अमेरिका र उत्तर काेरियाबीच चार बुँदे सम्झाैता भएपछि रुस र इरानले भने फरक प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई धोका दिने रूस र इरानकाे प्रतिक्रिया छ । मंगलबार सिंगापुरमा सम्पन्न शिखर वार्ताबारे प्रतिक्रिया दिँदै रूस र चीनले प्रतिक्रिया दिएका हुन् ।

सिंगापुर वार्तामा जस्तो सम्झौता भएपनि ट्रम्पले कुनै बेला पनि धोका दिन सक्ने रुसको ठहर छ । त्यस्तै इरानसँग गरेको सम्भौता त्यागेको भन्दै ट्रम्पले उत्तर कोरियासँग गरेको सम्झौता पनि तोड्न सक्ने बताएको छ ।

रूस र चीनले उत्तर कोरियालाई चनाखो हुन सझाव समेत दिएका छन् ।

उता चीनले भने  अमेरिका र उत्तर काेरियाकाे सम्झौताले विश्वलार्इ सकारात्मक सन्देश दिने बताएको छ । सम्झौताले चीनमाथिको नाकाबन्दी हट्ने चीनले विश्वास लिएको छ ।

वार्तासँग प्रत्यक्ष सरोकार राख्ने दक्षिण कोरियाले दुई देशबीच भएको सम्झौता र शिखर वार्ता शान्ति र एकआपसका सहयोगको लागि नयाँ अध्याय भएको प्रतिक्रिया दिएको छ ।

उसले अमेरिका र आफ्नो देशको संयुक्त सैन्य अभ्यास समाप्त पार्ने अमेरिकी निर्णयप्रति भने आपत्ति जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार