अाेली सरकारकाे गिरफ्तारीमा परेका नेकपा प्रवक्ता प्रकाण्डले अाफुहरूलार्इ चरम मानसिक यातना दिएर कम्युनिस्ट नामकाे अाेली सरकारले घाेर प्रतिक्रान्तिकारी व्यवहार देखाएकाे बताएका छन् ।

अाफ्नाे पार्टी अहिलेकाे विद्यमान संविधान र व्यवस्थाका विरूद्ध स्पष्ट राजनीतिक नारा बाेकेर अगाडि बढेकाे पार्टी र यसका नेताहरूलार्इ गिरफ्तार गरेर कम्युनिस्ट नामकाे अाेली सरकारले बलियाे प्रतिक्रान्तिकारी हर्कत देखाएकाे प्रकाण्डकाे भनार्इ छ ।

जिल्ला प्रशासनका अगाडि पत्रकारहरूका सामु संक्षिप्त प्रतिक्रिया दिदै प्रकाण्डले अाेली र प्रचण्डहरूले लिएकाे गलत नीतिले नेपाली जनता अाजित भएकाे र अाफ्नाे विचारमा सहमत भएकाे जिकिर समेत गरे।

प्रवक्ता प्रकाण्डले सरकारले राजनीतिक गरेकै कारण आफूलाई पक्राउ गरी नजरबन्दमा राख्ने र रातभर सुत्न नदिई चरम मानसिक यातना दिने काम दिएको प्रतिक्रिया दिए।

ओली र प्रचण्डको सरकारले आफूहरुलाई राजनीति गर्न नदिएको भन्दै उनले आफूलाई लगाइएको हत्कडी देखाउँदै प्रतिक्रान्तिको यही उदाहरण भएको बताए।

जिल्ला अदालत काठमाडौंले प्रकाण्डलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अादेश दिएको छ । बुधबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डलाई थुनामै राखेर थप अनुसन्धानको काम अघि बढाउन प्रहरीलाई  अनुमति दिइएको हो ।

मंगलबार साँझ काठमाडौंका टौदहबाट पक्राउ परेका प्रकाण्डसहित उनका ३ जना सहयोगीमाथि जबरजस्ती चन्दा असुली गरिएको अभियागमा मुद्दा दर्ता गरिएको छ।

भिडियाे –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार