उत्तर काेरियाले अाफुहरूमाथि डन शैलीमा परमाणु निसशस्त्रीकरणकाे मुद्धा उठाएर हेप्न खाेजेकाे भन्दै कडा अाक्राेश व्यक्त गरेकाे छ ।

अमेरिकी विदेश सचिव माइक पम्पाेले हालै उत्तर काेरियामा अाएर उठाएकाे मुद्धाले उत्तर काेरिया अमेरिकासँग नराम्राेगरी झस्किएकाे छ । सिंगापुर वार्ताकाे स्पिरिटलार्इ अमेरिकाले भुलेकाे उत्तर काेरियाकाे अाराेप छ ।

उत्तर काेरियाकाे भ्रमणका क्रममा रहेका अमेरिकी विदेश सचिव पम्पाेलार्इ यसअघिका दुर्इ पटक भेट दिएका उत्तर काेरियाली सर्वाेच्च नेता किम जाेङ उनले भेट दिन अस्वीकार गरे । कारण थियाे अमेरिकी विदेश सचिवकाे अवाञ्छित क्रियाकलापले ।

अमेरिकी विदेश सचिव माइक पम्पाेले उत्तर काेरियाका जुनियर अधिकारीहरूसँग मात्र वार्ता गरे । जुन वार्तामा अमेरिकाले अाफ्नाे दम्भता देखाएकाे थियाे।

काेरियाली प्रायद्धिपमा रहेकाे मुख्य समस्यालार्इ छाेडेर अमेरिकी विदेश सचिव पम्पाेले खाली उत्तर काेरियाकाे परमाणु निसशस्त्रीकरणमा मात्र जाेड दिएकाेले उत्तर काेरिया अमेरिकासँग अाक्राेशित भएकाे हाे ।

चिनियाँ समाचार एजेन्सी चाइना डेलीले उत्तर काेरियाली अधिकारीलार्इ उदृत गर्दै लेखेकाे समाचारअनुसार अमेरिकी विदेश सचिव पम्पाेले सिभिअाइडी थ्याैरीमा टेकेर प्रस्ताव लिएकाे र त्यसलार्इ काेरियाली अधिकारीहरूले ठाडै अस्वीकार गरिदिए ।

सिभिअाइडी थ्याैरी भन्नाले बिस्तृत, निरिक्षण, स्थीर निसशस्त्रीकरणकाे मुद्धा अमेरिकाले अगाडि सारेपछि दुर्इ दिनसम्म चलेकाे उत्तर काेरियासँगकाे वार्ता सफल हुन सकेन र अमेरिकी विदेश सचिव अमेरिका फर्किए ।

पाेम्प अमेरिका फर्केपछि उत्तर काेरिया र अमेरिकाले अब कसरी अाफ्नाे कदम अगाडि बढाउछन् भन्ने कुरा केही समय कुर्नैपर्ने हुन्छ तर अमेरिकाकाे पछिल्लाे हर्कतबाट उत्तर काेरिया सकारात्मक बन्ने अवस्था देखिदैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार