उत्तर काेरिया र दक्षिण काेरिया शान्तिवार्तातिर लम्किरहेकाे बेला दक्षिणलार्इ अर्काे ठूलाे झट्का लागेकाे छ । याे झट्काकाे बाछिटा अमेरिकासम्म पुग्ने देखिएकाे छ ।

हालै उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेपछि यस्ताे झट्का लागेकाे हाे । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै उत्तर कोरियाले वार्ता रद्द गरेको छ।

उत्तर र दक्षिण कोरियाबीच पनमुनजोनमा अाजै वार्ता हुने तयारी थियो । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनका अनुसार १२ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच सिंगापुरमा तय भएको वार्ताको भविष्यमा पनि प्रश्न उठेको छ ।

केसीएनका अनुसार अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास ‘उक्साहट’ हो ।

अमेरिका र दक्षिण कोरियाले शुक्रबारबाट ‘मेक्स थन्डर’ नामक संयुक्त युद्ध अभ्यास सुरु गरेका थिए । बी–५२ बम वर्षक विमान र एफ–१५ जेट विमानसमेत करिब १ सय लडानु विमान अभ्यासमा छन् ।

सन् १९५३ मा भएको द्वीपक्षीय सम्झौताअनुसार अमेरिका र दक्षिण कोरियाले यस प्रकारको युद्ध अभ्यास गर्दै आएका छन् । तर उत्तर कोरियाले भने त्यसको विरोध गर्दै आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच हालै दक्षिण कोरियामा ऐतिहासिक वार्ता भएको थियो । वार्तामा कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार उत्तर कोरियाले आफ्नो परमाणु परीक्षणस्थल बन्द गरेको घोषणा गरिसकेको छ ।

उत्तर र दक्षिण कोरियाका नेताबीच सन् १९५३ मा भएको युद्धविरामलाई औपचारिक रुपमा यसै वर्ष शान्ति सन्धिको रुपमा बदल्ने तयारी थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार