भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी अमेरिकी समर्थित विपक्षीहरूले ड्रोन आक्रमण गरेका छन् । तर, उनी बालबाल बँचेका छन् ।

उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् । त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको बताएको छ ।

राजधानी कराकासमा एक कार्यक्रमलाई राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन बिस्फोट भएको थियो । उक्त कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो । ड्रोन हमला भएपछि सुरक्षाकर्मीहरुले राष्ट्रपतिलाई घेरा हालेर सुरक्षित स्थानमा लगेका थिए ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले कराकसमा एउटा कार्यक्रममा टेलिभिजनमार्फत प्रत्यक्ष सम्बोधन गरिरहँदा ड्रोन विस्फोट भएको अधिकारीहरूले बताएका छन्।

टेलिभिजनको प्रसारण बन्द हुनुअघि दर्जनौँ सैनिकहरू भागिरहेको दृश्य देखिएको थियो। पछि भेनेजुएलाको एनटीएन २४ टीभी च्यानलले भिडिओ फूटेज पोस्ट गरेको थियो जसमा राष्ट्रपति मडुरोको आवाज काटिएको र झ्यार्र आवाज आएको थियो।

सञ्चारमन्त्री रोड्रिगुएजका अनुसार सेनाको ८१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी थिए। सञ्चारमन्त्री रोड्रिगुएजले विपक्षी दक्षिणपन्थीहरूले आक्रमण गराएको आरोप लगाएका छन्।

उनले भने, “चुनावमा हारेकाहरू फेरि पराजित भए।” रोड्रिगुएजले गत मेमा सम्पन्न राष्ट्रपतीय चुनावतर्फ इङ्गित गरेका हुन्, जुन चुनावमा राष्ट्रपति मडुरो अर्को ६ वर्षे कार्यकालका लागि निर्वाचित भएका थिए।

भिडियाे –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार