माक्र्स एक बहुमुखी, बहुआयामिक र बहुपक्षीय प्रतिभाहरूले सम्पन्न व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ एक महान वैज्ञानिक, वैज्ञानिक सत्यका अनुसन्धानकर्ता, सर्वहारा आन्दोलनका महान गुरु, नेता तथा सङ्गठनकर्ता, सर्वहारा मुक्ति–सङ्घर्षका महान रणनीतिज्ञ तथा कार्यनीतिज्ञ, क्रान्तिकारी विचारक तथा प्रचारक हुुनुहुन्थ्यो ।

सर्वहारावर्गको मुक्तिको पवित्र लक्ष्यमा र सत्य र न्यायको पक्षमा बडो उत्साह, लगन तथा साहसका साथ गरिएको सङ्घर्षले भरिपूर्ण उहाँको जीवन थियो । कम्युनिष्ट लीगका सङ्गठनकर्ता, कम्युनिष्ट घोषणापत्रका एक लेखक, क्रान्तिकारी विश्व–दृष्टिकोण, अतिरिक्त मूल्यको सिद्धान्त र वैज्ञानिक साम्यवादका प्रवर्तक, पहिलो इन्टरनेशनलका मुटु तथा मस्तिष्क, विश्व मजदुर आन्दोलनको लागि सही दिशाबोधदाता र विश्वका मजदुरहरूको वर्ग–सङ्घर्षका लागि संयुक्त कार्यनीतिका प्रतिपादकको हैसियतबाट उहाँले सामाजिक विचारको क्षेत्रमा र श्रमिक मानवजातिको मुक्ति–लक्ष्यमा अमर र गौरवशाली उहाँले योगदानहरू गर्नुभयो ।

विशाल हृदय भएका सर्वहारावर्गका सच्चा नेता तथा गुरुको हैसियत राख्ने महान व्यक्तित्वमा महान चारित्रिक गुणहरू स्वाभाविक रूपमा रहेका हुन्छन् । वैज्ञानिक, चिन्तक तथा क्रान्तिकारी योद्धाको रूपमा मात्र होइन, मानिसको रूपमा पनि माक्र्स सर्वोत्तम बौद्धिक तथा नैतिक गुणहरूले सम्पन्न हुनुहुन्थ्यो । अन्याय, अत्याचार तथा शोषणप्रति र त्यस्तै फट्याइँ, पाखण्डीपन तथा त्रूmरताप्रतिको दृष्टिकोणमा, आफ्ना सहयोद्धा, मित्र तथा अनुयायीहरू र केटाकेटीहरूप्रतिको व्यवहारमा र साथै सामना गर्नुपरेका आपद–विपद र दुखको बेलामा उहाँको महान चरित्रमा अन्तर्निहित गुणहरू अभिव्यक्त भएका थिए ।

माक्र्सको स्वीकारोक्ति (Confessions), जुन उहाँले १८६५, अप्रिल १० तारिखमा लेख्नुभएको थियो, त्यसले उहाँको व्यक्तित्व र चरित्रको सम्बन्धमा केही प्रकाश प्रदान गर्छ । व्यक्ति कस्तो कुरा मन पराउँछ, कस्तो मन पराउँदैन, कस्तो व्यक्तिलाई मन पराउँछ, कस्तोलाई घृणा गर्छ भन्ने कुरामा उसको मानसिक स्थिति, मनोवैज्ञानिक बनौट, उसको व्यक्तित्वको आन्तरिक ढाँचाले सारगत रूपमा आपूmलाई व्यक्त गर्छन्् ।

उपरोक्त स्वीकारोक्ति निम्न प्रकारको छ ः

तपाईंलाई सबभन्दा बढी मनपर्ने गुण–  सरलता
पुरुषमा तपाईंलाई मनपर्ने गुण– बल
आइमाईमा तपाईंलाई मनपर्ने गुण–कमजोरी
तपाईंको मुख्य विशेषता–आफ्नो उद्देश्यप्रति पूर्ण समर्पण
सुखसम्बन्धी तपाईंको विचार– सङ्घर्ष गर्नु
दुःखसम्बन्धी तपाईंको विचार– आत्म–समर्पण गर्नु
तपाईंले क्षमा गर्नसक्ने अवगुण – सजिलैसित धोखामा पर्नु
तपाईंलाई सबभन्दा बढी घृणालाग्ने अवगुण– दास–प्रवृत्ति
तपाईंलाई अति मननपर्ने व्यक्ति–  मार्टिन तुपर
तपाईंको प्रिय पेशा – किताबको किरा बन्नु
तपाईंलाई मनपर्ने कवि –  सेक्सपियर, एसिलस, गेटे
तपाईंलाई मनपर्ने गद्य–लेखक – दिदेरत
तपाईंलाई मनपर्ने वीर – स्पार्टाकस, केप्लर
तपाईंलाई मनपर्ने वीराङ्गिनी – ग्रेचेन
तपाईंलाई मनपर्ने रङ्ग – रातो
तपाईंलाई मनपर्ने नाउँ – लौरा, जेनी
तपाईंलाई मनपर्ने खाना– माछा
तपाईंको प्रिय सूत्र– कुनै पनि मानवीय चीज मेरो लागि विजातीय छैन (Nihil humani a me alienum puto)

तपाईंको प्रिय आदर्श वाक्य –हर कुरामा शङ्का गर (De omnilus dubitendum)

आफ्नो समयका प्रगतिशील प्रवृत्तिहरू र समाजको सबभन्दा क्रान्तिकारी र भविष्य बोकेको वर्गका आधारभूत हितहरूको सच्चा प्रवक्ता हुनाले, माक्र्स वास्तविक तथा पूर्ण अर्थमा महान नेता कहलिन योग्य हुनुहुन्थ्यो । के भनिन्छ भने श्रमजीवी जनताका सच्चा, महान नेतामा केटोको दिल हुन्छ — विशाल, शुद्ध, सीधा र पवित्र । उक्त भनाइ एक महान सत्य हो, र माक्र्समा उक्त सत्यले आपूmलाई अधिकतम स्पष्ट, अधिकतम पूर्ण र अधिकतम चहकिलो रूपमा अभिव्यक्त गरेको छ ।

आफ्नो माक्र्ससम्बन्धी संस्मरणमा विल्हेल्म लीब्नेच्टले माक्र्सको चरित्रका विशिष्ट लक्षणहरूबारे धेरै ठाउँमा चर्चा गरेका छन् । एक ठाउँमा उनले लेखेका छन् ः

“माक्र्स त्यस्ता थोरै मानिसहरूमा एकजना हुनुहुन्छ, जो मिथ्याभिमानबाट मुक्त थिए । उहाँ कति महान, कति सबल र साथै कति स्वाभिमानी हुनुहुन्थ्यो भने उहाँमा मिथ्याभिमान भन्ने कुरा थिएन । उहाँ कहिले पनि बनावटी रूप लिनुहुन्नथ्यो, उहाँ सँधैभरि आफै हुनुहुन्थ्यो । नक्कली भेष धारण गर्न वा बहाना गर्न उहाँ सक्नुहुन्नथ्यो, जस्तो कि कुनै केटो त्यसो गर्न सक्दैन …….

“कुनै पनि मानिस माक्र्सभन्दा बढी सत्यवादी हुन सक्दैन — उहाँ सत्यवादीताको अवतार हुनुहुन्थ्यो ।

“निरन्तर युद्धको स्थितिमा रहेको हाम्रो ‘सभ्य’ समाजमा सधैँभरि सत्य बोल्न सकिँदैन, किनभने त्यसरी बोल्दा शत्रुको हातको खेलौना बन्न जानेछ वा समाजबाट अलगिने खतरा रहनेछ । तर, सत्य बोल्नु अक्सर बुद्धिमानी नभए पनि,, सधैँभरि झुटो बोल्नु आवश्यक छैन । मैले आपूmलाई लागेको वा आपूmले महसुस गरेको कुरा जैले पनि भन्नु हुँदैन, तर त्यसको अर्थ आपूmले महसुस नगरेको वा आपूmलाई ठीक नलागेको कुरा भन्नुपर्छ भन्ने होइन । पहिलो बुद्धिमानी हो भने पछिल्लो पाखण्डनीपन हो । माक्र्स कहिले पनि पाखण्डी हुनुहुन्नथ्यो । एक सीधासाधा केटो झैं, उहाँ पाखण्डी बन्न एकदमै सक्नुहुन्नथ्यो । उहाँकी श्रीमती उहाँलाई अक्सर ‘मेरो ठूलो बच्चा’ भनी बोलाउँथे, र तिनले भन्दा बढी कसैले पनि, एन्जेल्स समेतले पनि, उहाँलाई जानेका वा बुझेका थिएनन् ।
“झुठो बहाना गर्ने मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्थ्यो ।”

वैज्ञानिक सत्यका अथकित अनुसन्धानकर्ता हुनाले, माक्र्सको एउटा चरित्रगत विशेषता कस्तो रहेको थियो भने उहाँ खोक्रो वाक्यांश, फोस्रो धाक तथा फाइँफुट्टी, झुटो पोजको प्रदर्शन आदिलाई भयानक रूपले घृणा गर्नुहुन्थ्यो, र त्यसलाई उहाँ क्षमायोग्य कुरा ठान्नुहुन्नथ्यो । विज्ञानको क्षेत्रमा होस् वा राजनीतिको क्षेत्रमा, उहाँ साधन र साध्यको शुद्धताको पक्षधर हुनुुहुन्थ्यो, र त्यसको विपरित गरिने क्रियाकलापलाई नीच तथा घिनलाग्दो कुरा ठान्नुहुन्थ्यो । राम्रा, आकर्षक वाक्यांशहरू प्रयोग गरी आफ्नो बुद्धिहीनतालाई लुकाउन खोज्ने, वा षड्यन्त्रकारी ढङ्गले क्रान्तिकारी नाराहरू दिई आफ्नो महत्वाकांक्षी उद्देश्य वा संकीर्ण स्वार्थ पूरा गर्न खोज्ने प्रवृत्तिलाई उहाँ एउटा ठूलो अपराधको रूपमा लिनुहुन्थ्यो । उहाँको अन्तर्दृष्टि यति तीक्ष्ण थियो कि उहाँ त्यस्ता वाक्यांश तथा नाराहरूको पछिल्तिर रहेको पाखण्डीपन, गँवारपन वा निहित स्वार्थलाई राम्ररी देख्नुहुन्थ्यो । खास रूपले उहाँ विज्ञानलाई, कुनै सिद्धान्तलाई आफ्नो स्वार्थ सिद्ध गर्नका लागि प्रयोग गर्ने गँवारहरूप्रति साह्रै ठूलो घृणाको दृष्टिले हेर्नुहुन्थ्यो । “नीच उद्देश्य” मा विज्ञानको प्रयोग गर्नु हुँदैन भनी उहाँ जोडदार रूपमा वकालत गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्छ ः “………. जब कुनै मानिसले विज्ञानलाई स्वयं विज्ञानबाट निकालिएको दृष्टिकोणसित होइन, बरु बाहिरबाट, विजातीय बाहिरी हितबाट निकालिएको दृष्टिकोणसित मिलाउन खोज्छ, तब म उसलाई ‘नीच’ भन्छु ।”

माक्र्सले उपरोक्त कुरा थामस रबर्ट माल्थस, रोस्चर, फ्रेडेरिक बास्टियट जस्ता विज्ञानको झुटो विवेचना गर्ने र शासकवर्गहरूप्रति चापलुसी देखाउनेहरूलाई लिएर भन्नुभएको थियो । उहाँ त्यस्ता अर्थशास्त्री, राजनीतिज्ञ, दार्शनिक आदिलाई ‘नीच’ ठान्नुहुन्थ्यो, जो सत्यको खोज गरी त्यसलाई खुलस्त पार्नुको सट्टामा सत्यको झुटो रूप र मिथ्या व्याख्या प्रस्तुत गर्ने, अर्ध–सत्य कुराको चिप्लो घसेर सत्यलाई लुकाउन खोज्ने र त्यसरी शासकवर्गहरूको हित साध्ने र आफ्नो संकीर्ण स्वार्थ पूरा गर्ने गर्दथे ।

त्यस्तै, सस्तो लोकप्रियताका भोका, आफ्नो अल्पज्ञानका घमण्डी तथा आत्म–प्रशंसक नेताहरूप्रति पनि उहाँमा ठूलो घृणाको भाव थियो । जर्मन सामाजिक–जनवादीहरूका नेता फर्दिनैण्ड लास्साल उहाँको दृष्टिमा उपहासको पात्र बन्नाको कारण के थियो भने उनमा प्रतिभा भए पनि,, सस्तो लोकप्रियताको भोक, शान देखाउने कुलीनवर्गीय प्रवृत्ति, पैसाको लोभ, चञ्चलता तथा भावुकता, जस्ता खराबीहरू रहेका थिए । त्यसो हुनाले माक्र्सले उनलाई घृणा र उपहास जनाउने नक्कली नामहरू दिने गर्नुभएको थियो । उहाँ सस्तो लोकप्रियताको निम्ति गरिने चाप्लुसी तथा प्रचारलाई घृणाको दृष्टिले हेर्नुहुन्थ्यो, र उहाँले लोकप्रियताको दृष्टिबाट कहिले काम गर्नु भएन । १८७७ नवेम्बर १० तारिखमा विल्हेल्म ब्लोसलाई पठाएको पत्रमा उहाँले लेख्नुभयो ः “हामीमध्ये” (यहाँ हामीको ताप्पर्य आपूm र एन्जेल्स–ले.) “कसैले पनि लोकप्रियताको लागि रत्ती पनि वास्ता गरेका छैनौं । उहदाहरणका लागि, त्यसको एउटा प्रमाण के हो भने कुनै पनि व्यक्ति–पूजाप्रति घृणाको कारणले गर्दा, इन्टरनेशनल रहँदाखेरि विभिन्न मुलुकहरूबाट मप्रति प्रशंसाका जुन असंख्य अभिव्यक्ति प्रकट गरिएको थियो, त्यसलाई मैले कहिले पनि आम प्रचारको क्षेत्रसम्म पुग्न दिएको छैन,  र यदाकदा गाली गर्नु बाहेक मैले कहिले पनि जवाफ दिएको छैन । पहिलोपटक एन्जेल्स र म गोप्य ‘कम्युनिष्ट समाज’मा सामेल हुँदाखेरि हामीले एउटा कस्तो शर्त राख्यौं भने प्राधिकारप्रति अन्ध–विश्वासपूर्ण विश्वासलाई प्रोत्साहित गर्ने सारा कुरा नियमावलीबाट हटाउनु पर्छ ।”

लोकप्रियताको लागि गरिने काम र प्रयासलाई उहाँ पटक्कै मनपराउनु हुन्नथ्यो । उहाँको एउटा दृढ मत के थियो भने जन–समूहबाट प्राप्त हुने वाहवाहीको मतलब आपूm गलत बाटोमा रहेको तथ्यको एउटा पक्का सबूद प्रमाण हो । कसैले आफ्नो खुब प्रशंसा गर्र्दैमा, वा कसैले निन्दा वा बदख्वाइँको प्रचार गर्दैमा, वा कसैले आफ्नो विरुद्ध होहल्ला मचाउँदैमा उहाँ आफ्नो बाटो छोडेर हिंड्ने व्यक्ति हुनुहुन्नथ्यो । जसले जेसुकै भनून्, गाली गरुन् या तारिफ गरुन्, त्यसबाट रत्ती पनि विचलित नभएर र बदख्वाइँ र निन्दालाई माकुराको जालो झैं ठानी त्यसलाई पन्छाई उहाँ आफ्नो बाटो लाग्नुभयो । जब जब कुकुरले भुक्छ, तब तब जो मानिस रोकिन्छ, ऊ कहिल्यै आफ्नो लक्ष्यमा पुग्न सक्दैन । त्यसैले दाँतेको निम्न पङ्क्ति माक्र्सको मूलमन्त्र बनेको थियो ः खुरुखुरु आफ्नो बाटो लाग, भन्नेहरू भनिरहून् ।

विज्ञानमा र राजनीतिमा गवाँरहरू त्यस्ता मानिसहरूमध्येका थिए, जसप्रति माक्र्समा औधी घृणा थियो र जसलाई उहाँ उपहासको पात्र बन्न योग्य ठान्नुहुन्थ्यो । गवाँरवादका धेरै रूपहरू छन् र त्यो विभिन्न रूपमा व्यक्त हुन्छ । गवाँरहरू आपूmलाई बडो ठूलो चिन्तकजस्तो, बडो बुद्धिमानीजस्तो देखाउन खोज्छन्, तर तिनीहरू ज्ञान–सागरमा सतहभन्दा तल पुगेका हुँदैनन् । तिनीहरू आफ्ना खिचडी धारणा, इच्छा वा अनुमानलाई तथ्य मानेर अखबारहरूमा प्रचार वा संसदमा भाषण गरेर संसारलाई हाँक्न सक्ने ठान्छन् । उनीहरू जोशिला शब्दहरू प्रयोग गरेर उडन्ते भाषण गर्न मनपराउँछन् र अनि आफ्नै महत्वाकांक्षा वा स्वार्थलाई समयको मागको रूपमा प्रस्तुत गर्न धक मान्दैनन् । कोही त आपूm ठूलो योद्धाको रूपमा प्रस्तुत गर्छन्, तर तिनीहरू त्याग र बलिदान गर्ने योद्धा नभएर पेटको लागि वा पदको लागि लड्ने योद्धा मात्र सधैँभरि रहन्छन् । तिनीहरू फुलबुट्टा भरेर भाषण गर्छन््, साना–तिना काम गरेर आपूmले महान काम गरेको ठान्छन्; दिमाग खोक्रो भए पनि, आपूmलाई ठूलो विद्वान सम्झन्छन्, कुनै ठोस काम गर्न नसके पनि आपूmलाई वीर ठान्दछन्, आफ्नै महत्वाकांक्षा, वा पद–प्राप्ति वा नाउँ–प्रचारको स्वार्थलाई समाजको भलाइको मापदण्डको रूपमा लिन्छन् । गवाँरहरू विभिन्न रूपमा र विभिन्न भूमिकामा देखापर्ने गर्छन्् । कहिले मालिकजस्तो, ठूलो नेताजस्तो, कहिले क्रान्तिकारी योद्धाजस्तो आफ्नो प्रदर्शन पनि गर्छन्् भने आफ्नो स्वार्थ पूरा हुने भए मालिकको सामु, सत्ताको सामु, वा ठूलाको सामु लाजै नमानिकन दासजस्तो भएर आपूmलाई समर्पण गर्छन्् । खास रूपले, दास–भावना गवाँरको चरित्रको एउटा अभिन्न अङ्ग, उसको चेतनाको मूल धार बनेको हुन्छ । निम्न–पुँजीवादी आत्म–सन्तुष्टि, काथरता तथा पदलोलुपता, चापलुसी र पाखण्डीहरूमा रहेको दास–मनोविज्ञानको स्वाभाविक उपजको रूपमा रहेको गवाँरवाद शोषणमा आधारित सामाजिक व्यवस्थाको एउटा अनिवार्य प्रतिफल हो ।

माक्र्सको निम्ति, गवाँरवाद एक ज्यादै घृणित र हास्यास्पद कुरा थियो र गवाँरहरूप्रति उहाँको घृणा, आलोचना तथा उपहासको दृष्टि रहेको थियो । अङ्ग्रेजी नीतिशास्त्री जेरेमी बेन्थामलाई (१७४८–१८३२) उहाँले “गवाँरहरूका पिता” को संज्ञा दिनुभयो । १९ औं शताब्दीमा पुँजीवादी विवेकका मूर्ख पुरेत र अहंकारी स्वार्थलाई समाजको भलाइको मापदण्ड ठान्ने गवाँरवादका नमुना समर्थक रहेका बेन्थाम, उहाँको दृष्टिमा, “पुँजीवादी वाहियातीपनको रूपमा प्रतिभा” थिए । माथि उल्लेखित उहाँको स्वीकारोक्तिमा उहाँलाई असाध्य मननपर्ने व्यक्तिको रूपमा मार्टिन तुपरको नाउँ उल्लेख भएको छ, र सो व्यक्ति, माक्र्सको दृष्टिमा, गवाँरको अति नीच रुचि मुताबिकको सस्तो सफलताका प्रतीक, साहित्यिक गवाँरवादका प्रतीक रहेका थिए । उहाँले लेख्नुभयो ः “कविहरूको माझमा मार्टिन तुपरको जुन स्थान छ, त्यस्तै स्थान दार्शनिकहरूको माझमा बेन्थामको रहेको छ ।”

गवाँरको आत्म–सन्तुष्टिप्रतिको घृणा र उपहासपूर्ण दृष्टि माक्र्समा युवावस्थादेखि नै रहेको थियो, र त्यो उहाँको चरित्रको एउटा खास विशेषता थियो । विज्ञान र राजनीतिको क्षेत्रमा गवाँरहरू देखापर्नु कुनै आकस्मिक कुरा नभएर स्वाभाविक रहेको तथ्यलाई उहाँले पहिले नै औंल्याउनुभएको थियो । उहाँको दृष्टिमा, जसरी प्रत्येक क्रान्तिले ठूल–ठूला वीरहरूका साथै कतिपय नालायक, बेकम्मा तत्वहरूलाई, कुनै रूपमा आफ्नो स्वार्थलाई अघि बढाउन खोज्ने तत्वहरूलाई प्रकाशमा ल्याउँछ र जसरी समुद्रमा उठ्ने आँधीपछि त्यसको तल्लो भागमा हिलो जम्ने गर्छ, त्यसरी नै प्रत्येक महानताको विकासले तुच्छहरूलाई पनि सतहमा ल्याउने गर्छ । वास्तवमा गवाँरहरू त्यस्ता नालायकहरू हुन् जो क्षुद्रता र नीचतामा आपूmलाई हुर्काउने गर्छन्् र जो फोहर हिलोमा रमाउने गर्छन्् । युवावस्थामा नै माक्र्सले बडो चहकिलो विद्वताका साथ लेख्नुभएको थियो “…….. प्रत्येक भीमकाय व्यक्तिले, र त्यस्तै बीस लाइनको प्रत्येक अध्यायले एउटा बाउन्नेको पूर्वानुमान गर्छ; प्रत्येक प्रतिभाले संकीर्ण विचारका गवाँरको र समुद्रमा उठ्ने प्रत्येक आँधीले हिलोको पूर्व–अनुमान गर्छ, र पहिलो बिलाउने बितिकै पछिल्लो शुरु हुन्छ र त्यो हठ्ठीपूर्वक आफ्ना लामा खुट्टाहरू पसारेर टेबुलनिर बस्दछ ।”

प्रत्येक महानको आफ्नो विपरित हुने, त्यसलाई सो विपरितले फाल्ने कुराको जिकर गर्दै उहाँले वीर सिजारलाई नाटकमा खेल्ने अक्टाभियानसले, सम्राट नेपोलियनलाई पुँजीवादी राजा लुई फिलिपले, दार्शनिक कान्टलाई कार्पेट–नाइट क्रुगले, कवि स्किलरलाई होफ्राट रौपाचले र लीब्नेच्टको स्वर्गलाई ओल्फको कक्षा–कोठाले पछ्याएको कुरा उल्लेख गर्नुभयो ।

एकातिर माक्र्समा गवाँरवादप्रति, पाखण्डीपनप्रति ठूलो घृणा थियो भने अर्कोतिर उहाँमा विनाभेदभाव सारा कुराको विरोध गर्ने, विनासन्दर्भ क्रान्तिको ठूल–ठूला कुरा गर्ने, कुनै सकारात्मक कार्यक्रम प्रस्तुत गर्ननसक्ने र पूरै नकारात्मकताको प्रदर्शन गर्ने प्रवृत्तिप्रति कुनै सहानुभूति थिएन । आफ्नो युवावस्थामा उहाँले त्यस्ता “बर्लिन बकम्फुसेहरू”प्रति रोष प्रकट गर्ने गर्नुहुन्थ्यो जो आपूmलाई सच्चा क्रान्तिकारी र मानवजातिको मुक्तिदाताको रूपमा बडो घमण्ड र फाँइफुट्टी गर्दै हिंड्ने गर्दथे ।

त्यसताका उहाँले राइनिश जाइटुङ्लाई निर्लज्ज आत्म–विज्ञापन र आत्म–प्रशंसापत्रमा फेर्ने उक्त जमातको प्रयासको विरोध गर्नुभएको थियो र त्यससित आपूmले गरेको मागबारे १८४२ नवेम्बरमा रुजलाई लेखेको पत्रमा भन्नुभएको थियो ः “मैले उनीहरूबाट कम अस्पष्ट तार्किकता, कम तडकभडकपूर्ण वाक्यांशहरू र कम आत्म–सन्तुष्ट आत्म–प्रशंसा, र बढी निश्चितता, वास्तविक स्थितिप्रति बढी ध्यान, बढी दक्ष ज्ञानको माग गरेँ । मैले के भने भने म अमहत्वपूर्ण नाटकीय आलोचनाहरू, आदिमा कम्युनिष्ट तथा समाजवादी सिद्धान्तहरूलाई र, त्यसैले, नयाँ विश्व–दृष्टिकोणलाई घुसाउनु अनुचित, साँच्चैको अनुचित समेत ठान्दछु, र यदि साम्यवादबारे छलफल नै गर्नु छ भने म त्यसबारे बिलकूल भिन्नै र बढी पूर्ण छलफलको माग गर्दछु ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार