महान् लेनिनको नेतृत्वमा महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गरिएको देश रुस लेनिनवादका सबल कार्यान्वयनकर्ता र हिटलरी फासीवादलाई धुलो चटाएर तत्कालिन सोभियत सङ्घलाई जोगाउन सफल विश्व चर्चित क्रान्तिकारी योद्धा स्टालिनले पुनर्निर्माण गरेको देश रुसमा पाइला टेकिसकेपछि पहिलो नम्बरमा लेनिन र स्टालिन एवम् क्रान्तिकारी रुसी जनताले निर्माण गरेका विरासत हेर्न हामी धेरै आतुर थियौं ।

रूसकाे राजधानी मस्काेमा लेखक हस्तबहादुर केसी ।

लेनिन–स्टालिनका विरासतहरुलाई त पहिलो नम्बरमा हेर्न र अध्ययन गर्न हामी निकै आतुर थियौं । हामीसँग नेपाली टोली १५ जनाको र ब्राजिल, बेल्जियम, नेदरल्याण्ड र कोरिया कमरेडहरु गरी ४० जनाको संयुक्त टोली थियो । हाम्रो नेपाली टोलीमध्ये मलगायत ७ जना कमरेडहरु होस्टेलमा बस्दै आएका थियौं । अन्य ८ जना साथीहरु अर्कै होटेलमा बस्नु भएको थियो भने युरोपियन टोली अर्कै होटेलमा बसेको थियो ।

यो सन् २०१७ नोवेम्बर ३ तारिखको दिनको कुरा हो । हामी रुसको मस्कोस्थित प्रेमोमायास्काया शहरमा बसेका थियौं । रुसमा पाइलो टेकिसकेपछि वैज्ञानिक साम्यवादका सिद्धान्तकार एवम् सर्वहारावर्गका असल गुरु कार्ल माक्र्सको शान्तिको अवलोकन गर्ने, विशाल रेडस्क्वायर मैदानको अवलोकन गर्ने कार्य र अत्यन्तै मनमोहक तथा ऐतिहासिक जर्जिया पार्कको अवलोकन त गरिसकेका थियौं । तर, लेनिन–स्टालिनका विरासतहरु र अन्य महत्वपूर्ण र विषयको अध्ययन अवलोकन गर्न हामी ज्यादै आत्तिएका थियौं ।

बिहान ९.० बजेतिरको कुरा हो, गाइड र रुसी कमरेडहरु एलेक्सी र आन्तोनले हाम्रो टोलीलाई अर्को नेपाली टोली बस्ने होटेलमा पु¥याउनु भयो । त्यहाँ पहिले नै रुसी क्रान्तिकारी कम्युनिष्ट नेता जो अग्लो कद, गोरो छाला, हिउसँग सामना गर्न सक्ने बाक्लो ब्रानीकोट पहिरिएको र लेनिनले झै खैरो रंगको छालाको झोला भिरेका कमरेड दिमित्री कोन्चेन्को र महिला योद्धा तारिसासमेत् त्यस होटेलमा पहिले नै आइसक्नु भएको रहेछ । उहाँहरु अन्यत्र बस्नु हुन्थ्यो ।

एक क्षणपश्चात् युरोपियन टोली पनि त्यही होटेलमा आइपुग्यो । होटल बाहिर आँगन र रोडतिर सेतेम्यै हिउँ जमिरहेको थियो । हात मुख कठ्याङ्ग्रिने चिसो थियो । होटेलको अगाडि हामीलाई यात्रा गराउने गाडी तयारी अवस्थामा देखिन्थ्यो ।

म होटेलको लबीमा पुग्ने बित्तिकै कमरेड दिमित्री उठेर आउनुभयो र मसँग गरमजोशका साथ हात मिल्याउनु भयो र मतिर हेर्दै भन्नुभयो, “ज्याकेट लगाएर आउनु होस्, यो सुटले त जाडोमा मरिन्छ नि” मैले उनियाँको कोट, रातो स्वेटर उनियाँकै कमिज र कालो पेन्टसँग कालो सुटमा थिए । यो देखेर कमरेड दिमित्रीले सत्य बोल्दै हुनु हुन्थ्यो, किनकि सामान्य सुट लगाएर रुसको जाडो झनै मस्कोमा भएको हिमपात र जाडो धान्न त गाह्रो थियो नै । तर मैले भित्रपट्टी इण्डियन बाक्लो ? थर्मोकोट लगाएको थिए, त्यसले गर्दा जाडो पचाउन सक्थे । यो कुरा मैले कमरेड दिमित्रीलाई सुझाए । त्यसपछि दिमित्रीले ‘ओके’ भन्नु भयो । मलाई जाडोले जित्न सकेको थिएन पनि ।

त्यसपछि हामी त्यहाँबाट अगाडि बढ्यौं र गाडीमा चढ्यौं । मेट्रो रेलवे स्टेशनसम्म त्यही गाडीले पु¥याइ दियो ।

रेलवे स्टेशनमा प्रवेश गर्नका लागि हामीलाई टिकटको रुपमा कार्ड उपलब्ध गराइएको थियो । त्यही कार्डले मेसिनमा छोएपछि गेट पास हुन्थ्यो । त्यसैगरी गेट प्रवेश ग¥यौं । करीब २०० मिटर तल भूमिगत मेट्रो रेल आउने भएकाले लिफ्टद्वारा तल झ¥यौं । दायाँ र बायाँतिरबाट मेट्रो रेलहरु आइरहेका थिए, गइरहेका थिए । एउटा रेल जम्मा १ मिनेट मात्र त्यहाँ रोकिने रहेछ । त्यो समय भित्र यात्रुहरु ओर्लिन र चढ्ने गरि सक्नु पथ्र्यो ।

त्यहाँ चारैतिरका भित्ताहरुमा माक्र्स, लेनिन, स्टालिनका फोटोहरु रङ्गीनमा कुदिएका थिए, गोर्की पुगिकन आदि कवि, साहित्यकारहरुका फोटाहरु पनि सजिएका थिए । जताततै कम्युनिष्ट पार्टीका झण्डाहरु सिमेन्टमै कुँदिएर भित्तामा टाँगेर राखिएका थिए । ती फोटाहरुका बारेमा र त्यहाँको अन्य विषयका बारेमा कमरेड दिमित्रीले रसियन भाषामा भन्दै जानु हुन्थ्यो भने बेल्जियमका कमरेडले अंग्रेजी भाषामा हामीलाई बुझाउँदै अगाडि बढ्नु हुन्थ्यो । बोल्दा सानो सानो माइक शरीरमै जडान गर्नुभएको थियो । आँखा चिम्लेर बोल्ने उहाँको बानी थियो । ती कुराहरु सुन्दै हामीहरु अगाडि बढ्यौं । रेलमा चढ्ने बेला भयो । दिमित्रीले सङ्केत गर्नु भयो । मेट्रो रेल आइपुग्यो । डिब्बाहरु खुल्न थाले । हतारमा यात्रुहरु ओर्लिए । हामी पनि छिटछिटो रेलको डिब्बाभित्र पस्यौं । रुसी जनताका साथ कतै उभिएर त कतै कुर्सीमा बसेर यात्रा पार ग¥यौं । ज्यादै रमणीय यात्रा थियो त्यो ।

रुसी यात्रुहरु रेलभित्र हल्ला कत्ति पनि गरेका हुँदैन थिए । धेरै जसोले केहीले किताब खोलेर त कोहीले ट्याब्लेट र मोबाइल खोलेर सिङ्गै किताब खोलेर पढिरहेका देखिन्थ्यो । वातावरण शान्त हुन्थ्यो । बरु हाम्रो नेपाली टोलीले पो हल्ला गरिरहेको हुन्थ्यो रेलभित्र पनि । नेपाली स्वभाव त्यहाँ पनि राम्ररी झल्किन्थ्यो ।

मेट्रो रेलबाट ओर्लि सकेपछि दुई तलामाथि लिफ्टबाट चढ्यौं र बाहिर निस्क्यिौं । सडकमा गइसकेपछि दायाँपट्टीको भागबाट अगाडि कमरेड दिमित्री लाग्नु भयो । हाम्रो टोली अगाडि बढ्यो ।

त्यसदिन सर्वप्रथम हामीलाई मस्कोस्थित युद्ध सङ्ग्रहालयमा लगियो । सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धको समयमा जर्मनको हिटलरी नाजीवादीहरुले रुसमाथि भीषण आक्रमण गरेको थियो । जर्मन साम्राज्यवादका विरुद्ध स्टालिनको नेतृत्वमा रुसी सेनाले बहादुरीपूर्ण राष्ट्रिय युद्ध लडेर जर्मन सेनालाई खरानी पारेर रुसी भूमिबाट लखेटेर विजय प्राप्त गरेको थियो । शानदार रुपमा विजय प्राप्त गरेको थियो ।

हिटलरी सेनाका विरुद्ध लड्दा खेरी निर्माण गरिएका अत्याधुनिक हात हतियारहरु, गोला बारुद्ध र मिसाइलहरुको ठूलो भण्डारण गरिएको रहेछ र त्यसलाई एउटा खुला म्युजियमका रुपमा व्यवस्थित रुपले राखिएको रहेछ । अन गर्न मात्र बाँकी राखिएका र युद्धमा शत्रुसित लड्न तयारी अवस्थामा राखिएका जस्ता देखिने ती सबै हतियारहरुको गहन ढङ्गले अध्ययन अवलोकन गर्ने काम गरियो । र त्यस ऐतिहासिक क्षणका अवस्मिरणीय तस्वीरहरु पनि खिच्ने काम गरियो । किनभने, यो अत्यन्तै ठूलो अवसर थियो ।

हामीहरु महान् अक्टुबर क्रान्तिले १०० वर्ष पूरा गरेको अवसरमा रुसकै ऐतिहासिक सहर लेनिनग्रादमा आयोजना हुने अक्टुबर क्रान्ति सत् वार्षिकी उत्सवमा भाग लिन जादै थियो । त्यही महत्वपूर्ण र ऐतिहासिक कार्यक्रममा भाग लिन पाउनु र सहभागी हुन पाउनु भनेको मेरो जीवनको लागि ज्यादै गौरवको विषय थियो । यो युद्ध सङग्रहालय पनि कम महत्व र ऐतिहासिक थिएन । लेनिनग्राद जाने क्रममा ४ दिन जति राजधानी मस्कोमा बसेर त्यहाँका लेनिन स्टालिनका योगदान र विरासतले भरिएका ठाउँ, म्युजियम अन्य महत्वपूर्ण कुराहरुको अवलोकन भ्रमण गराउने आयोजक कमरेडहरुको योजना रहेछ, त्यही योजना मुताविक हामीलाई ती स्थानहरुमा पु¥याउने र अत्यन्तै व्यवस्थित ढङ्गले अध्ययन अवलोकन गर्ने र गराउने कार्य भइरहेको थियो ।

हाम्रो टोली र म स्वयम्ले त्यस ऐतिहासिक युद्ध सङ्ग्रहालयको निकै महत्व दिएर अवलोकन भ्रमण गरियो । अरु धेरै हेर्न चाहँदाचाहँदै पनि समयका अभावले गर्दा त्यस ठाउँबाट हामीहरु बाहिरिन बाध्य भयौं । स्मरणमा सबै दृश्यहरु कैद गर्दै कमरेड दिमित्रीको नेतृत्वमा अगाडि बढ्यौं

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार