चीनले स्वदेशमा बनेको पहिलो युद्धक विमानबाहक जहाजको समून्द्री परीक्षण शुरु गरेको छ ।

चीनले यो युद्धक विमान बाहकलाई अघिल्लो एप्रिलमै सार्बजनिक गरेको थियो । तथापी यसको सिस्टम अपडेट गर्न र हतियार जोड्नका लागि एक वर्ष समय खर्च भएको थियो । यसको हालसम्म कुनै स्थाई नाम पनि दिइएको छैन ।

यो युद्धक विमान बाहक चीनको नौसेनामा सामेल भए पछि चीनको समून्द्री तागतमा बढ्ढोत्तरी हुने रक्षा विशेषज्ञहरुले अनुमान गरेका छन् ।

चीनको शिन्ह्वा समाचार एजेन्सीले आइतबार एक वक्तव्य जारी गरेर भनेको छ “देशको दोश्रो युद्धक विमान बाहक डालियान शिपयार्ड डकबाट आफ्नो पहिलो समून्द्री परीक्षणको लागि निक्लिएको छ ।”

यो परीक्षणको उद्देश्य जहाजको विश्वसनीयता र स्थिरताको निरीक्षण गर्ने हो ।

यो भन्दा पहिले पनि चीनसाग एक अर्को युद्धक विमान बाहक रहेको छ । यसको नामक ‘लायोनिङ्ग’ दिइएको छ । रुसमा बनेको यो युद्धक विमान बाहक चीनले सन् २०१२ बाट प्रयोग गर्न थालेको हो । तथापी यसलाई तालिम र अनुसन्धानको लागि बनाइएको जहाज मानिन्छ ।

चीनको नौसेनाले लायोनिङ्ग प्रयोग गर्न थालेपछि सन् २०१३ बाट स्वदेशी युद्धक विमान बाहक बनाउन शुरु गरिएको थियो । नयाा बाहकको स्थाई नाम नभए पनि यसलाई ००१ए कोड नाम दिइएको छ । यो नयाा युद्धक विमान बाहकले सन् २०२० बाट नौसेनामा आफ्नो सेवा शुरु गर्ने अनुमान गरिएको छ ।

चीनको विमान बाहक कार्यक्रमबारेमा अहिलेसम्म निक्कै कम जानकारी मात्र बाहिर आएको छ । चीनको राष्ट्रपति शी जिनपिङ्ग आफैले यो परियोजनामा निगरानी गरिरहेको बताइएको छ । यो कार्यक्रमलाई चिनिया सेनालाई आधुनिक बनाउने उदेश्य अन्तर्गत संचालन हेरिएको छ ।

यो परियोजना अन्तर्गत अत्याधुनिक लडाकू विमान र एन्टी स्याटेलाइट मिसाइल पनि बनाइदैछ । चीनले लामो समयदेखि साउथ चाइना सीमाथिको नियन्त्रण कायम गर्नको लागि प्रयास गरिरहेको छ । पछिल्लो समय चीनमा सेनामा भइरहेको लगानी त्यसैलाई ध्यान दिएको गरिएको मानिन्छ ।

चीनको यो युद्धक विमान बाहक अमेरिकाको नौसेनाको बाहन तुलनामा पुरानो र कमसल भएको रक्षा विशेषज्ञहरुले बताए ।

अमेरिकासाग अहिले ११ वटा परमाणू क्षमता भएको युद्धक विमान बाहक रहेको छ । प्राविधिक हिसाबमा पनि यो निक्कै उन्नत छ । उता चीनको युद्धक विमान बाहक भने परम्परागत इन्धनबाट चल्ने इन्जिनबाट चल्दछ ।

‘टाइप ००१ए’ को लम्बाई करिब ३१५ मिटर र चौडाई ७५ मिटर छ । यो आकारले यसलाई विश्वको ठूलो मध्यका युद्धक विमानको हाराहारीमा राख्दछ ।

चीनको पहिलो युद्धक विमान बाहक लियोनिङ्गले एक पटकमा करिब ३० वटा युद्धक विमानहरु राख्न सक्छ । जबकी अमेरिकाको निमित्ज एयरक्राफ्टमा एक पटकमा ६० भन्दा धेरै युद्धक विमान बोक्न सक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार