इङ्ग्ल्याण्डलाई २–१ ले  स्तब्ध पार्दै  क्रोएशिया विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ  ।

बिहिबार बिहान रुसको मस्कोस्थित लुज्नुकी रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा क्रोएशिलाले ऐतिहासिक जित दर्ता गराएको हो ।

सन् १९९८ मा विश्वकपमा प्रवेश गरेको क्रोएसिया त्यतिबेला नै सेमीफाइनलसम्म पुगेको थियो । त्यसयता यो क्रोएशियाको एेतिहासिक जित हो ।

निकै रोमाञ्चक खेलमा इङ्ग्ल्याण्डले पाचौं मिनेटमै गोल गर्दै अग्रता कायम गरेको थियो तर खेलको ६८ औं मिनेटमा क्रोएशियाले बराबरी गोल गर्न पुग्यो ।

त्यसपछि ९० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्र समयमा धकेलिएको थियो ।

क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको हो । यसअघि क्रोएसिया सन् १९९८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । क्रोएसिया सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएर बनेको देश हो ।

अब उसले आइतबार हुने फाइनल खेलमा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार