फ्रान्सकाे राजधानी पेरिसमा हालै सशस्त्र संघर्षकाे नारामा क्रान्तिकारी माअाेवादीकाे समुहले ठूलाे प्रर्दशन गरेकाे छ ।

साे प्रर्दशनमा फ्रान्ससहित, इटाली, जर्मनी, अायरल्याण्ड, नेदरल्याण्ड, अस्ट्रियाका साथै ट्रकीका सयाैं माअाेवादी क्रान्तिकारीहरूकाे जमघट रहेकाे थियाे ।

ढिलाेगरी प्राप्त समाचारअनुसार फ्रान्सकाे राजधानी पेरिसममा उनीहरूले मुख्य प्यालेस्टाइन मुक्ति अान्दाेलनकाे समर्थनमा ठूलाे प्रदर्शन गरिएकाे थियाे । त्यहाँ ठूला ठूला नेतादेखि साधारण मान्छेकाे समेत उपस्थित रहेकाे देखिन्थ्याे ।

लेबनान मुक्तिका लागि सशस्त्र संघर्षका लागि नेतृत्वदायी भूमिका खेलेका जर्जेज इब्राहिम अब्दल्लाह जाे हाल फ्रान्सकाे जेलमा नजरबन्दमा छन्, उनकाे रिहाइका लागि युराेपेली माअाेवादी कम्युनिस्टहरूले प्रदर्शन गरेका हुन् ।

‘प्यालेस्टाइन मुक्तिका लागि सशस्त्र संघर्ष जिन्दावाद’जस्ता नारा लगाएर सयाैं क्रान्तिकारीहरूले ब्यानरसहित जुलुश गरेका थिए ।

यस्ता छन् प्रर्दशनका केही तस्बीरहरू –

पेरिसका सडकमा माअाेवादी क्रान्तिकारीहरू ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार