विप्लव नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डकाे गिरफ्तारीपछि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एक वक्तव्य प्रकाशित गरेर साे कार्यकाे भर्त्सना गरेका छन् ।

विप्लव नेकपाका प्रवक्ता प्रकाण्डसहित सबै गिरफ्तार नेता कार्यकर्ताको विनाशर्त अविलम्ब रिहाईको जोडदार माग गरेका छन् ।

क्रान्तिकारी माअाेवादीका महासचिव वैद्यले नेता कम्युनिस्ट नामकाे सरकारले कम्युनिस्ट पार्टीकै नेता गिरफ्तार गरेर घृणित कार्य गरेकाे भन्दै यस्ताे कार्य राेक्न उनले सरकारलार्इ अाग्रह समेत गरेका छन् ।

वैद्यद्धारा बुधबार जारी गरेको वक्तव्यमा प्रवक्ता प्रकाण्डसहित सबै नेता कार्यकर्ता रिहा गर्न सरकारलार्इ बिनाशर्त रिहा गर्न अाग्रह समेत गरेका छन् ।

“नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का स्थायी समिति सदस्य तथा प्रवक्ता क.प्रकाण्डसहित तीन जना कमरेडहरुलाई नेपाल सरकारले यही साउन २२ गते साँझ काठमाडौंको दक्षिणकालीबाट गिरफ्तार गरेको समाचार प्रकाशमा आएको छ ।” महासचिव वैद्यले भनेका छन्, ”आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरुलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय हो । हाम्रो पार्टी यस प्रकारको गिरफ्तारीको घोर विरोध एवम् भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी गिरफ्तार गरिएका कमरेड प्रकाण्ड लगायत सबै नेता तथा कार्यकर्ताहरुको विनाशर्त अविलम्ब रिहाई गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ ।”

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार