विप्लव नेकपाका पाेलिटव्युराे सदस्य पदम रार्इ र अाेम प्रकाश पुनलार्इ सर्वोच्च अदालतले बुधबार रिहालगत्तै प्रहरीले भने पुन गिरफ्तार गरेकाे छ ।

पाेलिटव्युराे सदस्य रार्इ र पुनसँगै नेकपा उदयपुर इन्चार्ज केदार रार्इलार्इ पनि प्रहरीले सर्वाेच्च परिसरबाटै गिरफ्तार गरेकाे छ । उनीहरूलार्इ अज्ञातस्थलतर्फ लगेकाे बुझिएकाे छ ।

नेकपा पोलिटब्युरो सदस्य भरत बमसहित अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव धीरेन्द्रा उपाध्याय भृकुटी, रोल्पा–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च समाजका अध्यक्ष रणबहादुर पुन र सम्पर्क समाजका केन्द्रीय सदस्य शिव राई पनि बुधबारै रिहा भएका छन् उनीहरूलाई गत शनिबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रमबाट गिरफ्तार गरिएको थियो ।

गैरकानुनी थुनामा रहेका नेकपाका नेताहरूका पक्षमा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, सुशील पन्त, एकराज भण्डारी, अधिवक्ताहरू कपीलचन्द्र पोखरेल, सतीषराज मैनाली, कान्तिराम ढुङ्गाना र चिरञ्जीवी ढकालले बहस गरेका थिए ।

६ जनाको मुद्दामा सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर राणा र मीरा खड्काको इजलासले गैरकानुनी थुनामुक्त गर्ने आदेश दिएको थियो ।

गैरन्यायिक थुनामा रहेका नेता ओम पुनमाथि लगाइएको अर्को मुद्दामा सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको इजलासमा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, सुशील पन्त, एकराज भण्डारी, अधिवक्ताहरू कपीलचन्द्र पोखरेल, सतीषराज मैनाली, कान्तिराम ढुङ्गाना र चिरञ्जीवी ढकालले बहस गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार