पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड्सद्धारा नेपाल ५५ रनले पराजित भएपछि अर्काे इतिहास रच्नबाट असफल भएकाे छ ।

नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालको ब्याटिगं मध्य समयमा आएर धरमराएसँगै नेपालले जम्मा १३४ रन जोड्न सफल भएसँगै ५५ रनले पराजित भएको हो ।

उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रन जोडेपनि त्यसपछिका अन्य खेलाडीले गतिलो प्रदृशन गर्न नसक्दा नेपालले आज इतिहाँस रच्ने मौका गुमाएको हो । कप्तान पारस खड्का गुमाएपछि आरिफ शेख, बसन्त रेग्मी, सोमपाल कामी खाता खोल्न नपाउदै मैदानबाट बाहिरीएपछि अन्तिम समयमा नेपाल शक्ति गौचन र शरद भेषावाकारको भरमा परे पनि उनीहरुले सुखद परिणाम दिन नसेनन् ।

एक सय ९० रनको लक्ष्य पक्ष्याएको नेपालले सुरुवात भने निकै राम्रो गरेको थियो । एकदिवसिय डेब्यु खेलमा नै अर्धसतक प्रहार गरेका ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि अनिल शाहसँग ५८ रनको साझेदारी गरेका थिए । तर अनिल २१ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्काले पनि ज्ञानेन्द्र मल्लसँग राम्रो साझेदारी गर्न खोजे पनि व्यक्तिगत १२ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो ।

तर नेपालको ८७ रन हुदा ओपनर तथा डेब्यु खेलमा ५१ रन बनाएका ज्ञानेन्द्र आउट हुँदा नेपालले ८७ रनमा अर्को विकेट गुमायो । तर आरिफ, बसन्त र सोमपाल लगातार रुपमा आउट भएपछि नेपाल एकाएक दबावमा आयो । त्यसमा पनि फिल्डिङका क्रममा औलामा चोट बोकेका शरद आफ्नो पोजिसनमा ब्याटिगमा नआएपछि नेपाललाई झन दबाव भएको थियो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३३ रन बनाए । त्यसपछि कुनै खेलाडी पनि राम्रोसँग खेल्न नसक्दा नेपालले खेलको मध्य समयतिरबाट उत्कृष्ट खेल खेल्न नसक्दा इतिहाँस रच्न सकेन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार