परमाणु निःशस्त्रीकरणका लागि अमेरिकाले अाफुहरूलार्इ अनावश्यक दबाव दिएको भन्दै उत्तर काेरिया अमेरिकासँग फायर भएकाे छ ।

अमेरिका र उत्तर कोरियाबीच केही समय अघिदेखि सम्बन्ध सुध्रिएपनि पछिल्लाे अमेरिकाकाे गतिविधिले सम्बन्धमा तिक्तता पैदा भएकाे छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाका नेता किम जोङ उनबीच गत जुन १२ मा परमाणु निःशस्त्रीकरणलगायत ४ बुँदामा सहमति भएको थियो ।

त्याे सहमतिअनुसार अमेरिका नहिडेकाे भन्दै उत्तर काेरिया अमेरिकासँग चिढिएकाे छ । ती सहमतिहरू परिपालनाका लागि दुई देशबीच केही समयदेखि संवाद जारी छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पियो वातावरण निर्माण गर्ने उद्देश्यका साथ यतिबेला उत्तर कोरियाको भ्रमणमा छन् । तर उत्तर कोरियाले अमेरिकी रवैयाप्रति असन्तुष्टि जनाएको छ ।

अमेरिकाले ट्रम्प–उनबीच भएका सहमति कार्यान्वयनको वातावरण बनिरहेको बताइरहेका बेला उत्तर कोरियाले भने आशंका व्यक्त गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चार संस्था केसिएनले सरकारका प्रवक्तालार्इ उद्धृत गर्दै अमेरिकाको पछिल्लो कार्यशैलीले अवस्था थप बिग्रिएको जनाएको छ ।

उत्तर कोरियाले अमेरिकाको पछिल्लो रवैयालाई ट्रम्प–वार्ताको स्पिरिटविपरीत भएको आरोप लगाएको छ ।

‘अमेरिका परमाणु निःशस्त्रीकरणका लागि एकोहोरो दबाव दिइरहेको छ, यसले समस्या सुल्झ्याउने भन्दा पनि बल्झाउने काम गरेको छ’, सरकारले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै केसिएनले लेखेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार