नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले दलाल पुँजीपतिहरूकाे सम्पति अाफ्नाे पार्टीले राष्ट्रियकरण गरेर जनताकाे सेवामा लगाउने बताएका छन् ।

नेपालका दलाल पुँजीपतिहरूले श्रमजीवि वर्गकाे जनताको श्रम र पसिना चुसेर धन थुपारी राखेको भन्दै उनीहरूकाे सम्पति अाफूहरुले राष्ट्रियकरण गर्ने नेता सुदर्शनले बताए ।

नेकपाका नेता सुदर्शनले  एक अन्तरवार्तामा बोल्दै ओलीले विनोद चौधरी, अजय सुमार्गी, मिनबहादुर गुरुङलगायतका केही मुठिभर दलाल पुँजीपतिहरुको सम्पती कब्जा गरेर राष्ट्रियकरण गरिने बताए ।

जनताको श्रम र पसिना चुसेर सम्पति थुपारेका कारण कब्जा गरेर जनताको सम्पति बनाउनु पर्ने ओलीले धारणा राखे । उनले आफूहरुको लडाइँ दलालहरुसँग भएको बताउँदै उनीहरुको संरक्षण गर्नेसँग लडाइँ पर्ने बताए । त्यसको लागि जनतालाई सचेत र जागरण गर्ने बताए ।

दलाल व्यस्था र दलाल पुँजिपतिविरुद्ध जनताले संघर्ष गरेको बताउँदै ओलीले त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए । दलालहरुले जनतालाई लुट्न नछोडे जनकारवाहीदेखि उच्चस्तरसम्मको कारवाही हुन सक्ने बताए ।

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म भ्रष्टाचारमा संलग्न हुने गरेको बताउँदै ओलीले उनीहरुपनि जनकारवाहीको भागिदार हुने चेतावनी पनि दिए ।

उनले टेलिकमलगायतका संस्थाहरुमा हुने नियुक्तिमा पनि मन्त्रीले कमिसन खाने गरेको बताए । उनले टेलिकमलाई कमजोर बनाएर एनसेललाई बलियो बनाउने षड्यन्त्र भइरहेको बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार