काठमाण्डु, २५ साउन – विवाहपूर्व नै शारीरिक सम्पर्कबाट शिशु जन्मेमा अब दुवैको विवाह भएको मानिने छ । यही भदौ १ गतेबाट कार्यान्वयनमा आउन लागेको नयाँ मुलुकी संहिताले यस्तो व्यवस्था गरेको छ ।

मुलुकी देवानी संहिता ऐनको भाग तीनको दफा ७४ ले कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिने उल्लेख छ ।

शारीरिक सम्बन्धका लागि पुरुषले मायाप्रेमको नाटक गर्ने गरेको घटना धेरै आउन थालेपछि अब त्यसलाई रोक्न यस्तो कानूनी व्यवस्था ल्याइएको हो ।

विवाह गर्ने आश्वासन दिएर शारीरिक सम्बन्ध राख्ने र गर्भवति भएपछि भने पुरुषले महिलालाई स्वीकार नगरी भागेर हिँड्ने जस्ता घटनालाई रोक्न यो कानूनले महत्वपूर्ण भूमिका खेल्ने महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधीवक्ता संजीवराज रेग्मीले जानकारी दिनुभयो ।

तर जबरजस्ती करणी तथा हाडनाता करणीको सन्दर्भमा भने यो व्यवस्था लागू नहुने पनि ऐनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार