जन निर्वाचित भएर गएका जनप्रतिनिधिहरूले नै जनताकाे सेवामा भन्दा अाफ्नाे स्वार्थमा ध्यान केन्द्रीत भइरहेकाे अर्काे प्रमाण फेला परेकाे छ ।

रौतहटकाे एक नगरपालिकामा  प्रहरीले गढिमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहित ५ जनालाई पक्राउ गरेको छ । नगरपालिकाका विभिन्न योजनाको भुक्तानीलगायतको काम चन्द्रनिगाहापुरको एक होटलमा बसेर गरिरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, लेखापाल बिमल मिश्र, नायब सुब्बा करपुरी ठाकुर र कार्यालय सहायक अजयकुमार यादव पनि रहेका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

नगरपालिकाका विभिन्न योजनाको भुक्तानीलगायतको काम चन्द्रनिगाहापुरको एक होटलमा बसेर गरिरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो

पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, लेखापाल बिमल मिश्र, नायब सुब्बा करपुरी ठाकुर र कार्यालय सहायक अजयकुमार यादव पनि रहेका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

पाँचै जनालाई जिल्ला प्रशासन कार्यालयमा बयान गराइएको छ । मेयरसहित पाँचै जनाको बयानपछि खोजेको बेलमा उपस्थित हुने शर्तमा सहीछाप गराएर छोडिएको र उनीहरुबाट बरामद गरिएका कागजात तथा बयानको कागजहरु सबै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

होटलमै बसेर नगरपालिकाका कर्मचारीको तलबको लागी चेक काटिएको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार