्रस्त भएका  छन् ।

चितवनका विभिन्न ठाउँमा नेकपाका नेता–कार्यकर्ताहरुले गतिविधि बढाएपछि प्रहरीले सार्वजनिक सवारी साधनमा खानतलासी गरेको छ।

जनयुद्धकालकाे भीषण युद्धका क्रममा जस्तै संकटकालकाे झल्काे दिनेगरी प्रहरीले ठाउँ ठाउँमा राज्य अातंक सिर्जना गरेकाे नेकपा चितवन सेक्रेटरीले धुर्बले जानकारी दिएका छन् ।

सर्वसाधारणहरूका अनुसार प्रहरीले जनतालाई बिनाकारण दुःख दिएको भन्दै मानवअधिकारवादी र पत्रकारहरूलार्इ यस्ताे घटनाकाे सत्यतथ्य बाहिर ल्याउन अनुराेध गरिएकाे छ ।

उता विप्लव नेकपाले जिल्लामा सरकारले यस्ताे श्वेतअातंक बन्द गरेर सर्वसाधारणहरूलार्इ सहज जीवनयापन गर्न दिनुपर्ने बताएकाे छ । विप्लव नेकपाकाे जनतामा अाकर्षण र लाेकप्रियता बढेकाे देखेपछि अाेली सरकारले दमनकाे बाटाे समाएकाे नेकपाकाे विश्लेषण रहेकाे छ ।

नेकपाले राज्यले संकटकालकाे जस्तै दमनकाे श्रृंखला चलाइरहे त्यसका विरूद्ध अाफ्नाे पार्टीले बाध्य भएर प्रतिराेधकाे बाटाे समाउन तयार रहेकाे चेतावनी दिएकाे छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार