शुक्रबार राती सम्पन्न भएका दुर्इ खेलमा ल्याटिन अमेरिकी देशका दुर्इ दाबेदार मानिएका टीम उरूग्वे र ब्राजिल विश्वकपबाट बाहिरिएका छन् ।

उरूग्वे फ्रान्ससँग २-० ले पराजित हुँदा ब्राजिल बेल्जियमसँग २-१ ले पराजित भयाे । पराजित भएसँगै उरूग्वे र ब्राजिल दुवै दक्षिण अमेरिकी मुलुककाे यात्रा राेकिएकाे छ ।

शुक्रबार राती सम्पन्न दुर्इ खेलमध्ये पहिले खेलमा बलिया स्ट्राइकर काभानीबिना मैदानमा उत्रेकाे उरूग्वे फ्रान्ससँग स्तव्ध हुन पुग्याे, र पराजितसँग उरूग्वे रसिया विश्वकपबाट बाहिरियाे ।

त्यसपछि दाेस्राे खेलमा पाँचाैपटककाे विश्वविजेता ब्राजिल र उदीयमान खेलाडीहरूले भरिपूर्ण बेल्जिमका खेलाडीबीच निकै राेमाञ्चक खेल भयाे ।

खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले  आत्मघाती गोल गरेसँगै उत्साहित बनेको बेल्जियमका लागि ३१ औं मिनेटमा केभिनले गोल गर्दै टोलीलाई २–०को अवस्थामा पुर्याए ।

यस्तै खेलको ७६ औं मिनेटमा ब्राजिलका रेनातोले गोल फर्काएपछि खेल थप रोमाञ्चित बन्यो ।

त्यसपछि एकपछि अर्को गर्दै बेल्जियमको पोस्टमा ब्राजिलले बल प्रहार गरेपनि बलियो डिफेन्स बाधक बन्न पुग्यो र खेल २–१ मा टुंगिदै बेल्जियम बिजयी बन्न पुग्यो ।

ब्राजिलकाे विश्वकप यात्रामा पूर्णविराम लागेसँगै यसपटककाे विश्वकपमा युराेपेली राष्ट्रहरूकाे राज भएकाे छ । ल्याटिन अमेरिका, एशिया, अफ्रिकालगायत विश्वभरिका सहभागी मुलुकका टीम बाहिरिएसँगै युराेपेली मुलुकहरूकाे दबदबा बढेकाे हाे।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार