संघीय लिम्बुवान पार्टीका नेता कुमार लिङदेनले कांग्रेस र सत्ताधारी नेकपाका नेताहरूले अादिवासी जनजाति समुदायलार्इ ठुलाे धाेका दिएकाे गंभीर अाराेप लगाएका छन् । केही जनजाति नेताहरूलार्इ टिपेर माथि लैजाने तर तर जनजाति समुदायकाे मुद्धा ज्युँकात्युँ रहने अवस्था रहेकाे उनकाे अाराेप छ ।

प्रस्तुत त संघीय लिम्वुवान पार्टीका अध्यक्ष लिङदेनसँग अनलाइनखबरले गरेको कुराकानीः

जनजाति आन्दोलन कमजोर हुनुको कारण के हो ?ा

आदिवासी आन्दोलन कमजोर भएको छैन । खासगरी कांग्रेस एमालेहरुले जनतालाई कसरी धोका दिन्छन् होला भन्ने कुरा जनताले प्रत्यक्षरुपमा बुझिराखेका थिएनन् । उनीहरुले (कांग्रेस कम्युनिस्टले) आफ्नो पार्टीमा मगर र गुरुङबाट नेताहरु ल्याइहाल्थे, लिम्बुबाट सुवास नेम्वाङजस्तालाई ल्याइहाल्थे । यसले गर्दा जनजातिमाथि दमन गरिएको छ भन्ने नै देखिइराखेको थिएन ।

तर, जब प्रदेशहरुको नामाकरण गर्ने कुरा आयो, यो त ठ्याक्कै देखियो । जस्तो तमुवान, मगरातलाई गण्डक प्रदेश बनाइयो । अहिले त्यहाँको वातावरण हेर्नोस् न । ए यसरी पो घाँटी काट्दा रहेछन् भन्ने जनजातिहरुले बुझे ।

प्रत्येक प्रदेशमा उनीहरुले आफ्नो नीति लागू गर्दैजाँदाखेरि अब जनताले बुझ्दै जानेछन् । त्यसपछि बाहुनवादी नेतृत्वको अन्तिमरुपमा अनुहार देखिएपछि अब आदिवासी आन्दोलन उठ्छ, यो मरेको छैन ।

भनेपछि, आन्दोलन उठ्नेमा तपाई अझै विश्वस्त हुनुहुन्छ ?

आदिवासी महासंघ लगायत पहिचानवादी पार्टीहरु र विभिन्न पार्टीभित्र रहेका आदिवासीहरु मिलेर १९ र २० गते आदिवासी राष्ट्रिय राजनीतिक सम्मेलन गर्न हामी सफल भइयो नि त । आज त्यसको घोषणा हुँदैछ नि त । यसको घोषणापत्रमा भयंकर कुराहरु पो आएको छ त ।

अहिले केही बुद्धिजीविहरुले जनजातिहरुको बेग्लै पार्टी चाहिन्छ भन्नुभएको छ । केहीले चाहिँ जनजातिको बेग्लै पार्टी खोल्नुभन्दा मूलधारकै पार्टीभित्र बसेर हस्तक्षेप गर्नु राम्रो हुनेरहेछ भन्ने अनुभव सुनाइरहनुभएको छ । यसमा तपाईको अनुभव के छ ? हुन त तपाई आफैंले लिम्बुवान पार्टी चलाइराख्नुभएको छ, तथापि तपाईको पार्टी खासै मौलाएको देखिँदैन…..

अब नयाँ ढाँचाको पार्टी चाहिन्छ । जस्तो-तमुवान पाउनका लागि त्यहाँका जनताले तमुवानकै नाममा संघर्ष गरेको हुनुपर्‍यो । लिम्बुवानका नाममा, मगरातका नाममा गरेको हुनुपर्‍यो । यसरी नयाँ संघीय ढाँचाको पार्टी चाहिन्छ । तर, हामीले यो संघीय ढाँचाबारे जनतालाई बुझाउन सकिरहेका छैनौं ।

हुन त राष्ट्रिय जनमुक्ति पार्टी, संघीय समाजवादी फोरमजस्ता पार्टीहरु पनि छन् । तर, तिनीहरु केन्द्रीकृत पार्टीहरु नै भए । पोखराको गुरुङ डाइरेक्ट संघीय समाजवादी फोरममा लाग्नुपर्ने भो, त्यहाँ तमुवान भन्ने त कुरा आएन । तर, पहिचान पाउनका लागि त ऐतिहासिक समुदायहरुले संघर्षका क्रममा आधुनिक राष्ट्र बनेर देखाउन सक्नुपर्छ । अनि राज्य पाउने हो । ऐतिहासिक समुदायहरु आन्दोलनका क्रममा राष्ट्र बन्नुपर्छ अनि राज्य पाउने हो । यो कसैले दिने हैन ।

यसका लागि एउटा, संघीय मञ्चले सोचेजस्तै केन्द्रमा एउटा छाता संगठन र प्रान्त-प्रान्तमा अधिकारसम्पन्न प्रान्तीय पार्टीहरु गठन गरेर अगाडि जानुपर्छ । हामीले ०६६ सालमा यसको प्रस्ताव गरेका हौं तर, चिर्न सकिएन । तर, हामी असफल भएका होइनौं । संघीय समाजवादी फोरमजस्तै पार्टी बनाउने हो भने त म पनि सकिहाल्छु नि । जस्तो अहिले पोखराको मान्छे लिम्वान पार्टीमा आउन सक्दैन नि त । यसले तमुवान बनाउनैपर्छ । तमुवानको झण्डा उठाउनैपर्छ । अनि उसँग एउटा मोर्चामा हाम्रो भेट हुन्छ । त्यसैले हामीलाई गाह्रो भएको हो क्या । यसरी बनाइयो भने मात्रै सफल भइन्छ ।

यहाँचाहिँ साथीहरु के खोज्छन् भने केन्द्रमा बलियो हुनुपर्‍यो, प्रचण्डले भनेजस्तै सबैतिर लाग्ने हुनुपर्‍यो । यस्तै केन्द्रीकृत पार्टीको कल्पना गरेर कहाँ हुन्छ ? अहिले उपेन्दन्रजीले पा्रक्टिस गरिराखेको संघीय समाजवादी फोरमको तरिकाले हुँदैन । अब उपेन्द्र यादवजी गएर सरकारमा बस्नेबित्तिकै सबै विंग्सहरु सरकारविरोधी आन्दोलनमा आउन सके त अब ? सक्दैनन् नि । त्यसकारण यस्तो ढाँचाको होइन, संघीय ढाँचाको पार्टी बनाउनुपर्छ । यसमा मधेसका राजपा वा फोरम र लिम्बुवानका आफ्नै झण्डा हुनुपर्छ ।

अशोक राई र उपेन्द्र यादवहरुले जस्तै सामाजिक लोकतान्त्रिक पार्टीका नाममा जनजाति पार्टी खोल्ने प्रयास चैतन्य सुब्बाहरुले पनि गरेका थिए, उनीहरु असफल हुनुको कारण के हो ? जस्तै राष्ट्रिय जनमुक्ति पार्टी पनि मौलाउन सकेन…..

त्यसको संघीय ढाँचाहरु क्लियर नहुनु नै मुख्य कारण हो । लिम्बुवान त हामीले अनेक समस्याका बाबजुत पनि उठाएकै छौं नि । देश विदेशमा सबैले यो लिम्बुवान काम लाग्दैन भनेर भए पनि लिम्बुवानकै नाम लिएका छन् । लागि गर्नकै लागि भए पनि लिम्बुवान त मुखमा त आउँछ नि । यो लिम्बुवान अहिले राष्ट्र बन्ने प्रक्रियामा छ ।

कुमार लिङदेनले संघीय लिम्बुवान राष्ट्रिय मञ्चलाई पार्टी बनाउन सक्थ्यो, तर मञ्चै भनेर बनाइयो । फोरम र जनमुक्तिले १० प्लस १ प्रदेश भने पनि आफ्नै पार्टी संरचनालाई ७ मै लगेका छन् । यसरी त कहाँ हुन्छ ? यसरी आउँदैन । पार्टी संरचना पनि १० प्रदेशकै हुनुपर्छ ।

तपाईको विचारमा अहिले आदिवासी पार्टी गठनको माहौल आउँदैछ कि बिग्रँदैछ त ?

त्यो माहौल त आउँदै छ नि । एकात्मक पार्टीहरुले देखिने गरी धोका दिएका छन् । यसले गर्दा अब आदिवासी आन्दोलनको माहौल आउँदैछ । त्यसैले म त धेरै आशावादी छु ।

अर्को, कुरा यो चुनाव जितेर बहुमतको सरकार बनाएजस्तो होइन । एकपल्ट आएपछि यो ५ लाख हजार बर्षका लागि आउँछ । त्यसैले यसका लागि मेहनत चाहिन्छ । मेहनतकै फल मीठो हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार