राष्ट्रिय लिग २०८२ मा ए डिभिजन लिगको नवप्रवेशी क्लब श्री भगवती क्लब टोखाले पहिलो जित दर्ता गराएको छ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा भगवतीले नव जनजागृति क्लबमाथि ५-१ गोलको जित हात पारेको हो।

भगवतीको जिमा अजयी मार्टिन्सले २ मिनेटमा पहिलो गोल गरे। शिषित लेखीले दुई गोल गर्न सफल भए। लेखीले ३८ मिनेटमा पेनाल्टी र ५७ मिनेटमा गरी दुई गोल  गरेका हुने।

यस्तै सुबास बमले ४२ मिनेटमा  र सिमान्त थापाले ५३ मिनेटमा एक एक गोल थपे। जारी सिजनमा भगवतीले तेस्रो खेलमा पहिलो जित दर्ता गराएको हो।

यसअघि पहिलो खेलमा भगवतीले पछिल्लो संस्करणको ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजसँग बराबरी खेलेको थियो।

यद्यपी दोस्रो खेलमा भगवतीलाई जावलाखेल युथ क्लबले पराजित गरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार